युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड (UNLB) ले आज जेष्ठ ११ गतेबाट रु १०० अंकित दरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता साधारण शेयर सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) गरेको छ।
साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई बनेको युनिक नेपाल लघुवित्तको कुल चुक्ता पूँजी रु. ११,०६,३२,५००/- को ९४.०१ प्रतिशले हुन आउने संस्थापक समूहको रु.१०, ४०,०२,५००/- र ५.९९ प्रतिशले हुन आउने सर्वसाधारण समूहको रु. ६६, ३०,०००/- रकम बराबरको शेयरको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले रु.३,७९,४२,५००/- रकम बराबरको प्रति शेयर अंकित मूल्य रु.१००/- दरका ३,७९, ४२५ कित्ता साधारण शेयर सर्वसाधारणहरुमा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) गरेको हो।
छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन जेष्ठ २५ गतेसम्म लम्बिने छ।
इच्छुक लगानीकर्ताले लघुवित्तको FPO मा न्युनतम १० कित्ता देखी अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।