डेढ करोडको बैंकिङ कसुरकी अभियुक्त पक्राउ

  • पक्राउ: सुनसरी, धरान उपमहानगरपालिका-८ की ५४ वर्षीया सुचित्रा श्रेष्ठलाई पक्राउ गरिएको।
  • मुद्दा: १ करोड ४६ लाख १ हजार ७३३ रुपैयाँ बराबरको बैंकिङ कसुर।
  • कारबाही: प्रहरी वृत्त, स्वयम्भूमा राखी थप अनुसन्धान भइरहेको।

जिल्ला प्रहरी परिसर, काठमाडौँले झण्डै डेढ करोड रुपैयाँको बैंकिङ कसुर मुद्दाकी एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।सुनसरीको साविक धरान उपमहानगरपालिका ८ बस्ने वर्ष ५४ को सुचित्रा श्रेष्ठलाई १ करोड ४६ लाख १ हजार ७३३ रुपैयाँ रकमको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी वृत, स्वयम्भूमा राखि थप अनुसन्धान भइरहेको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *