नेफ्स्कूनको तालिम र कोपोरेट सुशासनसम्बन्धी महत्त्वपूर्ण निर्णय

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) अन्तर्गतको कलङ्की सदस्य सेवा कार्यालयको आयोजनामा २०८०/०८/२६ गते एक दिवसीय “पुँजी पर्याप्तता विश्लेषण तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।

कलङ्की क्षेत्रका १६ वटा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी जम्मा २९ जनाको सहभागिता रहेको उक्त तालिममा सि.ए. राजकुमार फुयालले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। तालिममा विद्यमान कानुनी व्यवस्था, सहकारी नियमावलीले पुँजीकोष निर्धारणका लागि दिएको निर्देशिका, पुँजीकोषको गणना विधि, प्राथमिक पुँजीकोष, अन्य कोषहरू, साथै जोखिम भारित सम्पत्तिको गणना विधि र जोखिम कोषको व्यवस्थापन जस्ता महत्त्वपूर्ण र प्राविधिक विषयवस्तुहरूमा गहन छलफल गरिएको थियो।

तालिमको समापनपछि, सहकारी क्षेत्रमा कोपोरेट सुशासन कायम गर्नको लागि अत्यन्तै महत्त्वपूर्ण रहने “कोपोरेट सुशासन सम्बन्धी अनुशिक्षण कार्यशाला” तत्कालै सम्पन्न गर्ने निर्णय गरिएको छ। यस कार्यशालाको जानकारी सम्पूर्ण नेफ्स्कून सदस्य सेवा कार्यालयका प्रमुखहरूलाई दिइने जनाइएको छ।

साथै, उक्त कार्यशालाको सम्पूर्ण व्यवस्थापनको जिम्मा कलङ्की सदस्य सेवा कार्यालयका प्रमुख श्री मगोज कार्की ले गर्नु भयको थियो ।

IMG-20251212-WA0039
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *