काठमाडौं, २०८२ चैत्र १४ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट अनुसार नेपाल सरकारको मन्त्रिपरिषद् गठन मिति २०८२ चैत्र १३ गते भएको छ। यो मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित १५ जना मन्त्रीहरूले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। केही मन्त्रीले दुई–दुईवटा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यो मन्त्रिपरिषद् गठनसँगै नयाँ सरकारले विकास, सुशासन र जनसेवालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार हालका माननीय मन्त्रीहरू र उनीहरूले सम्हालेका मन्त्रालयहरू निम्नानुसार छन् :
प्रधानमन्त्री तथा मन्त्रीहरूको सूची :
- श्री वालेन्द्र शाह प्रधानमन्त्री जिम्मेवार मन्त्रालय : रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
- डा. स्वर्णिम वाग्ले मन्त्री जिम्मेवार मन्त्रालय : अर्थ मन्त्रालय
- श्री सुधन गुरुङ मन्त्री जिम्मेवार मन्त्रालय : गृह मन्त्रालय
- श्री शिशिर खनाल मन्त्री जिम्मेवार मन्त्रालय : परराष्ट्र मन्त्रालय
- श्री सुनिल लम्साल मन्त्री जिम्मेवार मन्त्रालय : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय
- श्री विराज भक्त श्रेष्ठ मन्त्री जिम्मेवार मन्त्रालय : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
- श्री खडक राज पौडेल मन्त्री जिम्मेवार मन्त्रालय : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
- श्री सस्मित पोखरेल मन्त्री जिम्मेवार मन्त्रालय : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय
- श्री निशा मेहता मन्त्री जिम्मेवार मन्त्रालय : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र खानेपानी मन्त्रालय
- डा. विक्रम तिमिल्सिना मन्त्री जिम्मेवार मन्त्रालय : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
- श्री प्रतिभा रावल मन्त्री जिम्मेवार मन्त्रालय : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
- श्री सोविता गौतम मन्त्री जिम्मेवार मन्त्रालय : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
- श्री गीता चौधरी मन्त्री जिम्मेवार मन्त्रालय : कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय
- श्री दिपक कुमार साह मन्त्री जिम्मेवार मन्त्रालय : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
- श्री सीता बादी मन्त्री जिम्मेवार मन्त्रालय : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
यो मन्त्रिपरिषद् गठन भएको छोटो समयमै जनअपेक्षा र विकास कार्यलाई तीव्रता दिने दायित्व मन्त्रीहरूको काँधमा आएको छ।
