काठमाडौं : राष्ट्रिय सभाका विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत भएका छन्।
यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो।
चार विषयगत समितिमा सभापति पदका लागि एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ।
सबै समितिमा एक/ एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका हुन् ।
सभापतिका लागि भोलि निर्वाचन गर्ने तय भएको छ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यस्थापन समितिमा बेदुराम भुषाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुन दिलकुमारी रावलले उम्मेदवारी दिएका थिए।