• Newsenepal

    बमजन आश्रमबाट तीन आनी बेपत्ता, एक अनुयायीको हत्या


    करिब नौ वर्षअघिको कुरा हो।सर्लाहीको बाग्मती नगरपालिकास्थित काजीराम टोल बस्ने सुम्नी वोट चरूवा चराएर साँझ घर फर्केकी थिइन्।उनको परिवार ठूलो छ। श्रीमानले दुई जना विवाह गरेका छन्। दुवैतर्फ गरेर १० छोरा र ५ छोरी छन्। नाति-नातिना घर भ रि।त्यो साँझ उनी गाईवस्तु लिएर फर्कंदा घर चकमन्न थियो।उनी अचम्म परिन्।कान्छी छोरी रिताले एकजना ‘जगल्टे’ मानिस ल्याएर उपल्लो तलाको आफ्नो कोठामा राखेकी रहिछन्।सबै जना चुपचाप थिए।उनले छोरीलाई बोलाएर सोधिन्, ‘कहाँबाट, को मान्छे लिएर आइस्?’सुम्नीको अनुहारमा थोरै रोष थियो। आमा रिसाएको देखेर छोरी रिता डराइनन्।

    आमालाई उल्टो सम्झाउँदै भनिन्, ‘आमा यही त हो नि बुद्ध। तिमीलाई थाहै छैन। कहाँ-कहाँको मान्छे उसको दर्शन गर्न आउँछ। हाम्रो घरमा त बुद्ध आफैं आएका छन्।’सुम्नी छक्क परिन्। दुनियाँभर ‘बुद्ध’ भनेर प्रचार भइरहेका रामबहादुर बमजन आफ्नै घर मा आएर बसेको रहेछ।सर्लाहीनजिकै बारा जिल्लाको गढीमाईमा मेला लाग्ने वर्ष थियो त्यो- २०६६ साल। गढीमाई मेलामा हजारौं पशुको बलि दिने प्रथा थियो। बमजनले घोषणा गरेका थिए, ‘म यसपालिदेखि नै बलिप्रथा रोक्छु।’चेलाहरूले सोधे, ‘गुरू,कसरी ?’ब लिप्रथामा विश्वास गर्नेहरू बलि जारी राख्न कटिबद्ध थिए।

    झडप होला र त्यसमा गुरूलाई केही भइदेला भन्ने चेलाहरूलाई चिन्ता थियो।’लिटिल बुद्ध’ भनिने बमजनले चेलाहरूलाई सम्झाए, ‘आध्यात्मिक शक्ति प्रयोग गरेर बलि रोक्छु। पीर नगर्नू।’गढीमाई मेला नजिकियो। सबैलाई कौतूहल थियो। केही चिन्तित पनि।बमजन गढीमाई मेला सुरु हुनु एक दिनअघि आश्रमबाट हराए। उनी त्यो बेला कहाँ गए अहिलेसम्म धेरैलाई थाहा छैन।उनी भागेर रितासँगै उनको घर पुगेका थिए।छोरीले बमजनलाई चिनाएपछि सुम्नी पनि परिवारका अरू सदस्यजस्तै चुप लागिन्।वोट परिवारको आँगन जो डिएका दुइटा घर छन्। एउटा घरको माथिल्लो तलामा बमजन रितासँगै बसे।

    उनी दिनभर कतै निस्कन्थेनन्। साँझ परेपछि कहिलेकाहीँ पछाडि खेतमा घुम्न जान्थे।महिनौं खाना नखाई तपस्या बसेको भनेर बमजनको चर्चा थियो। सुम्नीको घरमा भने उनी सामान्य मानिसले झैं दुई छाक खाना खान्थे। रिताले माथि कोठामै भात लैजान्थिन्। दुवै ज ना कोठामै खान्थे।रिताकी दिदी बेली माझीलाई भने विवाह नभएकी बहिनीसँग बमजन कोठामा बसेको, सुतेको ठीक लागेन।उनले एकदिन बमजनलाई सोधिन्, ‘तपाईं तपस्वीजस्तो मान्छे, मेरी बहिनीसँग कोठामा किन बस्नुहुन्छ?’बमजनले भने, ‘दिदी, म तपाईंको बहिनीलाई मन पराउँछु। हामीबीच प्रेम छ।’

    ‘हामीलाई त्यस्तो कुरा थाहा छैन। हाम्री बहिनी तपाईंसँग यसरी बसेको समाजले थाहा पायो भने इज्जत जान्छ,’ उनले जवाफ दिइन्।’तपाईं यस्तो कुरा बुझ्नुहुन्न दिदी,’ बमजन थोरै झोक्किए।त्यो दिनदेखि बमजन बेलीसँग बोल्न छाडे।खासमा उनी परिवारका मानि ससँग खासै बोल्ने, बस्ने गर्थेनन्।घरमा बस्दा सेतो धोती, ज्याकेट लगाउँथे। रिता भने कुर्ता सुरूवाल नै लगाउँथिन्। उनीहरू दिउँसो पटक्कै बाहिर निस्कन्थेनन्। त्यो बेला बमजन आएर एक महिनासम्म बोट परिवारकहाँ बस्दा पनि छिमेकी कसैले चाल पाएनन्।लग भग एक महिना त्यहाँ बसेपछि बमजन र रिता गए। कहाँ गए परिवारलाई थाहा छैन।

    तीन महिनापछि रिता फेरि घर आइन्, एक्लै। अनुहार थकित र निराश थियो। सधैं कुर्ता सुरूवाल लगाउने रिता त्यस बेला म्याक्सी लगाएर आएकी थिइन्। घरमा बस्दा पनि म्याक्सी नै लगाइन्।उनले घरमा देखाएका व्यवहार असामान्य थिए।आएको भोलिपल्टै उनले घरपछाडिको खेत खनिन्। त्यहाँ अघिल्लोपटक आउँदा उनले आफ्ना सारा फोटा गाडेकी रहिछन्। ती सबै खोतलेर निकालिन्। र, सबै फोटा जलाइदिइन्।परिवारले रोक्न खोज्यो। मानिनन्।दिदी र भाउजूले किन जलाएको भनेर सोधे। उनी केही बोलिनन्।‘फोटा ख नेर निकालेको र जलाएको देख्दा छक्क पर्‍यौं। रोक्दा पनि मानिनन्, रिसाइन्,’ रिताकी भाउजूले भनिन्।

    पहिले कहिल्यै नभनेको कुरा, त्यो बेला रिताले आमा सुम्नीलाई भनिन्, ‘मलाई त्यहाँ कुट्छन्/पिट्छन् आमा।’सुम्नीले हामीलाई सुनाइन्, ‘उसको ज्यानमा निलानिला डाम थिए। एकपटक त बुटले कुल्चेको रे। त्यसको निशानै थियो। शरीरभरि चिरेका घाउ थिए।’ ब मजनका दाजुले पनि आफूलाई कुटेको रिताले आमासँग बताएकी रहिछन्।’मेरो भाइको सम्पत्ति खान आएको भनेर जेठाजुले पिट्यो, कान्छो भाइले छुट्यायो भन्थी,’ सुम्नीले सम्झिइन्।त्यो बेला उनले रितालाई सोधेकी थिइन्, ‘तपस्वी र तेरो बिहे भएको हो?”हैन,’ रिताले भनेकी थिइन्।

    ‘त्यसो भए किन ऊसँग बसेको, किन उसको दाजुलाई जेठाजु भनेको?’ सुम्नीले आफ्नी छोरीलाई सोधिन्।’छोरीले उत्तर नै दिइन,’ सुम्नीले हामीसँग भनिन्।सुम्नीले त्यस बेला रितालाई ‘अब बमजनकहाँ नजा’ भनिन्।‘त्यस्तो गर्छ भने किन जान्छस् भन्थेँ म,’ सुम्नीले भनिन्, ‘तर, चार-पाँच दिनमै बमजनको फोन आयो अनि गई।’उनी गएको केही समयपछि एक साँझ बमजन आए।घरका मानिसले सोधे, ‘रिता खै?’बमजनले भने, ‘म पनि त्यही सोध्न आएको।’घरपरिवारले बमजनसँग रिताको सोधिखोजी गरे।उनकी माइली भा उजूले बमजनलाई भनिन्, ‘हाम्रो चेली जस्तो गएको थियो त्यस्तै ल्याइदिनू।’

