सयपत्री हाइड्रोपावर लिमिटेडले मिति २०७९ साल श्रावण १३ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।
हाइड्रोपावरले प्रति शेयर रु १०० अंकित दरको ६ लाख कित्ता शेयरहरु मध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ लाख ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता शेयर मध्ये ५% अर्थात ३६ हजार ५३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको र २% अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि छुट्याई बाँकी ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागिएको हो।
सयपत्री हाइड्रोपावरको शेयर निष्काशन श्रावण १७ गते बैंकिङ्ग समय पश्च्यात बन्द हुनेछ भने रितपुर्व आवेदन नआएमा सो निष्काशन श्रावण २७ गते बैंकिङ्ग समयसम्म लम्बिने छ।
हाइड्रोपावरको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।