मन्त्रिपरिषद बैठकले नयाँ ब्यक्तिलाई राखेप उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ|

मन्त्रिपरिषद बैठकले ध्रुव आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा शिव कोइराला रहेको मा उनको ठाउमा ध्रुव आचार्यलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको हो ।

रूपन्देहीका आचार्य नेकपा (एमाले) निकट हुन्। उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष पनि छन्। यद्यपि यो एमालेको खेलकुदको भ्रातृ संगठन भने होइन। एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ छ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष आचार्यलाई सरकारले राखेप उपाध्यक्षमा नियुक्त गरेको हो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *