नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्ड सिरिजको तेस्रो खेलमा नामिबियासँग ६३ रनले पराजित भएको छ । कम्बसदुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ रन बनायो ।
त्यस्तै डेभिड विसीले रन आउट हुनअघि ३४ तथा ओपनर डिभान ला कक र जेजे स्मिटले समान २७–२७ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।
जितसँगै नामिबिया १८ खेलबाट १८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लेको छ । १९ खेल खेलेको नेपाल १९ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।