    सुम्नीका अनुसार, रिताका माइला दाजुले उनी कतै नभेटिए एफएममा सूचना दिने र प्रहरीकहाँ उजुरी गर्ने बताए।रिताका दाजुको कुरा सुनेर बमजन झस्किए।उनले भने, ‘एफएममा नभन्नू। प्रहरीमा पनि नजानू। मलाई अप्ठ्यारो पर्छ। तपाईंहरूलाई पनि अप्ठ्यारो पर्छ।’उनले रितालाई आफैंले खोज्ने आश्वासन दिए।त्यसपछि पनि बमजन रिताको घरमा दुईपटक आए।परिवारका अनुसार उनी साँझपख आउँथे। दुई-तीनवटा गाडीमा अरू मानिस पनि हुन्थे। गाडी घरपछाडि बाटोमा राख्थे र खेतैखेत हिँड्दै आउँथे।सुम्नीका अनुसार, उनी लामो र ठूलो झोला बोकेर आउँथे।

    उही सेतो, ठूलो ज्याकेट र धोतीमा। लामो कपाल पालेका बमजनलाई देखेर उनलाई डर लाग्थ्यो रे।‘त्यो ठूलो झोलामा बन्दुक, तरबार हुन्थ्यो कि जस्तो लाग्छ,’ परिवारका एक सदस्यले भने।रिता हराएपछि बमजन केही महिना बिराएर तीनपटक आए। त्यसपछि आएनन्। पछिल्ला वर्षहरूमा उनी आएका छैनन्। रिताको खोजखबर पनि गरेका छैनन्।रिताका बुबा भने छोरी खोज्न काठमाडौंसम्म पुगे। उनी अहिलेसम्म भेटिएकी छैनन्।छोरीको बाटो हेर्दाहेर्दै बुबाको निधन भयो। आमा, दाजुभाउजू र दिदीहरूले अझै उनी आउने आश मार्न सकेका छैनन्।

    ‘छोरी हो, झझल्को आइरहन्छ। आइहाल्छ कि भन्यो, सन्तोक गर्‍यो,’ रिताकी आमा सुम्नीले भनिन्, ‘मनमा जतिखेरै ऊ बसिरहन्छ! हेर्न मन लाग्दा फोटो पनि छैन, सबै जलाएर गयो। म बाँचुञ्जेल एकपटक आइहाल्छ कि!’रिता बेपत्ता भएको र बमजनले दिप शिखा डुमजनसँग विवाह गरेको समय लगभग एउटै हो।बमजन हलखोरियाबाट भागेर रिताको घर गएर बसे। एक महिनापछि त्यहाँबाट रितालाई लिएर हिँडे। कहाँ गए थाहा छैन। त्यसको केही समयपछि मिरिकस्थित दिपशिखाको घरमा दुवैलाई भेटेको अनुयायीहरू बताउँछन्।

    रिताजस्तै बमजन आश्रमबाट हराएकी अर्का दुई आनी हुन्- नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रुम्बा।बमजनले सिन्धुपाल्चोक आश्रममा पुगेपछि उनीहरूको नाम फेरिदिए। कर्माको नाम चुन्मो र फूलमायाको नाम डोल्मो राखे।चुन्मोको परिवार नुवा कोट र धादिङको सिमानामा पर्ने देउराली गाउँमा बस्छ। देउराली पुग्न त्रिशूली बजारबाट एक घन्टाभन्दा बढी कच्ची बाटो गाडीमा उकालो लाग्नुपर्छ।सडक तल भिरालोमा पर्ने घरको आँगनमा बसेर चुन्मोकी आमा सुकुमाया तामाङले आफ्नी छोरीबारे भनिन्, ‘ऊ सानैदेखि धर्म भनेपछि मरिहत्ते गर्थ्यो।

