कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका

थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने देखिन्छ । साथै बिहानको समयमा तराई तथा उपत्यका/खोँचहरूमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
मौसम पूर्वानुमान महाशाखा