बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । सचिनको बिहान १० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधान भएको हो । अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।
हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछौं

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *