शिक्षा सम्बन्धि माक्र्सबादी दृष्टिकोण

Milan

मानव जीवनमा शिक्षाको ठुलो महत्व छ । शिक्षा प्राप्त ब्यक्तिहरु नै अन्धकारबाट प्रकाशमा, अज्ञानताबाट ज्ञानमा, अवन्नतिबाट उन्नति र निराशाबाट आशामा पुगेका हुन्छन् ।  यति महत्वपूर्ण शिक्षालाई वर्तमान पूँजिबादी संसारमा पैसा कमाउने माध्यम बनाइएको छ । शिक्षालाई सर्वसाधारणको पहुच भन्दा माथि पुर्याउने दुश्प्रयत्न भइरहेको छ । त्यसमा पनि वर्तमान शिक्षा प्रणाली अपरीपक्क र अबैज्ञानिक छ । वर्तमान शिक्षा प्राप्त  ब्यक्तिले अध्ययन पूरा गरिसकेपछि पनि बेरोजगारीको समस्या भोग्नु पर्ने हुन्छ । जुनसुकै देशको शिक्षा नीति त्यस देशको राजनीतिको मातहतमा रहने हुँदा सामन्ति ब्यवस्थामा सामन्त उत्पादन गर्ने योग्यता भएको शिक्षा प्रणाली हुन्छ । बुर्जुवा ब्यवस्थामा बुर्जुवा योग्यता भएको जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली हुन्छ । जनबादी र समाजबादी ब्यवस्थामा जनताका दैनिक समस्या समाधान गर्ने योग्यता भएको जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली लागु गरिन्छ । वास्तवमा शिक्षाका माक्र्सबादी मान्यता प्रयोग गरिएको शिक्षा प्रणाली नै विश्वको सबैभन्दा उत्कृष्ट शिक्षा प्रणाली हो । यस लेखमा हामीले शिक्षा सम्बन्धि माक्र्सबादी दृष्किोणलाई प्रस्ट पार्ने जमर्को गरेका छौं ।

जुनसुकै ब्यवस्थामा पनि आफ्नो वर्गलाई मध्यनगर राखेर शिक्षा नीति तयार गरिएको हुन्छ । त्यसैगरी कम्युनिष्ट ब्यवस्थामा सर्वहारा वर्गलाई मध्यनजर गरी शिक्षा ब्यवस्था अपनाइएको हुन्छ । कम्युनिष्ट ब्यवस्थामा अपनाउने शिक्षा प्रणाली जनबादी दृष्किोणबाट वा माक्र्सबादी दृष्टिकोणले लेस भएको हुन्छ । माक्र्सबादी दृष्टिकोणमा लेस कम्युनिष्ट शिक्षा प्रणाली प्राप्त जनशक्ति कहिल्यै बेरोजगार हुनु पदैन । सबैले काम पाउँछन्, उत्पादन र वितरण ब्यवस्थित हुन्छ । जीवनस्तर उच्च हुँदै अघि बढ्छन् । असमानता पनि कम हुदै जान्छ । देश समुन्नतिको मार्गतर्फ अघिबढ्दछ । शिक्षा धनि ब्यक्तिको मात्र पेवा नभइकन जनताको पहुचसम्म पुग्दछ । विद्यार्थीको चाहना र क्षमता अनुसार उच्च शिक्षासम्म विना रोकतोक अध्ययन गर्न सक्ने वातवरण सृजना हुन्छ । शिक्षाको मापदण्ड धनसम्पति नभै चाहना र क्षमता अनुसार सर्वसुलभ हुन जान्छ । शिक्षा सम्बन्धि माक्र्सबादी दृष्टिकोण यहि हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ ।

 माक्र्सबादको दृष्टिकोण नपुगेको संसारमा कुनै पनि वस्तु छैन। हरेक बस्तु प्रति फरक कोणबाट श्रमजीवि वर्गीय कोणबाट, प्रगतिशिल कोणबाट माक्र्सबादले आफ्नो धारणा बनाउँदछ । राजनीति,अर्थनीति, साँस्कृतिक हरेक क्षेत्रमा आफ्नो मौलिकपन माक्र्सबादीले सिद्ध गरिसकेको छ । शिक्षामा पनि माक्र्सबादले भिन्न दृष्टिकोण अङिगकार गर्ने गरेको छ । माक्र्सबादी शिक्षाको अन्तिम उदेश्य पुर्ण मानव बनाउने हो । पुँजिबादी शिक्षा पद्धति दिनानु दिन मान्छेलाई स्वार्थी र लोभी, एकलौटिपन बनाएको छ भने माक्र्सबादी शिक्षा पद्धतिले मानिसलाई ब्यवहारीक र समाजप्रति उत्तरदायी बनाउँदछ ।

