स्वास्थ्यको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद

Palpa sport

१६ औ पाल्पा जिल्ला स्तरिय अन्तरपालिका रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज बाट तानसेनमा शुरु भएको छ । पाल्पाका दशैवटा पालिकाका १८ वर्ष मुनिका छात्र छात्रा सहभागी रहेको खेलकुदमा भलिबल, कपर्दी, एथलेटिक्स, कराते र तेक्वान्दोका विभिन्न बिधा रहेका छन । ५४ वटा गोल्ड मेडल सहित अन्य मेडलका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएका छन ।

खेलको उदघाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य माननीय वीर बहादुर रानाले खेलका माध्यमबाट राष्ट्रलाई चिनाउन सक्ने भएकोले अनुसासित भएर खेलमा सहभागी हुन खेलाडीहरुलाई आग्रह गर्नु भयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टन्कनाथ खनालले विद्यार्थीहरु पढाईका साथै खेलकुदमा पनि अगाडि बढन सके शरीर सगै मस्तिष्क पनि स्वस्थ रहने बताउनु भयो । कार्यक्रममा तानसेन नगरपालिकाका का.बा. नगरप्रमुख यादव सिंह कार्की , प्रमुख जिल्ला अधिकारी तोयनारायाण सुवेदी नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सेना लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

VID-20250602-WA0001
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *