विश्वको सबैभन्दा धनी व्यक्ति: एलन मस्क

एलन मस्क - विश्वका सबैभन्दा धनी व्यक्ति र सफल उद्यमी।

लेखक तथा प्रस्तुती: मिलन आफन्त, सम्पादक हुनुहुन्छ |

एलन मस्कको संक्षिप्त चिनारी: एलन मस्कको जन्म सन् १९७१,२८ जुनमा भएको थियो । उनी दक्षिण अफ्रिकामा जन्मेका हुन् । उनी क्यानडेली–अमेरिकी व्यवसायी, लगानी कर्ता, इन्जीनियर,औद्योगिक डिजाइनर, प्रविधि–उद्योगी र समाजसेबी हुन् । उनी विभिन्न व्यवसायिक स्ांस्थामा आवद्ध छन् । जस्तोकी उनी स्पेस एक्सको संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् । त्यसो त उनले टेस्ला इन्कमा पनि लगानी गरेका छन् । उनी त्यसको सिईयो र प्रोडक्ट अर्किटेक्ट हुन । त्यसै गरी उनी द बोरिङ कम्पनीको संस्थापक न्युरालिंकको सह–संस्थापक र ओपन ए आईको सुरुवाती अध्यक्ष हुन ।
वास्तवमा भन्ने हो भने वर्तमान विश्वका अत्यन्तै प्रभावशाली व्यक्तिहरु मध्येमा एलन मस्कको नाम अग्रपंतिमा आउँछ । उनी विभिन्न विषयका ज्ञाता हुन । एलन मस्क एक भौतिक शास्त्री ,अर्थ शास्त्री मात्र होईन, उनी इन्जिनियर र सफल उद्यमि पनि हुन । उनको बैज्ञानिक क्षेत्रमा ठुलो योगदान रहेको छ । उनको मंगल ग्रह सम्बन्धि योजनालाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि साथ दिएको छ । वर्तमान विश्वको सबैभन्दा धनी व्यक्ति एलन मक्स आजको संसारमा सर्वत्र चासो र खोजीको विषय बन्नु भएको छ ।
एलन मस्कका प्रेरक उद्धरण : विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कका महत्वपुर्ण भनाईहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
१) “भविष्य राम्रोे हुन्छ भन्ने सोचेर विहान उठ्नु भयो भने त्यो उज्यालो दिन हो, नत्र यो होइन ।”
२) “यदि तपाई केहि सय वर्ष अगाडि जानु भयो भने आज हामीले जे मानेका छौं त्यस मध्ये धेरै जसो जादु जस्तो देखिन्छ । लामो दुरीमा मानिससँग कुरा गर्न सक्षम हुनु ,छविहरु प्रसारण गर्न,उडान गर्न,ओरेकल जस्तै ठूलो मात्रामा पहँुच गर्न सक्षम हुनेछ । यी सबै चिज हुन, जुन केहि सय वर्ष पहिले जादु मानिन्थ्यो ।”
३) “पहिलो चरण भनेको केहि सम्भव छ भनेर स्थापित गर्नु हो,त्यसपछि सम्भावना हुनेछ।”
४) “म कि त यो भएको देख्न सक्छु वा यसको एक हिस्सा बन्न सक्छु ।”
५) “महान् कम्पनीहरु उत्कृष्ट उत्पादनहरुमा बनाईएका छन् ।”
६) “तपाई कसरी चिजहरु अझ राम्रो गर्न सक्नु हुन्छ भन्ने बारे निरन्तर सोच्नुहोस । आफैंलाई प्रश्न गरिरहनु होस् ।”
७ “मलाई लाग्छ कि साधारण मानिसले असाधरण हुन रोज्न सम्भव छ ।”
८) “मानिसले लक्ष्य के हो भन्ने थाहा पाएपछि राम्रो काम गर्छन् । यो महत्वपुर्ण छ कि मानिसहरु विहान काममा आउन र काममा रमाईलो गर्न तयार छन् ।”
९) “उच्च अवधारणाका चिजहरुका बारेमा पोन्टिफिकेसनमा मेरो समय खर्च गर्दिनँ,म मेरो समय इन्जिनियरिङ र निर्माण समस्याहरु समाधान गर्न खर्च गर्छु ।”
१० “यदि तपाई भविष्य राम्रो हुनेछ भनेर सोचेर विहान उठ्नु हुन्छ भने आजको दिा उज्ज्वल हुनेछ ।” (स्रोत : एलन मस्क: सफलताका बादशाह)

युवा उद्यमिलाई एलन मस्कको सुझाव: विश्वका धनाढ्यहरुको सुचिमा पहिलो नम्बरमा रहेका एलन मस्कले युवा व्यवसायीहरुलाई सफल हुनको लागि दिनु भएको सुझाव यस प्रकार छ ।(नयाँ पत्रिका)
१) प्रतिक्रिया माग्नुस ः कुनै पनि व्यवसाय सुरु गर्दा गल्तीहरु हुन सक्छनु ।त्यहि कारण तपाई धेरै भन्दा धेरै मानिससँगा प्रतिक्रिया माग्नुस् ।आफ्नो योजना र आफूले दिइरहेको सेवाका विषयमा प्रतिक्रिया माग्नुस् । आलोचनात्मक प्रतिक्रिया खोज्नुस् । के गल्ती भयो भनेर सोध्नुस । अरुले दिने सिर्जनात्मक आलोचना सँधै महत्वपुर्ण हुन्छ । कहिले काँहि आलोचना सुन्न गाह्रो पनि हुन्छ । तर, यो सिक्ने प्रक्रियाको हिस्सा हो ।तपाई व्यवसायमा सफल बन्न चाहनु हुन्छ भने प्रतिक्रियालाई व्यक्तिगत रुपमा नलिनुस ।यदि कुनै काम थाल्दै हुनुहुन्छ भने गल्ती रहित हुन गाह्रो छ । त्यसैले अन्य व्यक्तिले दिएको प्रतिक्रिया महत्वपुर्ण हुन सक्छ ।
२) मेहनत र स्पष्ट भिजन ः आफ्नो कर्ममा मेहनत गर्नुस् । घण्टाको ख्याल नगरि काम गर्नुस् ।कुनै पनि काम सहज हुदैन । सुरुवातमा व्यापार अझै कठिन हुन्छ,खटि रहनुस ।त्यस्तै ,तपाईसँग स्पष्ट भिजन हुन जरुरी छ । कुन उद्येश्यका साथ व्यवसाय गर्दै छु र कम्पनीलाई कहाँ लैजादै छु भन्नेमा स्पष्ट हुनुहोस् ।
३) प्रतिवद्धता र सहि लागेको काम ः जे गर्दै हुनुहुन्छ ,तसमा प्रतिवद्ध हुन जरुरी छ । फेरि पनि भन्छु , पैसा मात्रै ठूलो होईन । सफल हुनका लागि तपाईसँग प्रतिवद्धता र भोक चहिन्छ । त्यसो त कम्पनी सूरु गर्न निकै गाह्रो हुन्छ । पिडादायी हुन्छ । त्यस्तो पिडा सहनका लागि तयार हुनु पर्छ । त्यसो त जुन क्षेत्रमा तपाई रमाउनु हुन्छ त्यहि व्यवसायमा हात हाल्नुस । सहि र मनलागेको काम गर्नुस ।
४) युवाअवस्थामै थाल्नुस ः तपाईले व्यवसायमा सफलता हािसल गर्न समय लाग्छ । त्यसैले युवावस्थामै यसमा लाग्नु राम्रो हुन्छ । युवा छँदा तपाईसँग जोखिम लिने क्षमता ज्यादा हुन्छ । त्यस्तै,तपाईका जिम्मेवारी कम हुन्छन् र तपाइले आफ्नो व्यवसाय बृद्धिका लागि आफ्नो उर्जा खर्र्च गर्न पाउनु हुन्छ । उमेर बढ्दै जाँदा जिम्मेवारी बढ्दै जान्छन् । त्यसैले युवावस्थामै जोखिम लिनु रामे्रा हुन्छ । बोल्ड निर्णय गर्दा पनि तपाईले पछुतो मान्नु पर्दैन ।
५) फरक बन्नुस ः उपभोक्ताका लागि धेरै विकल्प हुन्छन । तपाईले व्यवसाय सुरु गर्न अघि नै बजारमा अर्काे ब्रान्ड स्थापित भईसकेको हुन सक्छ । त्यसैले तपाईले आफ्नो फरक उपस्थिति देखाउन जरुरी छ । यसरी नै कम्पनीको ब्रान्डिङ गर्नु पर्छ ।

समाप्त

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *