विद्युत सब-स्टेसनमा आगलागी

रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० योगिकुटीमा रहेको विद्युत सब–स्टेसनमा आगलागी भएको छ।

नेपाल विद्युत प्राधिकरणको योगिकुटी ग्रिड भनेर चिनिने सब–स्टेसनमा आगलागी भएपछि बुटवलदेखि पश्चिम क्षेत्र अन्धकार भएको छ।

मंगलबार राती ९ बजेतिर सब–स्टेसनमा आगो लागेको थियो।

उक्त आगो प्रहरी, बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दमकलले तत्काल नियन्त्रणमा लिएका थिए।

ट्रान्सफर्मर जलेपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत अवरूद्ध भएको उनले बताए।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *