भगवान बुद्धको प्रेरणादायी जीवन गाथा: राजदरबारदेखि बुद्धत्व प्राप्तिको यात्रा

Life of Buddha

(युवा मञ्चमा प्रकाशित रतन भण्डारीले लेख्नु भएको ऐतिहाँसिक लेख : निर्देशक मिलन
आफन्त )

भगवान बुद्धको जीवन गाथा : भगवान मंगल

सिद्धार्थ गौतमका पिता शुद्धोदन तिलौराकोटका राजा थिए । शाक्यवंशीय राजा
शुद्धोदनको राज्यको राजधानी कपिलवस्तु थियो । शुद्धोदनकी रानी मायादेवीले गर्भधारणपछि
छ वटा दाँत भएको श्वैत हात्ती आफ्नो गर्भमा रहेको सपना देखेकी थिइन् । पछि राजधानी
कपिलवस्तुबाट माइती देवदह जाँदा मायादेवीलाई बाटोमै प्रसव व्यथा लाग्यो । त्यसपछि
उनले लुम्बिनी पुष्करिणी सरोवर छेउ आरामका लागि रुखको फेदमा सुस्ताउँदा उनलाई
पुत्रलाम मयो । शाक्य कुलीय परम्परा अनुसार पाँचौं दिनमा त्रिवेदमा पारङ्गत १०८
ब्राह्मणमध्ये सर्वश्रेष्ठ ब्राह्मणहरूबाट नवजात शिशुको नामकरण गरियो । सबै
मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ब्राह्मणहरूले नवजात शिशुको नाम “सर्वार्थसिद्ध” राखे।
“सर्वार्थसिद्ध” लाई पछि सिद्धार्थ भन्न थालियो । भनिन्छ सिद्धार्थ गौतम जन्मनेवित्तिकै केही
पाइला हिँडेका थिए।
बाल्यकाल
सिद्धार्थ जन्मेको सात दिनमै आमा मायादेवीको निधन भयो। त्यसपछि उनको
पालनपोषण सौतेनी आमा प्रजापति गौतमीबाट भएको थियो। सौतेनी आमा गौतमीले
पालनपोषण गरेका कारण सिद्धार्थको नामका पछाडि ‘गौतम’ थपियो र उनलाई सिद्धार्थ
गौतम भनिन थाल्यो । पछि सिद्धार्थको बाल्यकाल. कपिलवस्तुकै राजमहलको सुख-सयलमा
बित्यो ।
विवाह
तत्कालीन समयमा कोलीय र शाक्य वंशासँग मेल खाने अर्को वंश नहुँदा ती दुई
वंशवीच मात्रै बिहेवारी चल्थ्यो । कोलीय वंशीय राजा सुप्पबुद्ध र रानी पाल्मिताकी सुन्दर
कन्या यशोधरासँग शाक्यवंशीय राजकुमार सिद्धार्थ गौतमको विवाह भएको थियो ।
विवाहबन्धनमा बाँधिंदा सिद्धार्थ र यशोधरा दुवै १६ वर्षका थिए। यशोधराले श्रीमान्‌को
काममा सधैं साथ दिन्थिन्, सिद्धार्थको ख्याल राख्थिन् । जब सिद्धार्थ सर्वसाधारणको दुःखपीडा
र वास्तविकता बुझ्न बाहिर निस्कन्थे यसोधरा सँगै जान्थीन् । विवाह भएको १३ वर्षपछि
सिद्धार्थ र यशोधरालाई पुत्रलाम भयो ।
वैराग्य
सिद्धार्थ गौतम बाल्यकालदेखि नै गम्भीर प्रकृतिका थिए। स्वभावले उनी चिन्तनशील
थिए । राजमहलमा सुखसयल भए पनि उनी बाहिर निस्कन्थे । दरबारबाहिर जनमानसमा
घुलमिल हुन्थे । दरबारबाहिर निस्किँदा उनले बूढा, रोगी र अशक्तलाई देखे, मृतलाई देखे।
यिनै कारण सिद्धार्थ गौतममा वैराग्य उत्पन्न हुन गयो । त्यसपछि उनी मानिस किन दुःखी
हुन्छ ?, कसरी रोगी हुन्छ ?, के कारणले वृद्ध हुन्छ ?, के कारणले मर्छ ? जस्ता प्रश्नको
जवाफ खोज्न थाले । यिनै प्रश्नले सिद्धार्थमा वैराग उत्पन्न भयो । त्यसपछि उनी यी
प्रश्नको जवाफ खोज्न थाले । सोही कारण सिद्धार्थ गौतम पिताको विरासतका रूपमा प्राप्त
राज्य र राजसिंहासन त्यागेर सन्न्यासी जीवन जिउन तयार भए। सांसारिक मायामोह त्याग्दै
दरबार छोडे ।
महा-अभिनिष्क्रमण
जुन रात सिद्धार्थ गौतम राजमहल त्यागेर महाअभिष्क्रमणमा जाँदै थिए सोही दिन
उनलाई पुत्रलाभ भयो । सिद्धार्थ राजमहल (घर) छाड्न चाहन्थे तर पुत्र आगमनले उनीमा
बलियो आकर्षण पैदा मयो । साथसाथै उनीभित्र हजारौं आशङ्का पनि उब्जे । घरमा पुत्रको
आगमन भएको छ, म भने घर छोडेर जाँदैछु ।” उनी सोच्न थाले । यतिबेला घर छोडेर
जानु कत्तिको उचित हो ?, मेरो जिम्मेवारी र दायित्व के हो ?, उत्तरदायित्व के हो ?,
छोराको जन्ममा यशोधराको जत्तिकै मेरो पनि संलग्नता छ । यी असहाय नारीलाई मैले
एक्लै छोडेर सम्पूर्ण भार बोकाउनु न्यायसङ्गत हो ?, यी प्रश्नले सिद्धार्थको मन घेरियो ।
त्यसैले सिद्धार्थले राजमहल छोड्ने दिन पुत्रको आगमनलाई ‘मार्ग अवरोधक’ का रूपमा
लिए। सोही कारण उनले छोराको नाम ‘राहु-केतु’ सँग जोडेर ‘राहुल’ राखे । सिद्धार्थले
राजमहल छोड्ने रात पुत्र राहुल एक दिनका थिए। त्यसैले महल छोड्नुअघि सिद्धार्थ छोरा
राहुलको अनुहार हेर्न चाहन्थे । किनकि उनी सदाका लागि सांसारिक मायामोह त्याग्दै थिए।
छोराको अनुहार हेर्न उनी पत्नी यशोधराको कोठामा गए । यशोधना राहुललाई छातीमा
टाँसेर सुतेकी थिइन् । छोरासँग पछि मेट होला नहोला एक पटक अनुहार हेरौं भन्ने चाहना
सिद्धार्थको थियो। त्यसैले उनी पुत्र राहुलको मुख हेर्न नजिक गए तर पत्नी यशोधरा ब्युझिने
डरले उनले राहुलको मुहार हेर्न सकेनन् । यशोधरा ब्युझिए आफूलाई रोक्ने आशङ्का
सिद्धार्थमा थियो। त्यसैले सिद्धार्थ पुत्र राहुलको अनुहारसम्म नहेरी महलबाट चुपचाप बाहिर
निस्के ।
बुद्धत्व प्राप्ति
सांसारिक मायाजाल. र भौतिक सुखसुविधाबाट वाक्क सिद्धार्थ गौतमले ती कुराबाट
उन्मुक्तिका लागि दरबार छाडेका थिए। सांसारिक सुखसुविधा त्यागेका थिए । यसरी
वैराग्यका कारण दरबार छाडेपछि सिद्धार्थले विभिन्न स्थानमा पुगेर ध्यान गरे । पछि
बोधगयामा तपस्यारत सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भयो । उनी सांसारिक दुःखको
जडसम्म पुगे र दुःखको कारण मानिस स्वयं रहेको रहस्य उजागर गरे ।
१२ वर्षमा कपिलवस्तु फिर्ता
बोधगयामा बुद्धत्व प्राप्त गरिसकेपछि सिद्धार्थ गौतम “महात्मा बुद्ध” बने । बुद्धत्व प्राप्त
गरेपछि एकदिन उनले आफ्नो पैतृक थलो तिलौराकोट पुग्ने निधो गरे । सोही क्रममा उनी
राजमहल छोडेको १२ वर्षपछि तिलौराकोटको कपिलवस्तु फर्के । बुद्धको घर छोड्ने
निर्णयसँग यशोधरा असन्तुष्ट थिइन् । त्यसैले बुद्धले आफ्ना शिष्य आनन्दलाई भने, “म एक
पटक राजमहल, कपिलवस्तु फर्कनुपर्छ । राजमहलमा यशोधरा पर्खिबसेकी छन् । उनीमा १२
वर्षको क्रोध सञ्चित छ तर म भने अब उनको श्रीमान् हुन सक्दिनँ र पनि उनी अझै मेरी
श्रीमती हुन् । यो ज्ञानी र अज्ञानीबीचको बुझाइ हो । अब म उनको श्रीमान् रहिनँ। म अब
केही छैन । न म कसैको श्रीमान्, न कसैको पिता या छोरा तर पनि यशोधरा मेरी पत्नी नै
हुन् । उनको भावना अहिले पनि उस्तै छ । उनी रिसाएर बसेकी छन् ।”
हुन पनि बुद्धले छोडेर गएपछि यशोधराले बुद्धविरुद्धमा एक शब्द बोलिनन् । उनले १२
वर्ष चुपचाप बिताइन् । यस कुराले बुद्धका पिता शुद्धोदन पनि अचम्ममा परे । बुद्ध
परिवारका सबै छक्क थिए। पछि बुद्ध राजमहल कपिलवस्तु फर्कंदा उनको स्वागतार्थ
मानिसको सागर उर्लियो । पिता शुद्धोदन, परिवारका सदस्य सबै आए तर यशोधरा आइनन्
। बुद्धले त्यहाँ सबैलाई देखे तर यशोधरालाई देखेनन् । यशोधरालाई नदेखेपछि बुद्धले भने,
“यशोधरा यहाँ आउँदिनन् किनभने मैले उनलाई छाडेर भागेको छु, उनले होइन । त्यसैले
मैले नै उनलाई मेट्न जानुपर्छ । यशोधरालाई भेट्न राजमहलमा प्रवेश गर्नुअघि बुद्धले
आफ्ना शिष्य आनन्दलाई भने, “तिमीले मलाई तिम्रो चार सर्त स्वीकार गर्न अनुमति दियौ
भने आज मलाई एक घण्टा एक्लै छोडिदेउ किनकि म यशोधरालाई चिन्छु । यदि तिमी पनि
मसँगै भयौ भने यशोधराले तिम्रा अगाडि आँसु खसाल्ने छैनन् । तिम्रासामु मलाई गाली गर्ने
छैनन् । तिम्रो अघि उनले शिष्टाचार कायम गर्ने छिन् । त्यसैले यदि तिमीले सक्यौं भने
मलाई केही समय देउ ।”
त्यो समय पुरानो प्रतिज्ञाविपरीत बुद्धले शिष्य आनन्दसँग अनुमति मागेको एउटै
घटना थियो। अनि आनन्दले एउटै प्रश्न गरे, “परम ज्ञान प्राप्त गरेपछि बुद्धत्व प्राप्त हुन्छ,
पत्नी को हो ?, कुन श्रीमान् ? अनि बुद्धले भने, “मलाई थाहा छ तर यशोधरालाई थाहा
छैन । एक दिन उनलाई थाहा दिनका लागि मैले उनीतर्फ केही कदम चाल्नुपर्छ ।” जब
बुद्धले राजमहलमा प्रवेश गरे यशोधरा चिच्चाइन्, रोइन्, कराइन्, अनेक गुनासा गरिन्,
आफ्ना पीडा सुनाइन् र छोरा राहुलबारे सुनाइन् । यशोधराको १२ वर्षदेखिको आक्रोश
आँसुका रुपमा बगिरह्यो तर बुद्ध भने चुपचाप उभिरहे उनका कुरा सुनिरहे तर यशोधाराका
कुनै प्रश्नका जवाफ दिएनन् । त्यसपछि यशोधराले आँखाले पुछिन र ध्यानपुर्वक बुद्धलाई
हेरिन । अनि भनिन्, “हजुर किन बोलिरहनु भएको छैन ? के हजुरको बोली हरायो ? यदि
हजुरले मलाई राजमहल छोड्ने निर्णय सुनाएको भए के म त्यति अनुमति. दिन नसक्ने थिएँ
? के हजुरलाई त्यति आत्मविश्वास थिएन ? के मप्रति हजुरको विश्वास थिएन ? म क्षत्रीय
कुलकी छोरी सबै छोडेर एक्लै जान्छु भन्दा के म बाधक बन्ने थिएँ ? हजुर रात्रिको समय
चुपचापं भाग्नु भयो । यो कस्तो प्रकारको विश्वास हो ? कस्तो प्रेम हो ? त्यो पनि छोरा
जन्मेकै दिन । प्रेममा मेरो विश्वास थियो, तर हजुरले तोड्नुभयो ।”
बुद्ध चुपचाप यशोधराका सबै गुनासा सुनिरहे तर यशोधराले उनलाई किन चुप
लागेको भनेर सोधिन् । यशोधराका कुरा सुनिरहेका बुद्धले भने, “तिम्रा सबै कुरा सुनाउ ।
जसबाट १२ वर्षअघि यो महल छोडेर गएको मान्छे फर्केर आएको देख्दा तिमीलाई राहत
मिलोस् तर यतिबेला तिमी अरू कसैसँग कुरा गर्दैछौ, त्यो १२ वर्षअघि भागेर गएको तिम्रो
श्रीमानसँग होइन । १२ वर्षअघि भागेर गएको मानिस हराइसक्यो । समाप्त भइसक्यो तर
अब त्यो मानिस कोही अर्को भएर आएको छ । तिमी उसलाई ध्यानपूर्वक हेर। तिम्रा सबै
क्रोध सकिएपछि मात्रै तिम्रा आँखा खुल्नेछन् । त्यसैले तिमीले जे जे भन्नु छ भन। जे जे
गुनासा छन् ती सबै सुनाउ। मन हलुका पार। अनि म १२ वर्षपछि, फर्केको छु। तिमीले चिन्न
सक मैले यस अवधिमा के गुमाएँ र तिमीले नै हेर मैले के पाएँ। अनि तिमीबाट भागेको
मान्छेको तर्फबाट म के जवाफ दिऊँ, त्यो मरिसक्यो ।” त्यसपछि यशोधराले छोरा
राहुललाई अघि सारिन् र व्यङ्ग्य गर्दै भनिन्, “छोरा राहुल तिम्रा पिता यिनै हुन् । जब तिमी
एक दिनका थियौ तब यिनी तिमीलाई छोडेर भागे । यी तिम्रा पिता भगौडा हुन् । तिमी
बारम्बार मलाई सोध्थ्यौ नि मेरा पिता को हुन् भनेर । यी यिनै सज्जन हुन्, जो तिम्रो
अगाडि खडा छन् । अब तिम्रा पितासँग तिम्रो इच्छा अनुसार जे-जे माग्नु छ माग । हात
फैलाएर माग ।”
यशोधराका कुरा सुनेपछि बुद्धले शिष्य भिक्षु आनन्दलाई बोलाए । बुद्धले आनन्दसँग
भिक्षापात्र कहाँ छ भनेर सोधे । आनन्दले बुद्धलाई उनको भिक्षापात्र दिए। सांसारिक मायामोह
सब त्यागेका बुद्धसँग छोरा राहुललाई दिनलाई भिक्षापात्रबाहेक केही थिएन । त्यसैले उनले
आफूसँग भएको एउटै भिक्षापात्र छोरा राहुललाई दिए । भिक्षापात्र केवल सन्न्यासीलाई मात्र
दिन सकिन्थ्यो र दिइन्थ्यो । त्यसैले छोरा राहुललाई भिक्षापात्र दिँदै बुद्धले भने, “राहुल
आजबाट तिमी भिक्षु बन्यौ । तिमी सन्न्यासी भयौ । मसँग कुनै सांसारिक धन छैन, भएको
सन्न्यास हो त्यही मैले तिमीलाई दिएँ र तिमी त्यसको मालिक भयौ ।” यशोधराका लागि
उल्लिखित व्यङ्गय उनका लागि निकै महँगो साबित भयो । व्यङ्ग्यका कारण उनले ठूलो मूल्य
चुकाइन् । राहुल चानचुने बालक थिएनन्, उनी बुद्धका सुपुत्र थिए । त्यसैले उनले पिताको
आज्ञा शिरोपर गरे । पिताका चरण स्पर्श गर्दै उनकै पछि लागे। राहुल अद्भुत बालक थिए ।
१२ वर्षको नाबालक उमेरमै उनी यति परिपक्व थिए कि उनी पिताले देखाएको सन्न्यासमार्ग
पछ्याउन सफल रहे। त्यस घटनाले यशोधरालाई भने थप चिन्तित लुल्यायो । श्रीमान् त
गए गए छोरा पनि गयो ।
यशोधरा नै भिक्षुणी बनिन्
बुद्धका कुरा सुनेपछि यशोधराले उनलाई राम्ररी हेरिन् । नभन्दै उनका अगाडि बुद्धका
रूपमा उभिएका महामानव पूर्णतया पृथक् थिए। उनी ती सिद्धार्थ थिएनन् जसलाई
यशोधराले चिनेकी थिइन् । उनी १२ वर्षअघि काम वासनाले ग्रसित सिद्धार्थ पनि थिएनन्,
जो आफ्नी पत्नीलाई भेट्न आएका हुन् । ती त महामानव महात्मा बुद्ध थिए, जोसँग
यशोधरा साक्षात्कार गरिरहेकी थिइन् । ती महामानव बुद्ध त त्यहाँ चिरनिद्रामा रहेकाहरूलाई
ब्यूँझाउन आएका थिए । अब यशोधरासँग बुद्ध र छोराका पछि लाग्नुको विकल्प थिएन ।
त्यसपछि उनले बुद्धलाई भनिन्, “अब मलाई पनि भिक्षुणी बनाऊ। अब म कसका लागि
बस्ने ?” त्यसपछि यशोधराले पनि बुद्धको खुट्टा ढोगिन् । सन्न्यास लिइन् र भिक्षुणी बनिन् ।
अनि बुद्धसँग आफूलाई दुःख मुक्तिको बाटो मागिन् । आफूले दुःख मात्र भोगेको तर बुद्धले
खुशीको सूत्र भेटाएकाले त्यो प्राप्तिको याचना गरिन् । यसरी छोरा राहुलसँगै यशोधरा पनि
भिक्षुणी बनिन् र बुद्धमार्ग अवलम्बन गरिन् । आज भगवान बुद्धका अनुवायीहरु विश्वभरी
फैलनु भएको छ, ….. धन्यवाद !

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *