पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ भने ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।