न्यु युथ युनियन क्लब तानसेन पाल्पाको आयोजनामा तानेसेनको टुडिखेलमा सन्चालित
तेस्रो न्यु युथ युनियन कप फुटबल प्रतियोगिताको उपाधी दमकडा युथ क्लब दमकडाले हात पारेको हो । भगवती युथ क्लब र दमकडा फुटबल क्लब बीच भएको फाइनल खेलमा टाइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै बिजेता बनेको हो । रु एक लाख एघार हजार एक सय एघार रुपैया रासिको पुरस्कर रहेको खेल जेठ ६ गते बाट शुरु भएको थियो । फुटबल प्रतियोगितामा १२ टिम सहभागी भएको क्लबका अध्यक्ष ताम बहादुर कुमालले जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रबक्ता यादव सिङ कार्की र बिशिस्ट अतिथि पाल्पा जिल्लाका प्रमुख
जिल्ला अधिकारी तोयनारायण सुवेदी ले बिजेता र उपबिजेता टिमलाई मेडल ट्रफी र नगद पुरस्कारले सम्मान गर्नु भएको थियो।