    घरमै बसेर पनि धर्म हुन्छ भन्दा मानेन, सानैदेखि गुम्बा गएको हो।’चुन्मो र डोल्मो बौद्ध धर्मको अर्कै गुम्बामा बस्दा साथी भएका हुन्। त्यहाँ २०६५ सालदेखि ३ वर्ष ३ महिना ३ दिन उनीहरू गुफा बसे। आनी हुन यो गुफा बस्नैपर्छ।२०६८ सालमा गुफाबाट निस्के पछि उनीहरू बमजनको आश्रम बाराको हलखोरिया गए। त्यहाँ बस्न थालेपछि चुन्मो आमालाई भेट्न २०६९ सालमा एकपटक घर गइन्। डोल्मो पनि सँगै गएकी थिइन्।चुन्मोले आफू बमजनको धर्ममा लागेको आमा र घरका अरू सदस्यलाई बताइन्।‘बहिनीले यो गुरूको धेरै शक्ति छ भन्थ्यो। उसले टेकेको माटोमा पनि शक्ति हुन्छ भनेर ल्याएको थियो।

    उसको कपालको पनि दबाई हुन्छ भन्थ्यो,’ चुन्मोकी ठूलीदिदी गंगामायाले सम्झिइन्।घर आउँदा उनले बमजनको फोटो, बमजनको फोटो भएका दुइटा क्यालेन्डर, एउटा सानो थान्का र बमजनबारे लेखिएको सानो पुस्तक लिएर आएकी थिइन्।परिवारसँग विदा भएर आश्रम गएपछि उनी फर्किएर आइनन्।’ऊ जहाँ बसे पनि हरेक साल मलाई भेट्न आउथ्यो,’ आमा सुकुमायाले भनिन्, ‘त्यो बेला चुन्मो र डोल्मो एक रात बसेर गए। त्यसपछि अर्को साल त आउँछ होला भन्यो आउँदैन। यत्रो वर्ष बितिगयो।’हरेक साल घर आ उने चुन्मो आउँदै नआएपछि परिवारले सोधिखोजी गर्न थाले।

    २०७३ सालमा रसुवाको धुन्चे जान हिँडेको बमजन टोली त्रिशूलीको वाटरभ्यू होटलमा बसेको थियो। चुन्मोका माइला भिनाजु सञ्जय लामा सालीको फोटो लिएर उनको सोधिखोजी गर्न त्रिशूली झरे। होटलमा बमजनसँग भेट गर्न खोजे। बमजनका मानिसले ‘गुरू सँग समय छैन, जो पायो त्यहीसँग गुरूले भेट्दैन’ भने।सञ्जयले ती मानिसलाई चुन्मोको फोटो देखाएर उनका बारेमा सोधे। उनले चुन्मोलाई गुरूको आश्रममा कहिल्यै नदेखेको बताए।‘यो केटी त गुरूको आश्रममा छैन,’ सञ्जयले ती व्यक्तिले भनेको सम्झिए, ‘उसले धेरै कुरै गर्न मानेन।’

    सञ्जयले ती व्यक्तिको नाम सोधे। उसले आफ्नो नाम भन्न पनि मानेन। ‘तपाईंलाई नाम किन चाहियो’ भनेर उल्टै प्रतिप्रश्न गर्यो।‘तपाईंको मान्छे हाम्रोमा आएकै छैन, बेकारमा किन समय खेर फाल्नुहुन्छ भन्यो,’ सञ्जयले सम्झे।२०७३ चैतमा ललितपुर, चुनीखेलमा बमजनको बोधी श्रवण धर्मसंघले सातदिने पूजा लगाएको थियो। सुकुमाया आफ्नी ठूलीछोरी गंगामायालाई लिएर चुन्मोलाई खोज्न काठमाडौं आइन्। पूजामा जो, जो मानिस भेटिए, उनीहरूलाई सोधे।एक जनाले चुन्मोलाई कहिल्यै नदेखेको बताए। अर्कोले भने, ‘यो त अहिंसावादीको सिआइडी हो। नराम्रो मान्छे हो। धेरै पहिल्यै हाम्रोबाट गइसक्यो।’

    दुवैले आफ्नो नाम भने भन्न चाहेनन्।’मेरो बैनीले बमजनलाई त्यति धेरै मान्थ्यो। हामीलाई नै सम्झाउँथ्यो। बमजनकोमा जाउँ भनेर भाइलाई समेत फकाएको थियो। उनीहरू भने उल्टो सिआइडी भन्दो रैछ,’ चुन्मोकी ठूलीदिदी गंगामायाले भनिन्।बमजनका कुनै पनि जिम्मेवार मान्छेले चुन्मोकी आमा र दिदीसँग राम्ररी कुरा गरेनन्। बमजनले भेट दिने कुरा त परै जाओस्।निराश भएर सुकुमाया घर फर्किन्।सञ्जयले केही साथीभाइ लिएर बमजनकै आश्रममा गएर कुरा गर्ने निधो गरे।‘हामीले आश्रममै जान पैसा जोहो पनि गरेको हो। तर, परिवारको एक जना बेपत्ता छ, हाम्रो पनि ज्यानै जोखिममा पर्न सक्छ, नजाऔं भन्ने कुरा आयो। आँट्न सकेनौं,’ सञ्जयले भने।

    चुन्मोले बमजनको आश्रमबाट पहिलोपटक लिएर आएका फोटो, किताब र क्यालेन्डर मात्र हुन्। सुकुमायालाई ती सबै देखेर रिस उठ्छ। कहिले सबै जलाइदिउँजस्तै लाग्छ।’रिसको झोंकमा फाल्दिन्छु, डढाइदिन्छु भन्ने सोच्छु। फेरि छोरी त्यहाँ गएको प्रमाण यही मात्र हो भनेर सम्हालेर राख्छु,’ सुकुमायाले भनिन्।सुकुमायालाई छोरी जिउँदै छन् भन्ने आश छ पनि, छैन पनि।’जिउँदो भए त आजसम्म आइहाल्थ्यो कि भन्छु। मनमा पीर परिरहन्छ। खाएको पनि जिउमा लाग्दैन,’ उनले भनिन्, ‘फेरि उसको झझल्को आइरहन्छ।आ इहाल्छ, बोलिहाल्छ जस्तो लाग्छ।’

    चुन्मोसँगै बमजनको आश्रमबाट बेपत्ता भएकी अर्की आनी हुन्, डोल्मो।डोल्मोको परिवार हेटौंडा उपमहानगरपालिकाको रंगशालामा बस्छ। बुबा वीरबहादुर रुम्बा र आमा सम्झनाले पनि आफ्नी छोरी नदेखेको पाँच वर्ष भयो। अन्तिमपटक २०७० सालमा डोल्मो र चु न्मो सँगै घर आएका थिए।‘हलखोरिया हुँदा नजिकै पर्थ्यो, उनीहरू आइरहन्थे,’ आमा सम्झनाले भनिन्, ‘दुवै जना तीनपटक आएका थिए।’डोल्मोले अन्तिमपटक २०७१ माघ महिनामा बमजनको सिन्धुपाल्चोकस्थित आश्रमबाट घरमा फोन गरेकी थिइन्।डोल्मोका आमाबुबाले त्यस बेला छोरीले भनेको सम्झिए, ‘मलाई भेट्ने भए तुरून्तै आउनू।

    भोलि नै आउनू। तर, अबदेखि यहाँ फोन नगर्नू। नराम्रो मान्छ।’‘खै, छोरीले किन त्यसो भन्यो। हामीलाई थाहा भएन। तर, छोरीलाई नराम्रो हुन्छ भन्ने त हामीले सम्झिँदै सम्झिएन,’ वीरबहादुरले भने।आमाले थपिन्, ‘आनी बनेका छोरीको समाजमा खुब मान हु न्छ। आश्रममा उनीहरूको मान नहुने त हामीले सोच्नै सकेन।’समय यत्तिकै बित्यो। २०७२ सालमा भुइँचालो गयो। सिन्धुपाल्चोक सबभन्दा बढी प्रभावित भयो। त्यहाँका खबर टिभीमा हेर्न थालेपछि बल्ल उनीहरू झल्याँस्स भए।’हामीले त बिर्सेजस्तो पो भएछ। असार मा सम्झ्यो अनि छोरी भेट्न हामी सिन्धुपाल्चोक पुग्यौं,’ डोल्मोकी आमाले भनिन्।

    डोल्मो थिइनन्।त्यहाँ भेटिएका एक जना बूढो मान्छेलाई उनीहरूले सोधे, ‘डोल्मो र चुन्मो खोई?’उनले भने, ‘यहाँबाट त निस्केर गयो।’ती मान्छेले दोहोर्‍याएर कुरा गरेनन्।’हामीलाई उनले भनेको कुरामा विश्वास भएन,’ डोल्मोका बुबाले भने।त्यस दिन डोल्मोका आमाबुबा त्यही आश्रममा बसे। उनीहरूले बमजनलाई भने भेट्न पाएनन्। कोही जिम्मेवार मानिसले अघि सरेर उनीहरूलाई छोरीका बारेमा बताएनन्।त्यहाँ घोडा स्याहार गर्ने अर्को मान्छेलाई पनि सोधे।’उनीहरू त यहाँ छैन। पछि आउँछ होला नि,’ ती मानिसले भने।उनीहरू सिन्धुपाल्चोकबाट रित्तै फर्किए।

    ‘कतै फेरि गुफामा बसेको छ कि भन्ने पर्‍यो,’ आमा सम्झनाले भनिन्।आनी बन्न गुफा बस्ने चेलीहरूलाई कसैले भेट्न पाउन्नन्। न उनीहरू नै बाहिर निस्किन्छन्।दुई वर्षपछि पनि डोल्मोको कुनै खबर नआएपछि उनीहरू फेरि छोरी खोज्न थाले।सिन्धुपाल्चोक आश्र ममा पहिले पहिले छोरी छँदा फोन गर्ने गरेको नम्बरमा फोन गरे।‘हामीलाई त त्यो मानिसले यो आश्रम हैन भन्यो,’ डोल्मोकी आमाले भनिन्, ‘हामीले त पहिले यही नम्बरमा फोन गरेर कुरा गर्थ्यौं भन्दा पनि उसले यो आश्रमको फोन हैन भन्यो।’त्यसपछि छोरी खोज्न उनीहरू कहिले काठमाडौंको कपन गुम्बा गए, कहिले फर्पिङ।

    कहिले सिन्धुली पुगे, कहिले कहाँ। कतै भेटेनन्।२०७३ सालमा ललितपुरको चुनीखेलमा बमजनको मैत्रीपूजा बेला डोल्मोकी आमा सम्झना र दिदी गए। त्यहाँ सोधिखोजी गर्दा पनि पत्तो लागेन।’पूजामा पनि भेटिएन। आफैं आउला कि भन्छु, आउँदैन। कसैले मारेर फाल्यो भन्छ, कसैले के भन्छ,’ सम्झनाले भनिन्।डोल्मो र चुन्मोको परिवारलाई उनीहरू बमजनको आश्रममा गएको मात्रै थाहा छ। त्यहाँभित्र उनीहरूले के-कस्ता त्रासदी बेहोरे, बेपत्ता हुनुअघि के घटना भयो, उनीहरूलाई थाहा छैन।हामीले त्यो बेला आश्रममा बसेका अरू आनी र चेलाहरूसँग छुट्टाछुट्टै भेटेर चुन्मो र डोल्मोका बारेमा कुरा गरेका छौं।

    उनीहरूका अनुसार आश्रमबाट एक आनी हराएको निहुँमा डोल्मो र चुन्मोलाई एक साँझ बमजनले थङथिलो हुने गरी पिटे।बमजनले त्यो साँझ दुवैलाई बोक्सीको आरोप लगाए। आफूले पिटिसकेपछि चेलाहरूलाई कठबाँस लौरो र तेलमा तताएको बाँसको लौरो ल्या उन भने। अनि त्यसैले उनीहरूलाई पिट्न लगाए।कतिले लौराले हाने। कराँते सिकेका कतिपय चेलाले उफ्रिदैँ लात्ता हाने।चुन्मो र डोल्मो चिच्याउन थाले। रुन-कराउन थाले। चुन्मोले त रगतै वान्ता गरिन्। नजिकैका गाउँका मानिसले उनीहरूको चिच्याहट सुन्छन् भनेर बमजनले केही चेलालाई लामाले बजाउने बाजा जोडतोडले बजाउन लगाए।

    दुवैलाई पिटिराख्नू भन्ने आदेश दिएर बमजन तल घर गए। दर्जन केटाहरूको घेराबाट भागेर डोल्मो बमजन भए ठाउँ आइन्।उनले ‘हामीले केही गरेको छैन गुरू’ भन्दै बिन्ती गरिन्।’घोडा पनि मारिस्, सुगा पनि मारिस्’ भन्दै बमजनले डोल्मोलाई गाली गरे। उ नले ‘भगवान कोठामा लगेर तिमीहरूले को-कोसँग यौनसम्पर्क राख्यौ’ भनेर सोधे। ‘कतिवटा भूतप्रेतको मन्त्र बोकेको छ’ भनेर सोधे।त्यसपछि उनीहरूलाई रातभरि कोठामा थुनेर राखियो।भोलिपल्ट बिहानै उठ्दा डोल्मो र चुन्मो रहस्यमय ढंगले गायब थिए। उनी हरूलाई के भयो भन्ने त्यसबेला त्यहाँ भएका आनीहरूलाई थाहा छैन।

    बमजनको आश्रमबाट निकालिएकी गंगामाया तामाङले आश्रममा रहँदा बमजनले डोल्मोमाथि यौन शोषण गरेको बताएकी छन्। आश्रमबाट निस्केर आएका एक आनी र दुई जना चेलाले गंगामायाको भनाइ पुष्टि गरेका छन्।गंगामायाका अनुसार डोल्मोसँग बमजनले यौ न दुराचार गर्दै गरेको भिडियो थियो।’बमजनले नराम्रो काम गर्दाको भिडियो डोल्मोले खिचेको रहेछ। त्यो भिडियो माग भनेर बमजनले मलाई भन्थ्यो,’ उनले भनिन्।डोल्मोको परिवारलाई भने बमजनको आश्रममा आफ्नी छोरीले बेहोरेको त्यो यातनाबारे केही थाहा छैन।डोल्मोका बुबा वीरबहादुरले जवाफ दिए, ‘छ नि, त्यहाँ तलको वाइवा आश्रम गएको, फर्किएको छैन।’

    डोल्मोका बुबा, आमा र भाइसँग कुरा सकेर हिँड्ने बेला हामीले ‘मकवानपुरबाट बमजनको आश्रममा गएका अरू कोही हराएको तपाईंहरूलाई थाहा छ?’ भनेर सोध्यौं।हाम्रा कान ठाडा भए।’वाइवा परिवारको घर तपाईंलाई थाहा छ?’ हामीले सोध्यौं।उनले घर दे खाइदिए।हामी हेटौंडा उपमहानगरपालिका-१४ स्थित वनस्पति टोलमा गयौं। त्यहाँ बेपत्ता वाइवाका छोरा महेन्द्र वाइवासँग भेट भयो। उनका बुबाको नाम सञ्चलाल वाइवा रहेछ।सञ्चलाल बमजनको आश्रम जान्छु भनेर २०७१ सालमा घरबाट हिँडेका रहेछन्। उनी केही वर्षअघि बमजनसँगै बाराको हलखोरियामा पनि बसेका थिए।

    ‘चैत १४ गते बुबाले फोन गरेर म सिन्धुपाल्चोक आश्रममा छु, १७ गते घर आइपुग्छु भन्नुभएको थियो,’ महेन्द्रले भने।तर, आएनन्। छोराले १० दिन कुरे।बुबाको अत्तोपत्तो नभएपछि उनले मकवानपुर जिल्ला प्रहरीमा गएर २०७१ चैत २७ गते उजुरी दिए।उजुरी दि एर भोलिपल्ट उनी सिन्धुपाल्चोक हिँडे। २९ गते बमजनको आश्रम पुगे।आश्रमका हर्ताकर्ताजस्ता देखिने एक व्यक्तिले उनलाई भने, ‘खै उहाँ त अस्ति नै निस्केर जानुभयो। झमझम पानी परेको थियो। कहाँ जानुभयो थाहा भएन।’अरू कसैले थप कुरा नबताएपछि महेन्द्र घर फर्किए।

    ‘त्यहाँ सोध्दा कसैले थाहा छ भनेन,’ उनले हामीलाई भने।उनले बमजनको सिन्धुली आश्रममा गएर पनि आफ्ना बुबाका बारेमा सोधेका थिए। त्यसयता पनि लामा हुन गएका र धर्ममा लागेका सबै आफन्तलाई सोधिरहन्छन्। प्रहरीकहाँ गएर आफ्नो उजुरीमा के का रबाही भयो भनेर पनि सोध्ने गर्छन्।प्रहरीलाई दिएको उजुरीमा पनि केही कारबाही भएको छैन।‘पुलिसले केही थाहा छैन, थाहा भयो भने भन्छु मात्र भन्छ,’ उनले भने।’कसैले कहीँ देखेँ भन्दैन,’ उनले भने, ‘हामीले त केही भनेको थिएन, बूढो खै के भो, के भो।’उनका बुबासँगै बमजन आश्रम गएका आफ्नै एक गाउँलेलाई पनि उनले सोधेका रहेछन्।

    ‘जति सोधे पनि मलाई त थाहा छैन मात्र भन्थ्यो। एकदिन मैले धम्क्याएपछि बुबाको फोटो पठाइदियो,’ फोटो देखाउँदै उनले भने, ‘यही हो। नभए त हामीसँग बुबाको फोटो पनि थिएन।’महेन्द्रसँग अनुमति मागेर हामीले सञ्चलालको फोटो खिच्यौं।बमजनका एक पूर्व चेलाले सिन्धुपाल्चोक आश्रममा पिट्दा पिट्दै एक अनुयायीको ज्यान गएको धेरैअघि हामीलाई बताएका थिए। उनको घर मकवानपुर र थर वाइवाबाहेक ती चेलालाई अरू केही थाहा थिएन।हामी भोलिपल्ट त्यो फोटो लिएर फेरि ती चेलाकहाँ पुग्यौं। फोटो देखाएर सोध्यौं, ‘यो मान्छेलाई चिन्नुहुन्छ?’

    उनले भने, ‘मकवानपुरका वाइवा यिनै हुन्।’ती चेलाका अनुसार सिन्धुपाल्चोक आश्रममा २०७१ चैत ८ देखि १५ गतेसम्म मैत्रीपूजा भएको थियो। १५ गते आश्रममा धेरै चेलाहरू बिरामी परेका थिए। चेलाहरू त्यत्तिकै रुने, कराउने, चिच्याउने गर्न थालेका थिए।ब मजनले सञ्चलाल र उनीसँगै आएका उनका साथी इन्द्रमानलाई मन्त्र गरेर चेलाहरूलाई बिरामी पारेको आरोप लगाए। पूजा सकिएको दिन दुवैलाई बमजनले पिटे। त्यसपछि आफ्ना अरू चेलाहरूलाई पनि पिट्न लगाए।छ, सात जना चेलाहरूले सञ्चलाल र इन्द्र मानलाई लठ्ठी, पाइप र लात्ताले पिटे।प्रत्यक्षदर्शी ती चेलाले भने, ‘सबैले पिट्दा पिट्दै उसको त्यहीँ ज्यान गयो।’


    1082 0 12/27/2018 @ 11:11
  • ktm वरपरका खबरहरु

    Newsenepal द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top