राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदैछिन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उनी आज साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत आइसल्याण्ड प्रस्थान गर्ने भएकी हुन् । उनी १७ जना प्रतिनिधिमण्डलको टोली सहित त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।राष्ट्रपति भण्डारीले बुधबार वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्नेछिन् । त्यस्तै सोही दिन साँझ नै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनी कात्तिक २६ गते बिहान स्वदेश फर्कनेछिन् ।
Related Posts
बिलासी वस्तुको आयात प्रतिबन्ध १४ भदौसम्म,
- admin
- 07/17/2022
- 0

एकघण्टा नबित्दै प्रश्नपत्र आउट
- admin
- 03/20/2025
- 0

विद्युत अवरूद्ध हुने
- admin
- 01/25/2025
- 0