नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले अर्को नयाँ पार्टी आगामी बुधबार (पुस १७ गते) घोषणा गर्ने भएका छन् ।
डा. भीम रावल लाई एमालेबाट निष्कासन भए को पिडा र आक्रोस लाई शान्त पार्न नेपालमा फेरी नाम मात्र को पार्टी खोलेका हुन | यसले नेपाली जनता लाई कुनै फरक हुन्छ जस्तो हामीलाई लागदैन ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।
सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।