- लेखको मुख्य बुदाहरु
- लेखले युवा र राजनीति बीचको महत्वपूर्ण सम्बन्ध र राष्ट्रिय विकास तथा सामाजिक प्रगतिमा युवाको अपरिहार्य योगदानलाई जोड दिएको छ। तल मुख्य बिन्दुहरू संक्षेपमा प्रस्तुत गरिएको छ:
- युवा र राजनीतिको अभिन्न सम्बन्ध:
- राजनीति केवल शक्ति वा प्रतिष्ठाको लागि होइन, बरु देशको समग्र विकास र समृद्धिका लागि सही नीति निर्माण गर्ने कार्य हो। सही नीति निर्माण र प्रगतिका लागि युवाको सहभागिता अनिवार्य छ।
- परिवर्तनका संवाहक युवा:
- युवा वर्तमानका साझेदार हुन्, जसमा समाज र राष्ट्रलाई अग्रगामी दिशामा लैजाने ऊर्जा, सिर्जनशीलता र क्षमता हुन्छ।
- राजनीतिक नेतृत्वमा युवाको भूमिका:
- युवा नेतृत्वले नवप्रवर्तन, प्रविधिक जागरूकता र समस्यासमाधानका कौशल ल्याउँछ। उनीहरूको अनुपस्थितिमा विकास अवरुद्ध हुन्छ र महत्वपूर्ण मुद्दाहरू ओझेलमा पर्छन्।
- युवा नेतृत्वका गुणहरू:
- युवा नेताहरू सादगी, मितव्ययी, अनुशासित, अध्ययनशील, प्रगतिशील र नैतिकवान हुनुपर्छ। उनीहरूले अनुकूल र प्रतिकूल दुवै अवस्थामा व्यवस्थापन गर्न सक्नुपर्छ।
- नीति निर्माण र सुशासनमा युवा:
- युवाको सहभागिताले आलोचनात्मक चेत, रचनात्मक बहस र नवीन नीति निर्माणलाई प्रोत्साहन गर्छ। उनीहरूले पुरानो सोचलाई चुनौती दिँदै आधुनिक विचारमार्फत विकासलाई अगाडि बढाउँछन्।
- युवाको प्रतिनिधित्वको आवश्यकता:
- राजनीतिक दल र राज्यका संरचनाहरूमा युवाको वैधानिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ, जसले उनीहरूलाई नेतृत्वमा पुग्न र जिम्मेवारी सम्हाल्न प्रेरित गर्छ।
- नकारात्मक प्रभावहरूको समाधान:
- भ्रष्टाचार, नाफाखोरी, र बिचौलियाहरूको प्रभावलाई रोक्न युवाको राजनीतिक सहभागिता आवश्यक छ। यसले नैतिक सुशासन सुनिश्चित गर्छ।
- युवाको ऐतिहासिक भूमिका:
- इतिहासमा क्रान्ति, आन्दोलन र परिवर्तनकारी कार्यहरूमा युवाले सधैं अग्रमोर्चा सम्हालेका छन्, जसले उनीहरूलाई राष्ट्र निर्माणको प्रमुख शक्तिका रूपमा स्थापित गर्छ।
- क्रान्तिकारी शक्तिका रूपमा युवा:
- साहस, सिर्जनशीलता, अनुकूलनशीलता र इमानदारी जस्ता गुणहरूले युक्त युवाले आर्थिक, कृषि, औद्योगिक र प्राविधिक क्रान्ति सम्भव बनाउँछन्।
- समग्र राष्ट्रिय विकास:

युवा र राजनीतिबीचमा अभिन्न सम्बन्ध रहेको हुन्छ । राजनीतिक मान, प्रतिष्ठा, सान, पदका लागि मात्र गरिने विषय होइन बरु राजनीति त राज्यको सहि नीति निर्माण गरेर समग्र विकास र समृद्धिका लागि गरिने कुरा हो । त्यसकारण राजनीतिमा युवा संलग्नता बिना सही नीति निर्माण हुदैन र देशले गति लिन पनि सक्दैन । राजनीति गर्नु भनेको देश र जनताको सेवा गर्नु हो, तल्लो तह सम्म पुगेर आम समस्याको अध्ययन र पहिचान गरी दीर्घकालिन ढंगले समाधान गर्नु हो । राजनीति भनेको हरेक क्षेत्रमा अब्बल हुनेको रोजाईको क्षेत्र हो । सबै नीति मध्येको असल नीति बनाउने कार्य राजनीति हो । त्यसकारण पनि युवा र राजनीति अभिन्न रुपले जोडिएको छ । युवा भनेको वर्तमानका साझेदार हुन् । उनीहरुमा राजनीतिमार्फत देश र समाजलाई अग्रगामी दिशातिर लानसक्ने क्षमता अन्तर्निहित हुन्छ । युवाले राजनीतिक नेतृत्व सम्हालेर देश र दुनियाँलाई स्पष्ट रुपमा बुझि आफ्ना अनेक प्रतिभा र क्षमताको उजागर गर्दै विकास कार्यलाई अगाडि बढाउँदछन् । ज्ञानविज्ञान र प्रविधिसंग परिचित युवा पुस्ता अब्बल क्षमतायुक्त हुन्छन् । त्यसकारण पनि युवा पुस्ताले राजनीतिमा सहभागिता जनाई नेतृत्व तहमा पुग्नै पर्दछ । यदि राजनीतिमा युवा पुस्ता सहभागी भएन भने देश र समाजको विकासको गति अबरुद्ध हुन पुग्दछ । देश र समाजका उर्जाशिल पंक्तिका ज्वलन्त मुद्दाहरु ओझेलमा पर्दछन् । देश विकासको मुल श्रोत बर्बाद हुन्छ । समाजको सबैभन्दा गतिशिल र महत्वपूर्ण शक्ति युवा शक्ति भएको हुँदा युवाले राजनीतिमा सहभागिता जनाइ समग्र युवा नेतृत्वको विकास गर्नु अनिवार्य हुन्छ । राजनीति अन्तर्गत नेतृत्व प्राप्त भएपछि युवाले राजनीतिक दल भित्रको आन्तरिक समस्याको उचित समाधान गर्ने तथा रणनीति र कार्यनीति निर्माण गर्ने कुरा गर्नुपर्दछ । त्यसैगरि राज्यको शासन प्रणालीको नीति निर्माण गरि त्यसको ब्यवस्थापन गर्ने कुरा पनि युवा राजनीतिमा पर्दछ । युद्ध, आन्दोलन, संघर्षका विभिन्न मोडहरुमा युवाले जहिल्यै पनि अग्रमोर्चा सम्हालिरहेका हुन्छन् त्यसकारण देश र समाज विकास एवं समृद्धिको लागि पनि युवाहरु अग्रसर नभई हुदैन । त्यसकारण राजनीतिमा युवा सहभागिता हुनु पर्दछ ।
राजनीतिक नेतृत्व तहमा पुगेपछि युवा सादगीपन, मितव्यी, अनुशासित, अध्ययनशील, प्रगतिशील र नैतिकवान हुनुपर्दछ । राजनीतिक ब्यवस्थापनको क्षेत्रमा युवा नेताले अनुकुल समयमा मात्र नभएर जस्तोसुकै प्रतिकुल अवस्थामा पनि ब्यवस्थापन कार्य अगाडि बढाउनु पर्दछ । युवाले राजनीतिमा संलग्न भएपछि आलोचनात्मक चेतको विकास हुनुपर्दछ । युवा राजनीतिमा सहभागि हुँदा विचार विमर्श र बहसको सृजना हुन्छ । युवाले राजनीतिलाई गतिशिलता, सिर्जनशीलता र युगसापेक्ष ढंगले अगाडि बढाउँदछ र त्यहि अनुसार समग्र नीति निर्माण गरी देश विकासमा लगाउँदछ । पुरानो मनोविज्ञानवाट होइन बरु नयाँ सोच र चिन्तनवाट देशको समग्र कामकारवाहीलाई अगाडि बढाउँदछ । त्यसैले युवा राजनीतिमा संलग्न हुनु भनेको समग्र राष्ट्रको उत्थान हुनु हो । राजनीतिक दलका प्रत्येक संगठनका जग नै युवा शक्ति हुन् । त्यसकारण पनि युवाले राजनीतिमा सहभागिता जनाउनै पर्ने हुन्छ । राजनीतिमा युवाको आकर्षण, सहभागिता र ब्यवस्थापनको लागि राज्यका विभिन्न स्थानमा युवाहरुको प्रतिनिधित्व बैधानिक ढंगले सुनिश्चित गर्नुपर्दछ । त्यसरी नै राष्ट्रिय पार्टीका विभिन्न स्थान र समितिमा युवाका लागि निश्चित क्षेत्र छुट्टयाउनुपर्ने हुन्छ । यसपछि मात्र युवाहरु हरेक ठाउँमा राजनीतिक नेतृत्वको पहुँचमा पुग्छन् र अवसरहरुको समुचित बाँडफाँडसहित क्षमतावान युवाहरुको स्वच्छ प्रतिस्पर्धा मार्फत पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै राज्यका मुख्य पद मन्त्री, सांसद आदि जिम्मेवारीमा समेत पुगी देश र जनताको सेवा गर्न सक्दछन् । यसको लागि निश्चित बिधि बनाउनुपर्दछ र राजनीतिमा युवाहरुलाई आकषर््िात गर्नुपर्दछ । राजनीतिक बजारमा भ्रष्टचारी, ब्यापारी, नाफाखोरी, ठेकेदार, बिचौलिया र दलालहरुको उपस्थितिले देश र समाजमा दीर्घकालिन रुपले नकारात्मक असर पार्दछ । त्यसकारण यो समस्यालाई समाधान गर्नको लागि पनि युवाहरुले राजनीतिमा सहभागिता जनाउनुपर्दछ ।
देश र समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि विभिन्न क्षेत्रहरुमा युगान्तकारी परिवर्तनको दिशामा निरन्तर युवाहरुको अग्रगामी भुमिका हुने भएकाले युवालाई क्रान्तिकारी र परिवर्तनकारी शक्तिको रुपमा लिने गरिन्छ । युवामा साहस, सौर्य, विवेक, पराक्रम, शक्ति, संघर्ष, सिर्जनशीलता, जिज्ञासुपन, समय अनुसार बदलिन सक्ने क्षमता, सापेक्षता, इमान्दारिता, दृढ आत्मविश्वास आदि जस्ता धेरै गुणहरु अन्तर्निहित हुन्छन् । विगतका प्रायः सम्पूर्ण इतिहासको अध्ययन गर्दा पनि क्रान्ति, आमुल परिवर्तन, राजनीतिक परिवर्तन, समाज रुपान्तरण, आन्दोलन तथा विकास निर्माण लगायतका कार्यहरु युवाहरुको सहभागिता बिना असंभवप्रायः देखिन्छ । यसैले युवालाई सुखी सम्पन्न राष्ट्र निर्माणका प्रमुख शक्तिका रुपमा हेर्ने गरिन्छ । यसकारण पनि युवाले राजनीतिमा सहभागि भएर समुन्नत राष्ट्र निर्माणमा लाग्नु जरुरी हुन्छ । राजनीतिलाई सम्पूर्ण नीतिको मुल नीति मानिन्छ । त्यसैले यस्तो महत्वपूर्ण क्षेत्रमा युवा शक्तिलाई नीति निर्माणको लागि नेतृत्वदायी भुमिका निर्वाह गर्ने वातावरण तयार गरिनुपर्दछ । क्षमतावान, गतिशील र उर्जावान युवा पुस्ता राजनीतिमा संलग्न भएन भने देशको वर्तवान र भविश्य दुबै बिग्रन जान्छ । युवा राजनीतिमा सहभागी नहुनु भनेको देश विकास र संमृद्धि पछि पर्नु हो । युवाले राजनीतिमा सहभागिता मार्फत राज्यमा ब्याप्त हरेक प्रकारका अन्याय, अत्याचार, शोषण, दमन, बेथिति,ब्यभिचार, अन्धकार, अब्यवस्था, निराशा, गरिबी, बेरोजगारी, अशिक्षा, स्वास्थ्यको अभाव, असन्तुलन आदि राज्यको समग्र खराब पक्षको अन्त्य गरि समुन्नत राष्ट्र निर्माण गर्न महत्वपूर्ण भुमिका खेल्न सक्दछन् । अनुभवीहरुको सोच चिन्तन र नयाँ विचार सहित देशलाई सहि ढंगले अगाडि बढाउनको लागि पनि युवाले राजनीतिक नेतृत्व सम्हाल्नै पर्दछ । योग्यता, क्षमता र योगदानको आधारमा युवाहरुले जिम्मेवारी पाउने वातावरण बनाई उनीहरुलाई राजनीतिक सहभागी गराउनुपर्दछ । यसवाट असल, क्षमतावान ब्यक्तिहरु राजनीतिमा आउँदछन् र देश र समाजको समग्र विकास हुन्छ ।
देश र समाजको राजनीतिमा युवाको सहभागिता र सक्रियता भएन भने त्यो समाज र देश विकास हुन सक्दैन । देश विकासका लागि असल, क्षमतावान र दुरदर्शि युवा नेतृत्वको राजनीतिमा संलग्नता आवस्यक छ । यसको लागि राज्यमा युवाहरुको प्रभावकारी भूमिका र बैधानिक प्रतिनिधित्व हुनुपर्दछ । विज्ञान प्रविधिको अभुतपूर्व विकास भएको समयमा हरेक विषयको अनुसन्धान र अन्वेषण गरी त्यसको प्रयोगमा ल्याएपछि मात्र समग्र विकास सम्भब हुन्छ । जुझारु, परिष्कृत, सक्षम, अध्ययनशील हुने भएकाले यस कार्यमा युवा पुस्ताले नै सक्रियतापूर्वक कदम चाल्न सम्दछ । त्यसकारण पनि युवा राजनीतमा सहभागिता मार्फत विकास कार्यमा भूमिका खेल्नुपर्दछ । राजनीतिमा योग्यता, क्षमता, दक्षता र सामथ्र्य भएका युवाहरुको नेतृत्वदायी सहभागितावाट कृषि क्रान्ति र औधोगिक क्रान्ति संभव हुन्छ । राजनीतिमा युवाको सक्रियतावाट आर्थिक क्रान्ति र प्रविधिक क्रान्ति पनि संभव हुन्छ । देश र समाजको पुनःनिर्माण, गाउँ र शहर बीचको फरकलाई हटाउन, युवा तथा अन्य नागरिकलाई दुव्र्यसन र खराब क्रियाकलापवाट रोक्न, भ्रष्ट्रचारीलाई कारवाही गर्न, अधिकार र कर्तव्य बीच सन्तुलन मिलाउन, सहि, समयसापेक्ष र बैज्ञानिक नीति निर्माण गर्न राजनीतिमा युवा नेतृत्वदायी सहभागिता आवस्यक हुन्छ । देशको जल सम्पदा, खनिज सम्पदा र अन्य प्राकृतिक स्रोतसाधनको उत्खनन, विकास, संरक्षण, उपयोग र ब्यवस्थापन गरी देशको समग्र अर्थतन्त्रको जग बलियो बनाउनको लागि पनि राजनीति मार्फत युवाले भूमिका खेल्न सक्दछन् । (क्रमशः)
निर्देशक: मिलन आफन्त लेखक: नारायण गिरी