न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी

अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी भएकी छिन्।

रिपब्लिकनका उम्मेदवार केभिन चहिललाई  पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ।  उनले ७ हजार ७ सय २ मत प्राप्त गरेकी छिन्। १३ पटकसम्म त्यहाँ विजयी भएका केभिन, श्रेष्ठसँग ५ सय २३ मत पछि परेका हुन्।

काठमाडौँमा जन्मिएकी श्रेष्ठ सन् २००१ मा ग्राफिक्स डिजाइन पढ्नका निम्ति न्युयोर्क पुगेकी थिइन्। उनले सन्  २०१९ मा अमेरिकी नागरिकता पाएकी थिइन्। उनी जलवायु परिवर्तनबारे वकालत गर्ने अधिकारकर्मी समेत हुन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *