• सर्मिला खाती

    सुनापति गाँउपालिकामा "संघियतामा दलितहरुको अवस्था र आगामी भूमिका" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



    असार ५,काठमाडौं
    हाम्रो चाहना समृद्ध र सुखी सुनापतिः कृषि पर्यटन र पूर्वधार अमूल्य सम्पति भन्ने मुल नाराका साथ "संघियतामा दलितहरुको अवस्था र आगामी भूमिका" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित संजाल सुनापति गाँउपालिका द्धारा आयोजित कार्यक्रम दलित समुदायको सहभागितामा सम्पन्न भएको हो । सुनापति गाँउपालिका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यता र प्रशासकिय प्रमुख सुनिल निरौलाको विशेष आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रमको  अध्यक्षता अरुणकुमार दर्नालले गर्नु भएको थियो । सो कार्यक्रमको सहजीकरण जे।बि विश्वकर्मा, मनोज नेपाली र सरिता खातीले गर्नूभएको  थियो ।

    Image may contain: 5 people, including Tmg Baburam Moktan, people sitting

    कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष धावा लामाले कार्यक्रमले दलित जागरणमा महत्वपूर्ण भुमिका खेल्ने बताउदै यस्ता कार्यक्रम पालिकामा गर्न जरुरी रहेको बताउनु भयो । उहांले दलितको हकहितका निम्ति यस्ता कार्यक्रम सशक्त रुपमा लैजानु पर्नेमा जोड दिनु भयो । तेस्तै पालिकाका प्रशासकिय प्रमुख सुनिल निरौलाले पालिकामा हुने कुनै पनि कार्यक्रममा दलित समुदायको जागरुकता अझै सशक्त हुनु पर्नेमा जोड दिनु भयो । उहांले दलित समुदायको उत्थानका निम्ति आफू अझै जिम्मेवार भई अगाडी बढने बताउनु भयो ।Image may contain: 1 person

     
    दलित संजाल सुनापति गाँउपालिका द्धारा आयोजित कार्यक्रमको सहजीकरण गर्दै जे.बि विश्वकर्माले दलित समुदाय दविएको हेपिएको नभै राजनीति गर्ने शब्द मात्रा भएको बताउदै सशक्तीकरण र समानताको लागी गाउपालिका र वडा स्तरबाटै सोच्नु पर्ने बताउनु भयो । Image may contain: 3 people, people standing and indoor

    Image may contain: 9 people

    तेस्तै कार्यक्रममा बोल्दै सरिता खातीले खोक्रो निति,योजना कार्यक्रम तथा बजेटले दलित समुदायको उत्थान नहुने बताउनु भएको छ । सो कार्यक्रममा बोल्दै मनोजकुमार नेपालीले सिंगो समुदायले नै आफ्नो अधिकारका निम्ति अझै सशक्त हुनु पर्ने जोड दिनु भयो ।


     


    1608 0 6/20/2019 @ 09:48

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top