नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान रेनुका नगरकोटी मैदान फर्कन कम्तिमा १० साता लाग्ने भएको छ।
अखिल नेपाल
उनी बुधबार अस्पतालबाट डिस्चार्ज हुने एन्फाले जनाएको छ।
सोमबार भएको प्रशिक्षणका दौरान उनी घाइते भएकी थिइन्।
उनलाई मंगलबार एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङसहितका पदाधिकारीले अस्पतालमै गएर स्वास्थ्यलाभको कामना गरेका छन्।
घाइते भएका कारण मिडफिल्डर रेनुकाले दुई महिनापछि नेपालमा आयोजना हुने तय महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन्।
महिला साफ आगामी भदौ १३ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशाला हुनेछ।
सन् २०१० देखि नेपाली राष्ट्रिय टिममा रहेकी रेनुका सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल टिमकी कप्तान समेत हुन्।
सात नम्बरको जर्सीमा मैदान उत्रने उनले नेपाली टिमबाट साग, साफ च्याम्पियनसिप र ओलम्पिक छनोट खेलेकी छिन्।
