अध्यक्ष माओको सम्बोधन (युवा आन्दोलनको दिशा): मिलन आफन्त

Youth Nepal
मई ४ आन्दोलन र युवा दिवस: मई ४ आन्दोलनको २०औं वार्षिकोत्सवमा यो दिनलाई राष्ट्रिय युवा दिवस नामाकरण गरिएको छ, जसले चीनको साम्राज्यवाद र सामन्तवादविरोधी जनवादी क्रान्तिको महत्वपूर्ण मोडलाई संकेत गर्छ।
यो आन्दोलन राष्ट्रघाती सरकारविरुद्ध लक्षित थियो, जसले साम्राज्यवादसँग साँठगाँठ गर्दै जनतामाथि अत्याचार गर्थ्यो। यस्तो सरकारको विरोध र तख्ता पल्टाउनु आवश्यक र सही थियो।
चीनको क्रान्तिको दिशा र उद्देश्य: विगतका विफलताहरूलाई विजयमा बदल्ने लक्ष्यका साथ क्रान्ति अघि बढिरहेको छ। जापानविरोधी प्रतिरोध युद्ध यसको हिस्सा हो।
क्रान्तिका मुख्य निशाना: जापानी साम्राज्यवाद र तिनका चिनियाँ दलालहरू (देशद्रोहीहरू)।
क्रान्तिको मुख्य शक्ति: सर्वहारा वर्ग, किसान समुदाय र साम्राज्यवाद तथा सामन्तवादविरोधी अन्य वर्गहरू। मजदुर र किसान (९०% जनसंख्या) क्रान्तिको मेरुदण्ड हुन्।
क्रान्तिको स्वरूप: हालको क्रान्ति पूँजीवादी जनवादी क्रान्ति हो, जसले साम्राज्यवाद र सामन्तवादलाई नष्ट गर्ने लक्ष्य राख्छ, न कि निजी सम्पत्तियुक्त पूँजीवादी व्यवस्थालाई।
यो क्रान्ति पूँजीपति वर्गको सामर्थ्यभन्दा बाहिर छ, त्यसैले सर्वहारा वर्ग र व्यापक जनसमूहको प्रयासमा निर्भर छ।
जनवादी गणतन्त्र क्रान्तिकारी तीन जन–सिद्धान्तमा आधारित छ, जुन अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती व्यवस्थाबाट भिन्न छ।
भविष्यको दृष्टिकोण: दीर्घकालमा चीन समाजवादतर्फ अघि बढ्नेछ, जहाँ पूँजीपतिहरूको स्थान रहने छैन। यो विश्वव्यापी नियम हो, जसको उदाहरण सोभियत संघ हो।
तर वर्तमान चरणमा समाजवाद लागू गर्नु उद्देश्य होइन, बरु साम्राज्यवाद र सामन्तवादलाई परास्त गरी जनवादी व्यवस्था स्थापना गर्नु हो।
युवाहरूको भूमिका: सारा देशका युवाहरू जापानी साम्राज्यवादलाई पराजित गर्न र क्रान्तिलाई सफल बनाउन लडाकु भावनाले जागृत भएका छन्।
मई ४ आन्दोलनलाई क्रान्तिकारी दृष्टिकोणले हेर्न र विजयको बाटोमा संयुक्त प्रयास गर्न युवाहरूलाई आह्वान गरिएको छ।

मई ४ आन्दोलनको बीसौं वार्षिकोत्सव हो र चेनानका युवाहरु यस स्मृति–सभामा उपस्थित भएका छन् । त्यसैले यस अवसरमा चीनको युवा आन्दोलनको दिशा सम्बन्धि केहि सवालहरु बताउने छु । पहिलो कुरा, मई ४ लाई हाल चीनको युवा दिवस भनि नामाकरण गरिएको छ , र यसो गर्नु एकदम सही छ । मई ४ आन्दोलन भएको बीस वर्ष भइसक्यो , तर यस वर्ष मात्र त्यस दिनलाई राष्ट्रिय युवा दिवस भनि नामाकरण गरिएको छ र यो अति महत्वपूर्ण तथ्य हो । कारण, यस कुराले चीनियाँ जनताको साम्राज्यवाद र सामन्तवाद विरोधी जनवादी क्रान्ति छिटै नै एउटाा मोडमा पुग्ने कुराको संकेत गर्छ । अनेक दशकसम्म यस क्रान्तिले एकपछि अर्काे विफलता थाप्नुप¥यो तर अब भने अवश्य एउटा परिवर्तन हुनुपर्छ , विफलता तर्फको परिवर्तन होइन तर विजय तर्फको परिवर्तन हुनुपर्छ । हाल चीनियाँ क्रान्ति अघि लम्कँदैछ, विजय तर्फ लम्कँदैछ । विगत कालमा विफलताहरु अब दोहोरिन पाउँदैनन् र तिनलाई दोहोरिनु दिनु पनि हुँदैन र अब त तिनलाई विजयमा फेर्नु पर्छ । तर यस्तो परिवर्तन भइसक्यो त ? अँह भएको छैन, न त हामीले अझसम्म विजय नै हासिल गरेको छौ । तर विजय प्राप्त गर्न सकिन्छ । जापान विरोधी वर्तमान प्रतिरोध युद्धमा कनै हामी विफलताबाट विजय तर्फको मोडमा पुग्न कोशिस गरिरहेका छौं । मई ४ आन्दोलन राष्ट्रघाती सरकारको विरुद्ध लक्षित थियो, एउटा त्यस्तो सरकारको विरुद्ध लक्षित थियो जसले साम्राज्यवादसँग साँठगाँठ गर्दै राष्ट्रिय हितलाई बेच्दथ्यो र जनता माथि अत्याचार गर्दथ्यो । यस्तो सरकारको विरोध गर्नु आवश्यक थिएन र ? आवश्यक थिएन भने मई ४ आन्दोलन गलत थियो । के कुरा टड्कारो छ भने यस्तो सरकारको विरोध गर्नु आवश्यक थिएन र ? आवश्यक थिएन भने मइ ४ आन्दोलन गलत थियो । के कुरा टड्कारो छ भने यस्तो सरकारको विरोध गर्ने पर्छ, राष्ट्रघाती सरकारको तख्ता पल्टाउनै पर्छ । यसो सोच्नुहोस त, मई ४ आन्दोलन भन्दा निकै अघी डा. सुन चात–सेन तत्कालीन सरकार विरोधी विद्रोही भइसक्नु भएको थियो, उहाँले छिङ सरकारको विरोध गर्नु भयो र त्यसको तख्ता पल्टाई दिनु भयो ? उहाँले यसो गर्नु ठीक थिएन र ? मेरो विचारमा यसो गर्नु एकदम ठीक थियो । कारण, उहाँले जुन सरकारको विरोध गर्नु भयो त्यसले साम्राज्यवादको प्रतिरोध गर्देनथ्यो । तर त्यससँग साँठगाँठ गथ्र्यो, र यो सरकार एउटा क्रान्तिकारी सरकार नभएर क्रान्तिलाई दबाउने सरकार थियो । मई ४ आन्दोलन एउटा क्रान्तिकारी आन्दोलन हुनाको गाँठी कारण के थियो भने यसले राष्ट्रघाती सरकारको विरोध ग¥यो । चीनका युवाहरुले मई ४ आन्दोलनलाई यसै दृष्टिले हेर्नु पर्दछ । आज सिङ्गै राष्ट्र जापानको प्रतिरोध गर्न लडाकु भावना साथ ज¥याक–जुरुक उठेको बेलामा हामीले जापानी साम्राज्यवादलाई पराजित गर्न दरिलो अठोट गरेका छौं र हामीले विगत कालका विफलताहरुबाट चेतावनी लिएका हुनाले हामी कुनै पनि देश द्रोहीलाई बाँकी राख्ने छैनौ वा क्रान्तिलाई फेरी विफल हुन दिने छैनौ । एकाध अपवादहरु बहेक चीनका सारा युवाहरु ब्युँझेका छन् र तिनले जित्ने अठोट गरेका छन् र मई ४ लाई युवा दिवस भनी नामाकरण गर्ने कामबाट यो कुरा प्रष्ट भएको छ । हामी विजयको बाटोतरि लम्कदैछौं र सारा जनताले संयुक्त प्रयास गरेको खण्डमा चीनियाँ क्रान्तिले प्रतिरोध अवश्यै बिजय प्राप्त गर्ने छ ।
