“मेयर बालेन शाह पितृशोकमा: पिता रामनारायण शाहको निधन”

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पिता रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत अवस्थामै उनले अन्तिम श्वास लिएका हुन्। आइतबार मात्रै पिसाबसम्बन्धी संक्रमण तीव्र भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। संक्रमण शरीरभरि फैलिनुका साथै मस्तिष्कमा समेत असर देखिएको चिकित्सकहरूले बताएका थिए।

प्रधानमन्त्री सुशीला कार्की आजै अस्पताल पुगेर मेयर शाहसँग भेट गर्दै रामनारायणको स्वास्थ्य अवस्था बारे जानकारी लिएकी थिइन्। आयुर्वेद चिकित्सक रहेका रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *