‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् ।

चार दिने भारतकोऔपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री  ‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्रीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यसअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखीले उनलाई बिदाइ गरेकी थिइन्  । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए। प्रधानमन्त्री प्रचण्ड भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्ड आजै इन्दौरबाट नयाँ दिल्ली फर्किएका हुन् ।

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *