दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी काठमाडौंमा सुरू भएको छ। ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार अर्शिया लोखन्डवाला बताउँछिन्।तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरू भएको प्रदर्शनी तीन महिनासम्म अवलोकन गर्न पाइने छ।
प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ।