राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर पुरानै पार्टीमा फर्किने धेरै ।

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।

ज्ञवालीले नेकपा एमाले र अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा काम गरेका थिए । साढे दुई महिना अघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । आज विज्ञप्ति जारी गर्दै उनले एउटा भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको बताएका छन् ।

‘पार्टीको केन्द्रीय नेतृत्वलाई पनि निकट रहेर निकालेँ र बुझेँ, मात्रै त्यो भ्रम रहेछ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘अब त्यस्ता भ्रमको खेती गर्नेहरूबाट पार्टीको नाम सिवाय अरू थप केही नहुने महसुस गरेँ ।’ ज्ञवालीले यथार्थमा जनताको पक्षमा लड्ने र राष्ट्रियताको पक्षमा अड्ने पार्टी एमाले नै रहेको बुझाइ प्रस्तुत गर्दै यही पार्टीमा क्रियाशील हुने बताएका छन् ।

नेकपा एमाले र अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा काम गरेका ज्ञवाली दुई महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। तर, आज विज्ञप्ति जारी गर्दै पार्टी छोडेको जनाएका छन्।

उनले एउटा भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको बताएका छन् । त्यस्ता भ्रमको खेती गर्नेहरूबाट पार्टीको नाम सिवाय अरू थप केही नहुने महसुस गरेको उनले जनाएका छन्। प्रदेश अध्यक्ष ज्ञवालीले नै पार्टी छोडेपछि उक्त पार्टी प्रति जनमानसमा नराम्रो असर देखिएको जानकारहरु बताउँछन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *