बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ। त्रिभुवन राजपथको नागढुङ्गा – नौबिसे खण्डको नागढुङ्गा – पिप्लामोड सडक निर्माण सुधार गर्नको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा मिति २०८२/०२/१० देखि २०८२/०२/२५ सम्म बिहान १०:३० बजे देखि दिनको ३:०० बजे सम्म सवारीसाधनहरु रोकी निर्माण कार्य गरिँदै आएकोमा थप समय आवश्यक परेकोले मिति २०८२/०२/२६ देखि २०८२/०२/३० सम्म बिहान १०:३० बजे देखि दिनको ३:०० बजे सम्म (थप ५ दिन) सडक बन्द गर्ने सूचना प्रकाशित गरेको छ |
नागढुङ्गा – नौबिसे खण्ड थप ५ दिन बन्द रहने
