पाल्पा जिल्ला विपत ब्यबस्थापनमा विशेष योजना

जिल्ला विपत ब्यबस्थापन समिति पाल्पाको बैठक तानसेनमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदिको अध्यक्षतामा बसेको बैठकले मनसुनजन्य विपतको समयमा जिउधनको सुरक्षा गर्न विशेष योजनाका साथ काम गर्ने निर्णय गरेको छ ।
बर्षादको समयमा राजमार्ग सहित अन्य बाटो घाटो लामो समय बन्द हुन नदिन पहिरो खस्न सक्ने सम्भावित क्षेत्रमा डोजरहरु राख्ने ब्यवस्था मिलाउने, विपत परेका ठाउमा तत्काल उद्धार र राहतका सामाग्री पुर्‍याउने निर्णय गरेको छ । पालिका र वडा तहमै विपत ब्यबस्थापन समिति गठन गरि परिचालन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा पाल्पा २ का सासद ठाकुर प्रसाद गैरेले विपतलाई न्यूनीकरण गर्न चालू विकास निर्माणका योजनाहरुलाई समयमै सक्न सम्बन्धित कार्यालयहरुलाई आग्रह गर्नु भयो ।
विपत जुनसुकै बेला पनि आउन सक्ने भएकोले नागरिकको जिउधनको सुरक्षा गर्नु हाम्रो दायित्व हुदा तत्काल राहत र उद्दारको लागि सम्बन्धि निकायहरू तयारी अबस्थामा रहनुपर्ने कुरामा जोड दिनु भयो ।
बैठकमा लुम्बिनी प्रदेश सभाका सदस्यहरु राजु प्रसाद श्रेष्ठ , वीर ब राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल पाल्पा जिल्ला स्थित नगर तथा गाउँ पालिका का प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु , राजनीति दलका प्रमुख संघ सस्थाका प्रतिनिधि ,विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

कमल तिमिल्सिना

bipada 1
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *