काठमाडौं । काठमाडौंमा भाडामा बस्नेहरुको कोठाबाट नै धनमाल चोरी हुने गरेको छ। सामानहरु थुप्रो नभएपनि कोठामा भएका स–साना सामानदेखि ठूलठूला गरगहनासम्म पनि लुटपाट हुने गरेको छ।
कोठामा नभएको समय छोपी लुटपाट हुने गरेको प्रहरीको आशंका छ। बढी जसो त आफ्नै चिनजानका साथी तथा कोठामा आइरहने, कोठाको बारेमा जानकारी भएकाहरुले नै बढी चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाउँदै आएको छ।
काठमाडौं महानगरपालिका ३१ देउराली क्लबस्थित डेरा गरी बस्ने झापा बुधबारे नगरपालिका ५ का ३५ वर्षीय नरेश किशोर बस्नेतको कोठाबाट बुधबार दिउँसो नगद १० हजार रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
यसैगरी काठमाडौं महानगरपालिका ३२ कोटेश्वर महादेवस्थान डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिकाका २५ वर्षीय राजेन्द्र श्रेष्ठको कोठाबाट बुधबार दिउँसो कोही नभएको अवस्थामा नगद ६० हजार रुपैयाँ, अमेरिकी डलर २ सय ३० र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
बस्नेत र श्रेष्ठको मात्र होइन काठमाडौंमा भाडामा बस्नेहरुको कोठाबाटै यसरी धनमाल चोरी हुने गरेको छ। श्रेष्ठ र बस्नेतको कोठामा चोरी गर्ने गिरोहलाई पनि पक्राउ गर्न खोजी गरिरहेको छ।
ktm वरपरका खबरहरु
जीवन श्रेष्ठ द्वारा लिखित अन्य खबरहरु