
प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी आरजु देउवा समेत भारत भ्रमणमा रहेको बेला अर्का नेता प्रचण्डको भ्रमण आकस्मिक रुपमा हेरिएको छ ।
‘दिल्लीमा उहाँसंग भेट हुन सक्छ’, भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै, उहाँले भन्नुभयो, ‘तर हाम्रो भ्रमणको मकसन फरक फरक छ ।’ उहाँले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताउँदै यो आकस्मिक नभएको समेत दाबी गर्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको समेत उहाँले बताउनुभयो ।
