नेपाली कम्युनिस्ट आन्दोलन र पार्टी स्थापना दिवसको सन्दर्भ

पुँजीवादी विश्वको लडाईँलाई समाजवादी क्रान्तिको अवसरको रूपमा प्रयोग गर्न क. लेनिन सफल हुनुभएको थियो : संयोजक, नेपाली कम्युनिस्ट पार्टी ।
यही बैशाख ९ गते (अप्रिल २२) बुधबारका दिन नेपाली कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको आयोजनामा केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा नेपाली कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १४६ औँ लेनिन जयन्ती भव्य कार्यक्रमका साथ मनाइएको छ ।


नेपाली कम्युनिस्ट पार्टीका संयोजक क. प्रचण्डको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले मञ्चमा आसन ग्रहण गर्नुभएको थियो। क. राजेन्द्र श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा क. प्रचण्ड र क. माधव नेपालले मात्र आफ्नो सारगर्भिक धारणा राख्नुभएको थियो। उहाँहरू दुई जना मात्र वक्ता रहेको उक्त कार्यक्रममा गायक केशव कालिकोटेले “क्रान्तिकारीहरुलाई हार्ने छुट छैन“ भन्ने एक ऊर्जावान गीत गाउनुभएको थियो। त्यसै गरी कार्यक्रमको सुरुवात मौन धारण, राष्ट्रिय गीत र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतबाट गरिएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख वक्ता नेपाली कम्युनिस्ट पार्टीका संयोजक क. प्रचण्डले अत्यन्तै ओजस्वी धारणा व्यक्त गर्नुभएको थियो। उहाँले भन्नुभयोः “पार्टी स्थापना दिवस मनाउन थालेको ७७ वर्ष पूरा भएर ७८ वर्ष लागेको छ । यस अवधिमा हामीले थुप्रै अवसर र चुनौती, विभाजनको पिडा र एकताको खुसी, जितको उल्लास र पराजयको निराशा भोगेका छौँ तर हामी कहिल्यै विचलित भएका छैनौँ र हुँदैनौँ पनि ।
मुलुकमा समाजवादको उज्यालो भविष्य हाम्रो सामु छ। अहिलेको पार्टी स्थापना दिवस अन्य भन्दा विशिष्ट र असाधारण चुनौतीको रहेको छ तर पनि हामी दृढ संकल्पित छौँ कि हाम्रो लक्ष्य अवश्यम्भावी छ।
उहाँले अझ भन्नुभयोः “आज लेनिन जयन्ती। जसरी लेनिनले पुँजीवादी विश्वको लडाईँलाई समाजवादी क्रान्तिको अवसरको रूपमा प्रयोग गर्नुभयो त्यसरी नै अहिले पनि पुँजीपति वर्ग ठूलो संकटमा परेको छ, जसको फाइदा हामी क्रान्तिकारीहरूले लिनुपर्दछ र विश्व समाजवादको बिगुल फुक्नुपर्दछ ।

— नेपाली कम्युनिस्ट पार्टीका युवा चिन्तक क. शिशिर श्रेष्ठबाट ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *