कतार विश्वकपको खेल

फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ । एसियाली देशमै आयोजना हुँदा

मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ । कतारले एकै दिन चारवटासम्म खेल खेलाउने नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउने भएका छन् ।

विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हवले पाएको छ । त्यसमार्फत हिमालय प्रिमियम टेलिभिजनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ ।

नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ । विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ । पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् ।

विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *