संस्कृत शब्द सं उपसर्ग र कृत् प्रत्यय मिलेर व्याकरणको नियमानुसार उत्पत्ति भएको शब्द हो । यसको अर्थ राम्रो बनाइएको, परिष्कृत, परिमार्जित भन्ने हुन्छ । यो भाषा सर्वप्राचीन भइकन आधूनिक मानवसमाजलाई मार्गदर्शन गर्ने कार्यमा अत्याधूनिक छ भन्नू सान्दर्भिक ठहर्छ । यस भाषाको शब्दरचना सून्दर,सूकोमल र सुललित छन् । यो भाषा अध्ययन गर्नेहरु अनुशासन, आदर, आत्मीयता जस्ता मानवीय जीवनका अमुल्य गूण आत्मसात गर्ने हूनाले आफ्नो लक्ष्यप्राप्तिमा उनीहरुले पछाडि फर्कनू परेको देखिन्न । मानिसलाई वास्तविक मानिस बनाउने यसै भाषाका आदर्श उपदेशहरु हून् । यदि मानिस संस्कृतको सक्ष्म अध्ययन गर्छ र यसका आदर्शलाई शिरोपर गर्छ भने उसबाट समाजले राम्रो आचार व्यवहार ग्रहण गरी सभ्य समाज निर्माण हुन्छ । संस्कृत सूरुमा अन्यभाषाको तूलनामा कठिन छ तर यसले अन्य भाषालाई सरल बनाइदिन्छ । मानिसको सर्वतोमुखी विकासमा सहयोग गर्न संस्कृतले प्रथम भमिका निर्वाह गर्दछ । जस्तै धार्मिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, वैज्ञानिक, नैतिक, आध्यात्मिक, भौतिक आदि विषयको ज्ञान प्रदान गर्दछ । नेपाली समाज र सरकारी निकायबाट भने उपेक्षित छ भन्दा अन्यार्थ हुँदैन । राज्य सञ्चालकदेखि उनीहरुका सक्रिय कार्यकर्ता यसको हेलत्तो र अपमान गर्नमा गौरव गरिरहेका छन् र भनिरहेका पनि छन् हामीले पादरी विद्या हटाएर ठलो प्रगति गयौं । यसबाट विद्यालयका भाइबहिनीहरुलाई धेरै सजिलो भएको छ । कलिला अबोधहरु प्रफुल्ल पनि छन् । हाम्रो नैतिक विद्या हामीलाई चाहिन्छ भन्ने उनीहरुलाई ज्ञान छैन । केवल वर्तमानमा सजिलो भए पूग्यो । वर्तमानमा सजिलो र सहज खोज्दा खोज्दा त्यसको सीमा नै छैन त्यसबाट भविष्य कति जटिल बन्छ भन्ने के थाहा ? जसबाट १५ वर्षमा नै विद्यलयबाट भागी विवाह गर्ने १८, २० वर्षमा मनमुटाव भई छोडपत्र गर्ने, जीविकाका लागि विक्षिप्त भई विषसेवन गर्ने, आफन्तबाट टाढा भई लज्जाबोधले एक्ला एक्लै बिहिल्लिएर हिंड्ने, दोस्रो तेस्रो विवाह रोज्ने गर्नाले राजनीति गर्नेहरुका लागि तिनीहरु बफादार देशभक्त पार्टीका इमान्दार बनेका छन् । किन भने उनीहरुलाई घरबाट स्वतन्त्र भइस् भनी डोयाएर आफ्नो राजनीतिक यात्रा सफल पारिएको छ । यसबाट उनीहरु घरको न घाटको भई आत्महत्याको बाटो रोज्ने पनि धेरै छन् । यसर्थ यस भाषाले यस्ता क्रियाकलापबाट परै रहन धेरै मद्दत गर्दछ । यसमा प्रारम्भिकचरणदेखि अनुशासन, आदर, आत्मीयता, इमान्दारी, ईश्वरीय उपासना जस्ता आधारभत ज्ञान प्रदान गर्दै लगिन्छ र परिपक्व भइसक्दासम्म वर्तमान भन्दा भविष्य कसरी सरल बनाउने भन्ने विषयमा अन्तर्दृष्टि प्राप्त हुन्छ । यस्तो विषय मनन गरी विगतमा सरकारले हटाएका विद्यालयहरुमा स्थानीयले पूनः संस्कृत शिक्षा माग गर्नथालेका छन् भने समूदाय मिलेर छुट्टै गूरुकूल विद्यालय स्थापनासमेत हुँदैछ । किन त भन्दा सन्तानमा देखिएको अटेरीपना, धृष्टता, हठी स्वभाव विक्षिप्तताका कारण अभिभावक वाक्क छन् र उनीहरुबाट बालसुधारगृह भरीभराउ अवस्थामा छन् । नेपालको पाचीन परम्परा लत्याएर आधुनिक भौतिकवादमा रमाउन उद्यतहरु आफ्नो आर्थिक हैसियतले मोजमस्ती गर्न नपुगेर चोरी हत्या र बलात्कार जस्ता अनैतिक कार्यमा लागी पुर्वस्थितिमा फर्कन नसक्ने भएपछि समाज र परिवारको लाज वा पछूतोले विक्षिप्त भएर ज्यान फाल्ने ज्ञाद्दवर्षकै नामावली पनि लामो छ । यो नेपालमा परापर्व समयमा रहेको संस्कृत भाषा परित्याग गर्नूको परिणाम हो । संस्कृत भाषा पढी माथिल्ला तहमा पूग्न सफलहरुको नामावली लाखौं छ भने विश्वका विभिन्न देशमा राजदत, कटनीतिक प्रतिनिधि भएर जाने र संयुक्त राष्ट्र संघको उपमहासचिव पदसम्म पूग्न सफल पनि छन् । संस्कृत क्षेत्रका मानिस माध्यमिक शिक्षा
मात्र ग्रहण गरी गृहस्थ जीवनमा प्रवेश गरे पनि आफ्नो घरायसी अवस्था पहिलाको तुलनामा कसरी सुधार गर्दै लगेका छन् भन्ने उदाहरण तमाम छन् । लाउने खाने समस्यामा परेका भन्ने नै छैनन् । संस्कृत इतरका बालबालिका जस्ता छिट्टै प्रेमविवाह र भागी विवाह गर्ने कूलतमा फसेर ज्यान फाल्ने छंदै छैनन्, छन् त के भन्दा वर्तमानमा यथाशक्य मेहनत गरी सन्तानलाई आफले पढेको भाषामा विद्यमान आदर्श समय समयमा सुनाएका भरमा संस्कृत नपढे पनि उनीहरुका सन्ततिका अध्ययन गुणस्तर सबैभन्दा उच्च हूनूका साथै जटिलखाले रोग पनि पाइएको छैन । ज्ञण्ण्जना संस्कृत पढ्नेका सन्तानमध्ये डण् जनाका विदेशी विश्व विद्यालयमा निःशूल्क अध्ययन अनुमति पाएका हुन्छन् भने अध्ययन समाप्त हूने बित्तिकै अध्यापनकार्यमा समावेश भइसक्छन् । किन त भन्दा मातापिताका परिश्रम देखी केही बूझेका र खानपानमा सानैदेखि परहेज, विचार र व्यवहारमा निष्कपट, धर्म र अधर्मबारे ख्याल चित्त एकाग्र र संस्कृत वा पर्वीयदर्शनमा विद्यमान आदर्श वाक्यका मनोवैज्ञानिक प्रभाव नै हो भन्न सकिन्छ । यसर्थ मानव जीवनका लागि संस्कृत भाषा के हो ? भन्दा के होइन ? भन्ने उत्तर पाइन्छ । यसैले विश्वमा आज यस भाषामा विद्यमान सामाजिक आदर्श, मानवीय मल्य मान्यता, नैतिक चरित्र जस्ता विषय बूझाउन संस्कृत आरम्भ गरिंदैछ । नेपालमा भने यो भाषा अध्ययन गर्नेलाई हेय दृष्टिले हेर्ने, निम्सरो ठान्ने, भौतिक उन्नति गर्न नसक्ने नामर्द सोच्ने, आफ उनीहरुभन्दा उम्दा भएको लवजमा प्रस्तूत हूने जस्ता कार्य गरिन्छ ।
