प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक हुने अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो साढे १ बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिनेछ ।

उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ । सोही निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

नेपाली कांग्रेसलगायत दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *