काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपिडी तथा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ। आइतबार परिपत्र जारी गर्र्दै मन्त्रालयले कोभिड–१९ का कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिक सेवाबाट बञ्चित भएको उल्लेख छ।
संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सावधानीसहित नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न परिपत्रमा भनिएको छ।
मन्त्रालयको परिपत्र संघीय मन्त्रालय अन्तर्गत सञ्चालित, मेडिक कलेज, विज्ञान प्रतिष्ठान अन्तर्गका शिक्षण अस्पतालहरुमा लागू हुनेछ। यस्तै, प्रदेश अन्तर्गत सञ्चालित, स्थानीय तहबाट सञ्चालित स्वास्थ्य संस्था र अस्पताल तथा निजी र गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालमा पनि लागू हुनेछ।
Kathmandu वरपरका खबरहरु
Newsenepal द्वारा लिखित अन्य खबरहरु