गोडैता–२ पिपरनाथमा निःशुल्क मेगा स्वास्थ्य परिक्षण , औषधि तथा कपडा वितरण शिविर सम्पन्न

गोडैता नगरपालिका वडा नं. ०२, पिपरनाथ स्थित श्री सार्वजनिक प्रा. बि. विद्यालयको प्रांगणमा मिति २०८२ साल भदौ २७ गते (शनिबार) एकदिवसीय निःशुल्क मेगा स्वास्थ्य, औषधि तथा कपडा वितरण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

लायन्स क्लब ३२५ इ डिस्ट्रिक, जोन १६, लायन्स क्लब अफ काठमाडौं बिष्णुमती, इनोभेसन, गौरिशंकर, हेल्पिङ ह्यान्ड्स तथा हेल्थ केयर को संयुक्त आयोजनामा सम्पन्न शिविरबाट १००० भन्दा बढी स्थानीय नागरिकहरू लाभान्वित भएका थिए।

शिविरमा प्रदान गरिएका निःशुल्क सेवाहरू

  • मुटु परीक्षण (ECG)
  • रक्तचाप तथा रक्त सुगर/मधुमेह परीक्षण
  • फोक्सो कार्य परीक्षण (PFT)
  • जनरल फिजिसियन परामर्श
  • आँखा परीक्षण
  • बालरोग विशेषज्ञ सेवा
  • दन्त परीक्षण
  • निःशुल्क औषधि वितरण

त्यसैगरी ३०० जना सरकारी विद्यालयका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरी सामाजिक सहयोग प्रदान गरिएको थियो।

शिविरमा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूह, रञ्जना सिस्टर्स, सेवा अभियान, मानवीय सेवा अभियान, क्याम्पेन, सिद्धार्थ एभरग्रीन तथा टुगेदर वी क्यान को सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन जोन १६, जोन अध्यक्ष डा. रोमन बोगटी, इञ्जिनियर गणेश बहादुर सुनाम तथा शिविर संयोजक श्री सरोज कुशवाहा, प्रविधिक विशेषज्ञ डाक्टर सेवा ओखती पोली क्लीनिक, कलंकी, मधेश प्रदेश स्वास्थ्य सचिब डा. ओम अर्याल र मलंगवा अस्पतालबाट चिकित्सक प्रदान गरीएको थियो, लगायत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

यस प्रकारका निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण तथा विपन्न समुदायको स्वास्थ्य पहुँचमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

IMG-20251216-WA0005
Spread the love