
युवा जनशक्ति र राजनीतिमा उनीहरुको सहभागिता (ख)
प्राकृतिक श्रोत साधनमा देश धनी हुँदाहुँदै पनि राजनीतिमा सक्षम युवा नेतृत्वको अभाबको कारण देश पछाडी परिरहेको यथार्थता हाम्रो सामु छर्लङ्ग छ । देशका सामुदायिक स्कुल, सामुदायिक स्वास्थ्य केन्द्र, कृषि, उद्योगको विकास गर्न, पूँजीलाई विकासमा लगानी गरि रोजगारी सिर्जना गर्न पनि राजनीतिमा युवाको सहभागिता हुनु पर्दछ । युवा आफैमा देखा परिरहेको लागु औषध दुब्र्यसन, निरासा, हत्या, अपहरण, चोरी, डकैती, असुरक्षा, अशान्ति, भ्रष्टाचार, बलात्कार आदि जस्ता खराब पक्षहरुको अन्त्य गर्न पनि राजनीतिमा युवाको सहभागिता अनिवार्य हुन्छ । त्यसकारण युवालाई राजनीतिक सहभागिता मार्फत राजनीतिक क्षेत्र, प्रशासनिक क्षेत्र, सामाजिक क्षेत्र, विज्ञानप्रविधिको क्षेत्र, खेलकुदको क्षेत्र र समग्र देश विकासको क्षेत्रमा योगदान दिनसक्ने वातावरण बनाउनुपर्दछ । देशको विकासमा युवाको अनुभव, परिपक्कताको आधारमा राज्यको नीति तथा कार्यक्रम निर्माण भएर प्रभावकारी रुपमा लागु गर्नको लागि पनि युवा राजनीतिमा सहभागि हुनुपर्दछ । सचेत युवाहरुको उर्जाशील र चेतनशील विचार तथा सोच राज्यको नीतिनिर्माण र कार्यक्रम बनाउने ठाउँमा आउनको लागि राजनीतिमा युवा आउनुपर्दछ । राष्ट्रिय सम्प्रभुता, देशभक्त, विकासप्रेमी, निस्वार्थी भाव भएका, क्षमतावान, स्थानिय र विश्वपरिवेश बुझेका युवाहरुको राजनीतिक नेतृत्व अहिलेको आवस्यकता हो । यसरी सहि नीतिनिर्माण, सुशासन, समुचित र दिगो विकास, उद्यमशीलता, भ्रष्टाचार निवारण, सामाजिक–सांस्कृतिक रुपान्तरण गर्नका लागि राजनीति मार्फत युवाहरुको प्रत्यक्ष हस्तक्षेप जरुरी छ । राजनीतिले सबै नीतिहरुलाई लिएर हिड्ने भएको हुँदा पनि युवाहरु यसमा लाग्नैपर्दछ । जनतासंग साझेदार भई उत्पादन बढाउन र जवाफदेही र उत्तरदायी शासनप्रणालीको लागि पनि युवाहरु राजनीतिमा आउनुपर्ने देखिन्छ ।
युवाले आफ्नो क्षमता, योग्यता र विचारले राजनीतिमा हस्तक्षेप गर्नुपर्ने हुन्छ र यसवाट देश र समाज परिवर्तन हुनुका साथै त्यसले संरचनात्मक रुपान्तरणको बाटो लिन्छ । राजनीतिमा देखा परेका विकृति, विसंगति तथा समस्याहरुको पहिचान गरि त्यसलाई हल गर्ने कार्य जुझारु, प्रतिबद्ध र दृढ संकल्प भएको युवा नेतृत्वले गर्दछ । यस कार्यमा समाजलाई बुझेको, स्वदेशी र विदेशी राजनीतिमा बोधगम्यता भएको, विकल्प सहितको विचार निर्माणमा अध्ययनशील, राजनीतिक दलका असफलतालाई बुझ्नसक्ने, नयाँ राजनीतिक संगठनको लागि विचार निर्माण गर्नसक्ने युवाको नेतृत्वको आवस्यकता हुन्छ । युवामा नयाँ विचारको विकास गर्ने, मुख्य धारलाई बदल्ने, साहास, उर्जा, प्रतिबद्धता र लगाब हुन्छ । राजनीतिक नेतृत्वमा युवाको सहभागिताले मात्र यी सम्पूर्ण समस्या हल गरि देश र समाजलाई उन्नतीपथमा लम्काउन सक्दछ । बदलिएको परिस्थिति र संचार प्रविधिको विकास अनुसार युवा राजनीति मार्फत शासकिय प्रकृयामा आएपछि मात्र सकारात्मक परिवर्तन हुनसक्दछ । त्यसकारण राज्यका हरेक अंगमा युवाको हस्तक्षेपकारी तथा नेतृत्वदायी भूमिका हुनुपर्दछ । युवाले समयसापेक्ष ढंगले अध्ययन–अनुसन्धान र मुल्याङ्कन गरि सैद्धान्तिक र व्यवहारिक पक्षको विश्लेषणवाट देश र समाज रुपान्तरणको लागि प्रभाबकारी बैचारिक धारणा बनाएर राजनीतिलाई अग्रदिशामा लानुपर्दछ । यसको लागि युवाले अध्ययन–अनुसन्धान, छलफल, बहस, अन्तक्र्रिया र विश्लेषणसहित स्वच्छ बैचारिक बहस गरि समयानुसारको बिचार बनाउनुपर्दछ र मात्र सहि नीतिनिर्माण भई देश र समाजको विकास हुन्छ । युवाले राजनीतिका सहभागी भएर समाज रुपान्तरणमा कलात्मक भूमिका निर्माण गर्न सक्दछन् । राजनीतिक अस्वाभाविकता, अस्थिरता, अप्रत्याशिलता, अनिश्चितता जस्ता खराब पक्षहरुको अन्त्यको लागि युवाले अनिवार्य रुपमा राजनीतिक नेतृत्वको जिम्मेवारी हासिल गर्नुपर्दछ । समायानुकुल नेतृत्वको विकास, निर्णयात्मक क्षमताको विकास, समसामयिक कुसलता, आधुनिकता आदि विकासको लागि पनि युवा राजनीतिक नेतृत्व लिनु जरुरी हुन्छ ।
राजनीतिमा इमान्दार, सक्षम, नैतिकवान, सामाजिक प्रभाब पार्नसक्ने, सेवाभाब भएको नेतृत्व विकासका लागि पनि राजनीतिमा युवा आउनुपर्दछ । युवाले राजनीतिमा नेतृत्वदायी भूमिका खेल्दा नीति निर्माणमा निर्णायक पहलकदमी, निर्णय कार्यान्वयन, परिणामको उचित वितरणमा उल्लेख्य योगदान पुग्न सक्दछ । अर्थतन्त्रलाई चलायमान बनाउन, देशमा उद्यमशिलता र रोजगारी मार्फत राष्ट्रिय आयमा बृद्धि गर्न, विभिन्न नवप्रवर्तनात्मक कार्यको लागि पनि राजनीतिमा युवाको सक्रियता अनिवार्य हुन्छ । यसकारण समुन्नत समाज र देश निर्माणको लागि राजनीतिमा युवाले उल्लेखनीय सहभागिता लिनको लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने अहिलेको आवस्यकता हो । देशको प्रायः सबै क्षेत्रमा युवाहरुको उल्लेखनिय उपस्थिति रहेको हुन्छ । त्यसैले सबै क्षेत्रमा युवाको जिम्मेवारीपूर्ण नेतृत्वले देशको भाग्य र भविष्य निर्माण हुन्छ । युवाहरु अर्थतन्त्रका महत्वपूर्ण शक्ति हुन् । कुनैपनि देश र समाजको भविष्य निर्माणमा युवाहरुको सोच र क्रियाकलापको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले देश र समाजलाई स्वाधिन र सुसम्पन्न बनाउनको लागि युवाशक्तिले राजनीतिमार्फत हस्तक्षेप गरेर अगाडि बढ्नु जरुरी हुन्छ । युवा पुस्ताले सस्तो लोकप्रियतावाट होइन समस्याकोे दिगो समाधान गरि आम नागरिकलाई परिवर्तनको महसुुस गराउनको लागि राजनीतिक नेतृत्वमा पुग्नैपर्दछ ।
