• निर्मल गैरे

    राजा बिरेन्द्र र रानी ऐश्वर्यसंगको जम्का भेट :


    1 एसएलसि ऊत्तीर्ण पछि काठमाडौंको यात्रा:

    बी स 2039 सालमा एसएलसी उत्तीर्ण भए पछी बुबा आमाले मलाई काठमाडौंमा पढाउने निधो गर्नू भयो।मेरो लागि त्यो भन्दा शौभाग्यको कुरा के हुन सक्थ्यो । काठमाडौं जाने अघिल्लो दिन मलाई बुबाले स्थानिय पसलबाट एक नयाँ प्यान्ट किनेर लियाई दिनू भयो। प्यान्ट अली कच्याककुचुक परेको हुनाले बेलुकी मैले छिमेकी भान्जा नाता पर्ने कहाबाट कोइलाबाट चल्ने आइरन लियाई आइरन लगाऊन थाले। आइरन लगाऊन त्यती अभय्स्त्य नभएको हुदा आइरन गर्दा गर्दै उक्त नया प्यान्टमा मैले पवाल पारे।मलाई ज्यादै खिन्न लाग्यो। भोलिपल्ट बिहानै साथी घरमा आई पुग्यो। घरबाट हिड्ने बेला भयो । उही म संग भएको पुरनो कपडा लगाई हिड्ने तर्खर गरे।बाबा आमालाई ढोग गरे ।दुबै जनाले "राम्रो संग जानू अनी राम्रो संग पढ्नु "भनीआशिर्बाद दिनू भयो। आमाको मन हो हिड्ने बेलामा आशु खसाल्न थाल्नु भयो।त्यो स्वभाबिक पनि थियो। कहिलयै घर नछाडेकोअनी सानै देखि आफ्नो काखमा राखी हुर्काएको छोरो घर छाड्दा एउटी सचचा आमाको आखाँमाआशुआउनु स्वभाविक हो।आखिरि आमाको मन नै हो।भाई बहिनी पनि सानै थिए।

    आफ्नो घर छोड्दा मलाई पनि नरमाईलो लागेको त थियो नै तैपनि उच्च शिक्षा हासिल गर्ने अभिलाशा बोकी अमिलो मन लिएर एकपल्ट फेरि आमा र बुबाको मुहार हेरि घरबाट निस्के। त्यस समयमा सडक यातायातको सुबिधा नभएको हुदाँ सडक सम्म आइपुग्न करिब 8 घन्टा लाग्दथियो। काठमाडौं आउने गाडी लाग्ने ठाऊ स्याङ्जाको गले भन्ज्याङ्मा दिउसो 4 बजे तिर आइपुगियो। गाडी पनि तयारि अबस्थामा रहेछ साथीले हामी दुबै जनाको टिकट लियो । लामो दुरिको यात्रा यस भन्दा अगाडी कहिल्यैं गरेको थीइन। गाडी चल्यो। मनमा अनेक कुराहरु खेल्न थाल्यो। कहिले काठमाडौं पुगौ जस्तो लाग्यो । भोलि पल्ट बिहानअलीढिला करिब 8 बजे तिर हालको पुरानो बसपार्कमा लेयाई पुर्यायो। हामी बसबाट ओर्लियौ र पुग्नु पर्ने ठाऊ बिजेस्वरि (जहा गाउका एक आदर्णीय दाई बस्नू हुन्थियो)को बारेमा सडकमा हिड्ने मानिसहरुलाई सोधपुछ गरयौ तर कसैले बताएनन। सोही सोध्ने क्रममा करिब 3 पटक जती टुडिखेल फन्को मारिएछ। फन्को मार्दै गर्दा टुडिखेल भीत्र घोडा माथी चडेर बसेको मानिस देखे । जती खेर तेहा आई पुग्दा पनि हलचल नगरि एकै ठाउमा बसेको भान भयो मलाई। तेस्रो फन्को मारेको थीयौंकी जस्तो लाग्छ। साथी लाई देखाउदै भने "हेर्नू न यो घोडामा बस्ने मान्छे अघि देखि नै यहा नचली बसेको छ ।" साथी हास्दै भन्यो," यो त स्टैच्यू हो लाटा ।" हामी फेरि आफ्नो गन्तब्यको खोजिमा लाग्यौं । यस पटक बिजेश्वरीजाने एक ब्याक्ति नै भेटियो। उसैको पछी लागियो। करिब एक हप्ता जती आदरणीय दाइको कोठामा बसी डेरा खोजेर तेहाबाट सरियो।

    म:म को अनुभब:

    कलेजमा फारम भर्ने शिलशिलामा पाटन कलेजमा पुगियो करिब एक बजे तिर फारम भरि सेक पछी मलाई ज्यादै भोक लाग्यो। मैलेसाथी लाई खाजा खानुपर्यो भनी एउटा होटेलमा दुबै जना पसेऊ। होटेल भीत्र छिर्नासाथ होटेलमा काम गर्ने केटाले एका एक नसोधी सेता सेता गेडा प्लेटमा लीएर आयो। हामीले पनि केही नसोधी कपाकप खायौँ । पछी एकजना ग्रहाक आएर मम भनी माग्दा बल्ल थाहा भयो हामीले मम खाएका रहेछौ। गाउमा सुनेका थीयौं की मम त भैसीको मासू बाट बनेको हुन्छ। यस भन्दा अगाडी कहील्यै नखाएको हुदा बाकी मम मलाई तेती सुझेन। मेरो प्लेटमा 8 पिस मम अझै बाकी रहेछ। 4 वटा टेबल मुनी, बाकी 4 वटा प्लेटमै छोडी बाहिर आयौं । साथिले भने सबै खाएछ । बाहिर आएपछी मैले भने " खुब आज भैसीको मासू खाइस होइन।" भन्दै जिस्काए। उसले झन्डै भोमिट गरेन।हामी गाउबाट भर्खर आएकोले मम भनेको कस्तो हुन्छ देखेकै थियनौ। तर पछी उही साथीलाई तेही मम नभै नहुने। एक पटकमा 2 प्लेट सम्म खान्थ्यो।अहिले मलाई पनि ज्यादै नै मन पर्दछ।

    आई ए पड्दाको अनुभव:

    म सोरह खुट्टे अबस्थित सरस्वति कलेजमा मेजोर अंग्रजी ली पढ्न थाले मेरो साथीले त्रिचन्द्र कलेजमा साइन्स ली पढ्यो। गाउको त्यसबेलाको अंग्रेजि पढाइ कस्तो हुन्थियो होला सहज अनुमान लगाऊन सक्नु हुन्छ। कलेजमा अंग्रेजि पढाउने सर ज्यादै कडा हुनू हुदो रहेछ । सर पनि हेर्दा अंग्रेज जस्तै गोरो।पढाउदै गर्दा थाहा भयो उहाँको नाम। उहा हिक्मत सिंह राजभण्डारी हुनू हुदो रहेछ। बहुदल आएपछी राजनितिमा सकृय भई मार्क्स बादी पार्टिको केंद्रीय पोलीटव्युरो सद्स्य समेत हुनू हुन्थ्यो। उहा अंग्रेजी पढौंउदा एक पटक पनि नेपालीमा नबोल्ने। हामी सबैलाईअली डर लाग्थ्यो । पढने बेलामा म पछी गएर बस्थे अनी उहाले पढाई रहदा म भने बेन्चमा टाउको राखेर निदाइ हाल्दो रहेछु। सरले पढाई सके पछी मेरो मित्र लिला शर्मा जो अहिले अमेरिकमा छन उनले पछाडी बाट पिठ्युमा धाप मार्दै "ए उठ जिते निद्रा पुगेन । सर जानू भयो" भनेपछी म ब्युझिएर क्लासबाट बाहिर निस्कन्थे।

    प्रथम बर्षको परिक्षा आयो। परिक्षा पनि दिइयो तर तेही कम्पलसरि र मेजोर अंग्रेजी दुबै बिसयमा फेल भए । बाबाले रिजल्ट सोध्नु भयो भने के भन्ने होला भन्ने लागेको थियो। 4अप्रैल फुल:

    चैत्र महिना थियो गाउबाट एक जना साथी घर गएर आएको रहेछ्। मलाई चिठी लिन भनेर दिउसो तिन बजे तिर रत्न पार्कमा बोलायो। घरको चिठी भने पछी केही होला। बुबालाई पैसा पठाई दिनू होला भनी समाचार पठाएको थिए। पैसा पनि उसको साथ पठाई दिनू भएको होला भनी सुतेको मान्छे पनि उठेर रत्न पार्क पुगे। तेहा गाऊका अरु दुई जना साथीहरु पनि रहेछन। म पुग्नासाथ जस्ले बोलाएको हो उसले सोधी हाल्यो" घरबाट चिठी र पैसा आएको छ अनी अर्को तेरो लागि खुसीको कुरा तेरो बाउले अर्को छोरा पाएका छन।थाहा छ की छैन तलाई " मलाई पहिले पैसाको कुरा सुन्दा त निकै खुसी लाग्यो तर दोस्रो बुबाको करामत् को कुरा सुन्दा बितिकै कन्चट तात्यो। मलाई ती साथिहरुको अगाडी लाज पनि भयो । मन मनै भने " बुबालाई अर्को छोरा किन चाहिएको होला ? म नै कलेज पढी रहेको छू। अनी फेरि भाई र बहिनी पनि त छन नी" उसले तेती भनी सके पछि मैले चिठी पाउना साथ तेही नै तत्काल खोले। पैसाको कुरा थियो तर छोरा पाएको कुरा चिठीमा उल्लेख थिएन । मैले अनी साथिलाई सोधे खोई त यहा त छोरा पाएको कुरा त उल्लेख छैन नी भनी फेरि सोधे। उसले जबाफ फर्कायो"सायद तिम्रो बाबालाई लाज लागेर होला तेहा केही नलेखेको।" मलाई तेहा उनी हरुसंग धेरै बस्न मन लागेन । म बिदा भएर हिड्न खोजे अर्को साथी अझै जिस्काउदै थियो " त्यो खुसियालीमा मिठाई खुवाऊनु पर्दछ।" म जुरुक्क उठे र हिडे। मेरो चिठी लियाई दिने साथिले भन्यो " आज अप्रैल फुल हो।" मैले "अप्रैल फुल भनेको के हो?" भनेर सोधे ।"आज साथी हरुलाई मुर्ख बनाउने दिन हो । तलाई मुर्ख बनाएको हामीले" मैले बल्ल कुरा थाहा पाए । उनिहरुले मलाई मजाक गरेकोमा तेती बेमोज लागेन जती बुबाको बारेमा झुटो कुरा गरेका थिए ।

    राजा बीरेन्द्र र रानी ऐश्वर्यसंगको जम्का भेट:

    2043 साल माघको दोस्रो हप्ता तिरको कुरा होला म प्रथम बर्षमा दुबै अंग्रेजीमा फेल भएपछि अफुलाई अंग्रेजी पढाउने हिक्मत राजसिंह भन्डारी सरकोनयाँ बनेस्वोर स्थीत घर गई टियसन पढ्न थालेको थिए। कलेजमा दोर्सो बर्षको कोर्स पढाएर सकीएको थियो। घरमा बसेर पढ्न लागेको थिए। रात दिन मेहनत गरेर पढ्थे । बिहान 4 बजे सम्म करिब 16 घन्टा लगातार पड्दा एक दिन दिमागले काम गरेन। जती पढे पनि दिमागले समझनै सकेन। मलाई लाग्यो म पागल भएछु । म तेती बेला कोठा सरि सोह्र खुट्टे नजिक महिपिमा एक जना दाईसंग बस्थे। उहाको एउटा रेडियो थीयो। दिउसोमा अफिस जानू हुन्थियो। मैले उहाको रेडियो झिकी बजाएर गीत सुन्न थाले तर दिमागले टिपेन। घरको छतमा बसी बाहिरको अन्य दृस्य हेरे तर पनि दिमागले काम नगरे पछी मलाई लाग्यो म पागल भएछु। टेस्ट गर्न भनी दिउसो करिब 1 बजे कोठाबाट बाहिर निस्केर हिडे। काठमाडौंको बिभीन्न ठाउमा साडे तीन घन्टा घुमे पछी करिब साढे चार बजे म रत्न पार्कमा आईपुगे। तेहा पनि करिब पौने दुई घन्टा जती मन शान्त हुन्छ की भनी बसे तर भएन । म साचिकै पागल भएछु भन्ने लाग्यो। "अब मेरो भबिस्य बिग्रने भयो। बुबा आमा, ईस्ट मित्र अनी गाउलेले के भन्नी हुन" आदी सोच्दै म रत्न पार्कबाट कोठा तिर लागे। जाडो महिनाको दिन अली चाडै अध्यारो हुन्छ । मान्छेको अनुहार नजिक गयो भने मात्र देख्न र चिन्न सकिन्थीयो ।बाटोमा जादै गर्दा केशर महल र ठमेल जाने बाटोमा ठमेल तिरबाट राजा बिरेन्द्र र रानी ऐश्वर्य आफ्नो एडीसीलाई साथमा लिएर पैदलै दरबारको ऊत्तर तर्फको गेट तिर आउदै गरेका रहेछन । म ठिक केशर महलनिर पुगेको थिए मेरै अगाडी नै अचानक उहाहरुलाई भेटे। म केही बोल्न सकिन।केबल मुक दर्शक भएर हेरि मात्र रहे। अरु सबैले राजा र रानीको जय जयकार गरे। तेसपछी म भीत्र एक प्रकारको उत्साह र उमंगको तरंग आयो। अघि 5 मिनेट सम्मको पागल दिमाग तुरुन्तै उत्साहीत भयो। मैले म पागल हू भन्ने कुरा बिर्से। जतिखेर पनि मैले राजा र रानीलाई भेटेको कुरा मात्र दिमागमा आयो। म गाऊबाट बाट आएको साधरण मानिस। राजा र रानीलाई भेट्दा मलाई साचिकै भगवान बिस्णूको दर्शन गरे जस्तै लाग्यो अनी उहाहरु मेरो लागि मात्र बाहिर निस्केर मलाई दर्शन दिन आए जस्तै लाग्यो। तेस पछी म कोठामा पुग्ना साथ मेरो तथा राजा रानीसंग जम्का भेट भएको सबै कुरा कोठामा सँगै बस्ने दाईलाई बताई दिए। तेस दिन खाना खाए पछी राती नौ बजे तिर दाई र म सँगै सुतेऊ ।दिउसो भरिको हिडाइको थकानले म चाडै निदाएछु । बिहान उठ्दा मलाई अझै राजा रानीसंगको जम्काभेटको मात्र याद आई रहयो। तेसरि मेरो मन एक हप्ता सम्म राजा रानीको स्मरणमा नै बित्यो। मलाई म पागल हू भन्ने फीलिंग नै भएन। मानसिक रुपमा ठिक भए पछी अली फरक ढंगबाट पढ्न थाले र ।मैले तेही बर्षमा सबै बिषयहरु उत्तिर्ण गरे।

    बी स 2058 जेस्ठ 19 गते जब राजा बिरेन्द्र र रानी ऐश्वर्यको दारबारमा हत्या भयो त्यो दिन फेरि म पागल जस्तै भए । म धेरै रोए। 3 दिन सम्म शोकाकुल भई खाना समेत खाइन । बास्तबमा आफुले माया र श्रदा गरेको ब्याक्तीहरु गुमाउनु पर्दा जिबनमा ज्यादै गहिरो पिडा हुदो रहेछ । म आज पनि उहाहरु लाई हरपल सम्झन्छु, सम्झिरहने छु । उहाहरुको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु।


    1550 0 4/7/2020 @ 19:57
  • Kathmandu वरपरका खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top