दोस्रो कुरा, चीनियाँ क्रान्ति के को विरुद्ध लक्षित छ ? क्रान्तिका निसानाहरु के–के हुन् ? एउटा निशाना साम्राज्यवाद हो र अर्काे निशाना सामन्तवाद हो भन्ने कुरा सबैलाई थाहै छ । हाल क्रान्तिका निशानाहरु के—के हुन् ? एउटा निशाना जापानी साम्राज्यवाद हो र अर्काे निशाना साम्राज्यवादका चीनियाँँ दलालहरु हुन् । क्रान्ति गर्नको निम्ति हामीले जापानी साम्राज्यवाद र चीनियाँ देशद्रोहीहरुको तख्ता पल्टाउनै पर्छ । क्रान्ति गर्नेहरु को हुन् ? क्रान्तिको मुख्य शक्ति के हो ? ती चीनियाँ आम जनता हुन् । क्रान्तिका प्रेरक शक्तिहरु सर्वहारा वर्ग, किसान समुदाय र साम्राज्यवाद र सामन्तवादको विरोध गर्न चाहाने अरु वर्गहरुका सदस्यहरु हुन् । साम्राज्यवाद र सामन्तवादको विरोध गर्ने क्रान्तिकारी शक्तिहरु यिनै हुन् । तर यी धेरै मध्येमा क्रातिको आधारभुत शक्ति, क्रान्तिको मेरुदण्ड को हुन् ? देशको जनसंख्यामा ९० प्रतिशत रहेका मजदुरहरु र किसानहरु नै क्रान्तिको मेरुदण्ड हुन् । चीनियाँ क्रान्तिको स्वरुप कस्तो छ ? आज हामी कस्तो खालको क्रान्ति गर्दैछौं ? आज हामी पुँजिवादी जनवादी क्रान्ति गर्दछौं र हाम्रो कुनै पनि काम यसको सिमा बाहिर पर्दैन । मोटामोटी दृष्टिले भन्ने हो भने हामीले हाल निजी सम्पत्ति युक्त पूँजीवादी व्यवस्थालाई नष्ट गर्नु हुदैन, हामीले नष्ट गर्न चाहेको कुरा त साम्राज्यवाद र सामानतवाद हो । हामीले यसैलाई पूँजीवादी जनवादी क्रान्ति भनेको हो । तर यो क्रान्ति पूरा गर्नु पूँजिपति वर्गको सामथ्र्य भन्दा बाहिरको कुरा भइसकेको छ र यसको निम्ति सर्वहारा वर्ग र व्यापक जन समुहको प्रयास माथि भर गर्ने पर्छ । जनवादी गणतन्त्र भनेको क्रान्तिकारी तीन जन–सिद्धान्तमा आधारित गणतन्त्र हो । यो हालको अर्ध–औपनेशिक तथा अर्ध–सामन्ती व्यवस्था र भविष्यको समाजवादी व्यवस्था यी दुवै भन्दा बेग्लै हुनेछ । समाजवादी समाजमा पूँजिपतिहरुको निम्ति कुनै स्थान रहँदैन, तर जनताको जनवादी व्यवस्थामा भने तिनको अस्तित्व रहन दिनुपर्छ । के चीनमा पुँजीपतिहरुको स्थान सधै रहिरहला त ? अहँ भविष्यमा अवश्यै रहने छैन । यो कुरा चीनको हकमा मात्र होइन, सारा संसारकै हकमा सत्य ठहर्छ । भविष्यमा बेलायत, अमेरिका, फ्रान्स, जापान, जर्मनी र इटाली कुनै देशमा पनि पूँजिपतिहरुको निम्ति स्थान रहने छैन र चीन पनि यस कुराको अपवाद हुदैन । सोभियत संघ एउटा त्यस्तो देश हो , जसले समाजवादको स्थापना गरि सकेको छ र सारा संसारले यसको अनुसरण गर्ने कुरामा कुनै शंका छैन । चीन भविष्यमा अवश्यै समाजवाद तर्फ लम्कने छ, यो एउटा अकाट्य नियम हो । तर वर्तमान चरणमा हाम्रो अभिभारा समाजवाद लागु गर्नु होइन तर साम्राज्यवाद र सामन्तवादलाई ध्वस्त पार्नु, चीनको वर्तमान अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती स्थितीलाई बदल्नु र जनताको जनवादी व्यवस्था स्थापना गर्नु । सिङ्गै देशका युवाहरुले यसैको निम्ति प्रयत्न गर्नु पर्छ ।

(हस्त बहादुर के.सी.द्धारा संकलित तथा सम्पादित पुस्कत ‘माओ त्सेतुङका प्रमुख लेखहरुबाट’ झिकिएकोः शताब्दी वर्ष व्यक्ति तथा क्षेप्यास्त्र परिवार)
समाप्त

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *