प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश
मिति २०८२/०५/२४ गते विहान ८:३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म स्थानीय प्रशासन
ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।
देहायः
क) काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्रः
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग।
नोटः कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट
कर्फ्यू आदेश