मानिस आज उच्च र उम्दा देखिएलान् खानपान उच्चतहको पनि गर्लान् तर संस्कृत पढ्ने आज उम्दा र भोलि सामान्य बन्न चाहंदैनन् । आज सामान्य र भविष्य विशेष बनाउन चाहन्छन् । त्यो वर्तमानमा यत्र तत्र सर्वत्र उदाहरणका रुपमा देख्न सकिन्छ । नेपालको परिवेशमा संस्कृत पढेर सरकारी सेवामा प्रवेश गर्नेहरु खराव आचरणमा फसेका भन्ने कतै छैन । संस्कृत पढ्नेका सन्तानले सानै उमेरदेखि विविध प्रकारका संघर्षसंग परिचय पाएका हुन्छन् र यस्ता समस्यालाई के उपायबाट समाधान गर्न सकिन्छ भन्ने आत्मवल लिएका हुन्छन् । तसर्थ सन्तन मातापिताले हूदैन भनेका र भविष्यमा हानि गर्ने धम्रपान मद्यपान जस्ता पदार्थ साथी नामका घातीका लहै लहैमा लागेर नहिंड्ने भएकाले निरोगी एवं वैचारिक क्षमतामा सूस्त नभई चूस्त नै हुन्छन् । यस अतिरिक्त वर्तमानमा मोज र भोज गर्ने भन्दा भविष्य नियाल्ने अन्तर्दृष्टि प्रकाशमय हुन्छ । यसर्थ यिनीहरुले जीवनमा अघि मीठो र पछि तीतो बेहोर्नू पर्दैन । संस्कृत भाषा मानवजीवनको विगत बूझाउने, वर्तमानलाई विविधपक्षबाट विश्लेषण गर्ने र भविष्यबारे सम्भावित विषयमा दृष्टिगोचर गराउनू यसको मूख्य उद्देश्य र क्षेत्र हो । भाषालाई त्रैकालिक (भुत, वर्तमान र भविष्यत) जीवनपद्धति बोध गराउने स्रोतका रुपमा परिभाषित गर्न सकिन्छ । जून कूरा आज विश्वका कुनै पनि भाषाले यसरी बोध गराउन सकेका छैनन् भने यसको जति विशाल रूप र प्राचीन इतिहास पनि कसैको छैन । उदाहरणका लागि वेदपछिका शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष षडङ्गविद्या मध्ये ज्योतिषले व्यक्त गरेका विषय ठण्ड प्रतिशत मानिसलाई मिल्ने गर्दछ । यो दक्षिण एशियाका हिन्द समूदायभित्र मात्र होइन २१ औं शताब्दीमा आएर विश्वव्यापी बन्दैगएको छ । यसले मानवीय जीवनपद्धतिमा आधारित धर्मशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, नीतिशास्त्र, भुगोल, खगोलशास्त्र, गीत, संगीत, साहित्य, विज्ञान मानोविज्ञान आदि विषय सुक्ष्म र विशाल परिवेशमा दूबै मार्गबाट सिकाएको हुन्छ । यसर्थ यो भाषा भाषा मात्र होइन मानवजीवनका लागि ज्ञानराशि हो । मानिसले यसलाई आफ्नो समय, औकात, हैसियत र वैचारिक क्षमताका आधारमा के कति लिने गर्दछन् र व्यावहारिकरुपमा उतार्दछन् त्यसमा निर्भर रहन्छ । संस्कृतभाषाबारे विवेचना गर्दा यसमा यति विषय र यसको क्षितिज यहाँ सम्म छ भनेर तोक्न सकिन्न र मानवहितका लागि विशाल परिधिको छ भन्दा
अन्यथा नहोला । उदाहरण स्वरुप वि.सं. २०४६ सालमा युकेमा विराट हिन्द सम्मेलन आयोजना, वि.सं.२०७६ सालमा अस्ट्रेलियामा शिवमन्दिर निर्माण, टर्कीमा ४६०० वर्ष पूरानो शिवलिङ्ग प्राप्त, अमेरिकार बेलायतमा पवीयदर्शन अध्ययन, जोन हेग्लीनद्वारा महर्षि संस्कृत विद्यालय स्थापना गरी अध्ययन आरम्भ, जर्मनीमा वि.सं. २०८० भन्दा ५०, ५२ वर्ष अघिदेखि संस्कृत अध्ययन आदिलाई नमुना मानिन्छ । यति मात्र होइन पाश्चात्य देश वेदमा उल्लिखित मन्त्रको मनोवैज्ञानिक प्रभावकारीता र प्राचीनकालमा निर्मित अग्न्यास्त्र ब्रह्मास्त्र सम्बन्धी सुत्रको प्रयोगात्मक परीक्षण गर्दैछन् । ज्यौषिीय गणनाअनूसार सुर्य चन्द्रममा केही समय देखिएर हराउने दाग वा पृथिवीको छायाबारे पुर्वीयदर्शनले ठीक मिलाएको देख्दा आश्चर्यमा छन् । वेद वा त्यसपछिका ग्रन्थमा विद्यमान दण्द व्यवस्था र आधुनिक समयमा उनीहरुका देशमा सञ्चालित संवैधानिक मापदण्डको तूलनात्मक अध्ययनमा जुटेका छन् भने संस्कृत भाषामा रहेका सामाजिक सदाचार आफ्ना नागरिकमा स्थापित गराउन गीतालाई विश्व विद्यालय पाठ्क्रममा राख्न थालेका छन् । यसअतिरिक्त जर्मनीमा तामांग धेदूंग संघलाई लोसार मनाउने अनुमति प्राप्त छ भने ह्वाइट हाउसमै यमपञ्चकको दीपोत्सव आयोजना हुँदैआएको हामी सबैलाई विदितै छ । नासाले सन् द्दण्घण्सम्ममा वैदिक ध्वनिलाई अभिलेख राख्ने कार्यको घोषणा समेत गरिसकेको छ । यसैले वेद तथा संस्कृत भाषा विश्वको सर्वप्राचीन विज्ञान भन्ने सिद्ध भइसकेको अवस्था छ । म संग परिचित संस्कृतको पृष्टभमिबाट उठी अन्तर्राष्ट्रियक्षेत्रसम्म स्थापित व्यक्ति यसप्रकार हूनूहून्छ । सरदार यदूनाथ खनाल, तारानाथ शर्मा, कूलचन्द्र गौतम, ज्ञानचन्द आचार्य, प्रा. डा. उपेन्द्रदेव आचार्य, केशवराज भट्टराई, डा. डिल्लीरमण रेग्मी, प्रा. डा. दिवाकर आचार्य, प्रा. डा. स्थानेश्वर तिमल्सिना, प्रा. डा. घनश्याम भट्ट, रामहरि तिमल्सिना, प्रा. डा जयराज आचार्य, वीरदेव बिष्ट, अलका आत्रेय । यसअतिरिक्त आध्यात्मिक परामर्शका लागि समय समयमा जानूहूने पनि असंख्य हूनूहून्छ । मसंग परिचित अध्यात्मवादी अर्थात् पूरातन संस्कृतिलाई शिरोपर गरी दीर्घजीवन प्राप्त व्यक्तिहरु निम्नप्रकार हूनूहुन्छ । माधव घिमिरे राष्ट्रकवि, गीर्वाणनाथ अर्याल, भैरव रिसाल, अच्यूतराज रेग्मी, चेतनाथ आचार्य, ऋषिराम पोखरेल, ज्ञानमणि नेपाल भोजपूर,काशीनाथ गौतम, नरहरि आचार्य, कोमलप्रसाद भट्ट, काशीनाथ घिमिरे, पूरुषोत्तम भट्टराई विजयपूर धरान, रामचन्द्र गौतम, मदनप्रसाद अर्याल, दिव्यपूरुष ढकाल, तीर्थराज आचार्य स्थानेश्वर पौडेल, भक्तिराम ज्ञवाली, रत्नाकर देवकोटा, अनिरुद्ध तिंसिना, महाशङ्कर देवकोटा, विष्णू न्यौपाने ललितपूर, रेवतीरमण अर्याल, डिल्लीरमण अर्याल, प्रा. शिवगोपाल रिसाल आदि । उहाँहरुले ७६ वर्षसम्म अस्पताल देख्नुभएन वा कुनै औषधोपाचार गर्नै परेन भने उल्लिखित सबैले ८५ वर्षदेखि १०० वर्षसम्मको दीर्घायू पाउनुभएको छ । यो कसरी त ? भन्दा संस्कृतभाषामा विद्यमान सन्देशमा विश्वास, आहार, विहार, भोजन, शयन, देवोपासना र दैनिकीमा एकरुपता आदि हून् । यसर्थ संस्कृत भाषालाई विश्व मानवसमाजका लागि सर्वप्राचीन समाजविज्ञान पनि हो भन्न सकिन्छ ।
बाबूराम तिमल्सिना
संस्कृतिविद