काठमाडौ । 
शारजहाबाट कोचीनका लागि आइरहेको एयर अरेबियाको जहाज हाइड्रोलिक फेल भएपछि कालीकटमा आपतकालीन अवतरण गर्नु परेको थियो । इथियोपियन एयरलाइन्सको अर्को जहाज कोलकतामा आपतकालीन अवतरण गरेको छ । श्रीलंका एयरलाइन्सको अर्को जहाज समेत हाइड्रोलिक समस्याका कारण चेन्नई विमानस्थलमा आपतकालीन अवतरण गरेको समाचारमा उल्लेख छ । भारतीय नागरिक उड्डयन निर्देशनालयले यी सबै घटनाको विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।