वर्तमान पूँजिबादी ब्यवस्थाको शिक्षानीति वर्ग समान्वयको शिक्षा नीति हो। परस्पर विरोधी वर्ग बिच समन्वयको आधारमा ज्ञान प्राप्त गर्ने भन्ने शिक्षा नीति हो त्यसो गर्दा सम्पन्न वर्गको स्वार्थ पूरा हुन्छ । वर्तमान ब्यवस्थामा विपन्न वर्गका मानिसहरुले बढी परिश्रम गर्न र कम सुविधा लिन बाध्य हुन्छन्। साँचो अर्थमा भन्ने हो भने वर्तमान बुर्जुवा शिक्षा सर्वसाधारण जनता र मेहनतकश  जनताको हित विपरित छ । तसर्थ पनि माक्र्सबादी शिक्षा दृष्टिकोण वर्तमान शिक्षा प्रणालीको विरुद्धमा छ । माक्र्सबादी शिक्षा प्रणालीले सबै वर्गको होइन, श्रमजिवी सर्वहारा वर्गको सिद्धान्तलाई अंगिकार गरेको हुन्छ । यस्ले शोषक र शोषित मध्ये शोषितको पक्ष पोषण गरेको हुन्छ ।

माक्र्सबादी शिक्षा पुरातन, रुढीबाढी, धार्मिक, अन्धविश्वासी ईश्वर भक्ति ढाँचाको होइन, बैज्ञानिक ढाँचाको हुन्छ । विज्ञान र प्रविधिमा आधारित रहेर मात्रै आधुनिक शिक्षा दिन सकिन्छ । लेनिनले भनेका थिए, “साम्यबादको निर्माण माक्र्साबादी दृष्टिकोणले लेस आधुनिक शिक्षाको आधारमा मात्र गर्न सकिन्छ । माक्र्सबादी दृष्टिकोणले लेस आधुनिक शिक्षा बेगर साम्यबाद परिकल्पना मात्र रहन जानेछ ।” 

पूँजिबादी ब्यवस्थाको हालीमुहाली रहेको वर्तमान विश्वमा हामी माक्र्सबादी शिक्षा लिनबाट पुर्णरुपमा बन्चित छौं । संसारमा कुनै माक्र्सबादी विद्यालय छैन तर पनि कम्युनिष्ट हिमायतिहरुले स्व–अध्ययनबाट माक्र्सबादी शिक्षालाई अवलम्बन गरिरहेका छन् । माक्र्सबादले ज्ञानको स्रोत निम्न ३ किसिमको हुन्छ भन्ने मान्यता राख्दछ ।

१) वर्ग संघर्षको शिलशिलामा प्राप्त हुने ज्ञान

२) उत्पादन संघर्षका शिलशिलामा प्राप्त हुने ज्ञान

३) बैज्ञानिक  प्रयोगका शिलशिलामा प्राप्त हुने ज्ञान

अन्तमा के भन्दा अत्युक्ति नहोला भने शिक्षा सम्बन्धि माक्र्सबादी दृष्टिकोण नै शिक्षा सम्बन्धि सबैभन्दा उत्कृष्ट दृष्टिकोण हो । माक्र्सबादी दृष्टिकोणले लेस शिक्षाले मात्र विश्वभरीका जनताको मुहार फेर्न सक्दछ । माक्र्सबादी शिक्षाको लागि हामी विश्वबासिहरुले आ–आफ्नो सरकारलाई दबाब दिनुपर्दछ । अन्यथा हामीले जनबाद, सामाजबादको लागि संघर्ष गर्न पनि पछि पर्नु हुदैन जहाँ मात्र माक्र्सबादी शिक्षाको निश्चितता हुन्छ ।शिक्षा सम्बन्धि माक्र्सबादी दृष्टिकोण अजेय छ, पुर्ण छ, जनताको पक्षमा छ, …………… अस्तु ।

लेखक ः– मिलन आफन्त

( शताब्दी बर्ष व्यक्ति)

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *