
स्टिफनलाई उनको रोगभन्दा बाहेक अन्य दुईवटा समस्याले सताईरहेका थिए । एउटा,जेन वाइल्डको कलेजमा ग्रेजुएटभन्दा तलका विद्यार्थीहरुलाई विवाह गर्ने अनुमती थिएन ।अर्काे, उनीसँग पैसा थिएन । अर्थात धनको कमी थियो । पहिलो समस्याको समाधान जेन वाइल्डले गरिदिइन् ।कलेजको कार्यालयमा गएर उनले प्रस्ताव राखिन्, ‘स्टिफन हकिङको जीवन लामो छैन । त्यसैले म स्नातक गर्ने वेला सम्म विवाहको लागि प्रतिक्षा गर्न सक्दीन ।’ यस बारेमा कार्यालयमा छलफल भयो । अन्तमा उनलाई अनुमति मिल्यो तर एउटा शर्तमा । उनले कलेजभन्दा बाहिरै रहनमुपर्ने भयो । जहाँ हप्ताको अन्तिम दिन स्टिफनँग भेट हुन्थ्यो । त्यहीँ बस्नुपर्ने भयो । उनले, यो प्रस्ताव स्वीकार गरिन् । एउटा समास्या सामाधान भयो ।
विवाहपछि जीवनयापन गर्नका लागि धनको आवश्यकता पर्छ भन्ने कुरा स्टिफनले राम्रोसँग बुझेका थिए । उनले शोध कार्यको साथै नोकरी गर्ने मानसिकता बनाए । तर राम्रो नोकरीको लागि पी.एच. डी. गर्न आवश्यकत थियो ।त्यसैले उनी पी.एच.डी.पूरा गर्न तिर गम्भीर भएर लागे । त्यहि बेला क्याम्ब्रिजको केयस कलेजमा रिसर्च फिलोशिपको लागि आवेदन मागेको थियो । स्टिफनले आवेदन दिने बिचार गरे । उक्त कलेजको तर्फबाट दुईजना व्यक्ति मागिएको थियो ।जसमा स्टिफनका पी.एच डी का निर्देशक डा. सिकियामाले पनिे आवेदन दिएका थिए ।
आवेदन दिने मानसिकता बनाइरहेकै वेलामा उनलाई याद आयो ‘आज लण्डनबाट जेन आउँदैछिन् ।जसले मेरो लागि आवेदन टाइपिङ पनि गरिदिने छिन् ।’ जेन आइन् । दुबैको भेट भयो । स्टिफन अचम्मित भए ।जेनको वाँया हात भाँच्चिएर प्लाष्टर गरिएको थियो । फेरी पनि जेनले एउटै हातको प्रयोग गरेर भए पनि टाइप गरिदिइन् । स्टिफनले आवेदन दिए । कलेजको तर्फबाट दुइजना व्यक्तिहरुको नाम सन्दर्भकोे रुपमा मागिएको थियो । जसमा उनले सन्दर्भको रुपमा हरमन बोन्डीको नाम दिइयोस् भन्ने सुझाव दिए । हरमन बोन्डी त्यसबेला किंग्स कलेज लण्डनमा समान्य सापेक्षता विषयको विषयज्ञ थिए । स्टिफनले कैयौ पटक बोन्डीलाई भेटिसकेका थिए ।उनले स्टिफनद्धारा लिखित केही पेपर पनि रोयल सोसाइटीलाई पठाएका थिए । एक दिन स्टिफनले उनलाई भेटे र उनको नाम सन्दर्भको रुपमा दिने अनुमित मागे । बोन्डीले अनुहार फुस्रो बनाउँदै स्टिफनलाई हेरे र अनुमति दिए ।
कलेज प्रशासनले बोन्डीसँग सन्दर्भको बारेमा सोध्दा उनले स्टिफनलाई नचिन्ने कुरा बताए । स्टिफनले जब यो कुरा थाहा पाए, उनलाई सामुन्ने आएको अवसर हातबाट चिप्लिएरहेको जस्तो लाग्यो । डा. सिकियामले पनि यो कुरा थाहा पाए । उनले बोन्डीलाई भेटेर स्टिफनको याद गराए । बोन्डीले फेरी स्टिफनको नाम सिफारिस गरिदिए । यसरी २३ वर्षको उमेरमा उनलाई फेलोशिप प्राप्त भयो । १४ जुलाई १९६५ मा स्टिफन र जेनले विवाह गरे । जब जेन वाइल्ड जेन हकिङ भइन् । त्यसको केही समयपछि स्टिफनको नोकरीको समस्या पनि समाधान भयो । उनलाई थ्योरिटिकल फिजिक्समा काम गर्ने अबसर मिल्यो ।यस काममा उनको शारीरिक असक्तताले कुनै फरक पार्दैन थियो । त्यसपछि स्टिफन र जेनको अत्यन्तै सुखमयका साथ वैवाहिक जिवनको गाडि चलेको थियो ,
…धन्यवाद ।
प्रस्तुती: ‘प्रेम विवाह’ परिवार सम्पादनः रोशन दाहाल
