
विमानस्थल हवाइ तथा सार्वजनिक यातायातमा पनि मास्कको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयले अपिल गरेको छ। गोष्ठी सेमिनार तथा भीडभाड हुने स्थलमा पनि मास्कलाई अनिवार्य रुपमा प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ। विद्यालय, विश्वविद्यालय, मनोरञ्जन स्थललगायतमा पनि मास्कको प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय हवाइ तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बढाउन तथा अनुगमन प्रभावकारी बनाउन पनि मन्त्रालयले सबैसँग सहयोग मागेको छ।
सक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्न उपयुक्त नभएका तथा संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल भएमा कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