शासकिय शैली र संरचनामा सुधार गर्ने कार्यमा युवाको महत्वपूर्ण योगदान हुन्छ । युवालाई राजनीतिक मूल प्रवाहवाट पछि पारियो भने देशका लागि त्यो ठुलो संकट भएर आउँदछ । यसपछि देशको महत्वपूर्ण शक्ति नै नीतिनिर्माण र निर्णयशक्तिवाट अगल हुन्छ । देश र समाजलाई अग्रगामी मार्गवाट अगाडि बढाउन राजनीतिमा युवा संलग्नताको अनिवार्यता प्रष्ट हुन्छ । राजनीतिले सार्वजनिक हितका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि पनि युवा सहभागिता अनिवार्य हुन्छ । अध्ययन–अनुसन्धान, अन्वेषण, आविस्कार र अन्य ब्यवहारिक क्रियाकलापहरुद्वारा समाजलाई तिब्र गतिमा अगाडि बढाउनको लागि युवा नेतृत्व सक्षम हुन्छन् । यसवाट मात्र देशको समुन्नती र समृद्धि संभब हुन्छ । अब युवापंङ्तिले राजनीतिक दलहरुमा हस्तक्षेपकारी भूमिका खेलेर राजनीतिक नेतृत्वमा पुग्नुपर्ने हुन्छ । राजनीतिक दलले पनि युवाहरुलाई नेतृत्व प्रदान गर्ने कार्यक्रम र योजना बनाउनुपर्दछ । नेतृत्वको खडेरी महसुस भईरहेको वेला युवाहरुले नेतृत्व सम्हाल्नु जरुरी छ । राजनीतिमा युवा सहभागी भएभने मात्र ब्यवस्था बलियो हुन्छ । विकासका विभिन्न आयामहरुले विकसित रुप लिन्छन् । राजनीतिक अवस्थामा पुरातनवादी सोच चिन्तन र मनोवृत्ति परिवर्तन हुन्छ । युवाहरुको प्रोत्साहनवाट नै नेतृत्वको तत्परता, क्रियाशिलता र सहभागिताले राजनीतिलाई नयाँ उचाईमा उठाउँदछ । सरकारलाई सहि दिशानिर्देशन गर्ने, राज्यब्यवस्थालाई संस्थागत विकास गर्न राजनीतिमा युवाको अनिवार्यता सावित हुन्छ । त्यसैले देश उत्थानको लागि राज्यको समग्र नीति निर्माण र नेतृत्वमा युवाको समान र सार्थक सहभागिता आजको आवस्यकता हो । राजनीतिको मूल प्रवाहमा निर्णायक तहमा युवाहरुको उल्लेख्य सहभागिता हुनुपर्दछ । संसद देखि अन्य नीतिनिर्माण तहमा समेत युवाहरुको प्रतिनिधित्व हुनुपर्दछ । राजनीतिक दलहरुले पनि युवाहरुलाई महत्वपूर्ण स्थान दिएर अगाडि बढाउनु पर्दछ । यसरी युवामार्फत राजनीतिले भुइँतहसम्म जोडिएर देश र जनताको सेवा गर्नुका साथै समग्र देश विकासमा महत्वपूर्ण योगदान दिन सक्नेछन् । यसको लागि युुवाहरुको राजनीतिमा महत्वपूर्ण सहभागिता अपरिहार्य हुन्छ ।
निर्देशक ः मिलन आफन्त लेखक ः नारायण गिरी
समाप्त