तेस्रो न्यु युथ युनियन कप दमकडा युथ क्लबले जितेयो ।

न्यु युथ युनियन क्लब तानसेन पाल्पाको आयोजनामा तानेसेनको टुडिखेलमा सन्चालित  तेस्रो न्यु युथ युनियन कप फुटबल प्रतियोगिताको उपाधी दमकडा युथ क्लब दमकडाले हात पारेको हो । भगवती युथ क्लब र दमकडा फुटबल क्लब बीच भएको फाइनल खेलमा  टाइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै बिजेता बनेको हो । रु एक लाख एघार हजार एक सय एघार रुपैया रासिको पुरस्कर रहेको खेल जेठ ६ गते बाट शुरु भएको थियो । फुटबल प्रतियोगितामा १२ टिम सहभागी भएको क्लबका अध्यक्ष ताम बहादुर कुमालले जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रबक्ता यादव सिङ कार्की र बिशिस्ट अतिथि पाल्पा जिल्लाका प्रमुख  जिल्ला अधिकारी तोयनारायण सुवेदी ले बिजेता र उपबिजेता टिमलाई मेडल ट्रफी र नगद पुरस्कारले सम्मान गर्नु भएको थियो।

कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा १२ को वार्षिक परीक्षाको […]

विद्युत प्राधिकरणले मुख्य पाइपमा क्षति पुर्‍याएकोले पानी छ्यालब्याल भयो

काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ । आज दिउँसो […]