• निर्मल गैरे

    ज्येष्ठ नागरिकहरुका लागि कृति विमोचन


    २७ असोज, काठमाडौंः लेखक तथा संकलक श्याम प्रसाद श्रेष्ठद्वारा प्रकाशित नेपालमा ज्येष्ठ नागरिकको अवस्था र समुचित ब्यवस्थापन पुस्तकको विमोचना साहित्यकार तथा भाषा विश्लेषक प्रा.डा. मोहन तिमल्सिना र काठमाडौं १४ नं. वडाका वडाध्यक्ष शोभा सापकोटाले गर्नुभएको थियो ।

    उक्त विमोचना कार्यक्रममा अतिथिको रुपमा आमन्त्रीत जीत बहादुर लामिछानेले पुस्तक अति नै आवश्यक र महत्वपूर्ण रहको भन्दै विद्यालयस्तर देखि नै ज्येष्ठ नागरिकको पाउने हक अधिकारी देखि लिएर सबै कुराको पाठ्यक्रममा पनि समावेश गर्नु अति नै जरुरी छ भन्दै आप्mनो भनाई व्यक्त गर्नु भएको थियो ।

    यसै गरी अतिथिहरुको बोल्ने क्रममा वडाध्यक्ष शोभा सापकोटाले आफुले ज्येष्ठ नागरिकको हक हितको विषयमा निरन्तर लागि रहेन र यसको कार्यान्यन गर्न आप्mनो कदम सधै रहिरहने जिकिर गर्नुभयो । यसै गरि ज्येष्ठ नागरिकहरुले गाडीमा हिड्दा पाइरहेको छुटलाई पूर्ण छुट गर्नुपर्ने भन्दै आप्mनो यस तर्फ पहल रहने जानकारी गराउँनुभयो र श्याम प्रसादले यो पुस्तकको निकाल्नु भएकोमा धेरै धन्यवाद पनि दिनुभएको थियो ।


    यसै गरी अर्का अतिथि मिन प्रसाद गैरेले यो पुस्तकले ज्येष्ठ नागरिकको लागि मात्र नभएर युवा वर्गले पनि अध्ययन गर्न जरुरी देखिन्छ भन्दै २०५१⁄०५२ तिर मनमोहनको नेतृत्वमा बनेको बामपन्थी सरकारले ज्येष्ठ नागरिकहरुलाई दिने भत्ताको सुरुवात गरेको थियो, यसको सिको दक्षिण एसियाका राष्ट्रहरुले यसको सिको गरेका थिए त्यस्तै यो पुस्तक पनि ज्येष्ठ नागरिकहरुका लागि नेपालमा निक्लेको पहिलो पुस्तकको हो र यसले दक्षिण एसियाली राष्ट्रहरुमा पनि प्रभाव पार्न सक्छ भन्दै आफ्नो कुरा व्यक्त गर्नु भएको थियो ।


    यसै गरी अर्का अतिथि मोहन प्रसाद अधिकारीले पनि यो पुस्तक निकाल्न श्याम प्रसाद श्रेष्ठले पहल गर्नुभएकोमा धेरै धन्यवाद पनि दिनुभएको थियो ।


    यसै गरी प्रमुख अतिथि प्रा.डा. मोहन तिमल्सिनाले श्याम प्रसाद श्रेष्ठले गर्नु भएको कामको प्रशंसा गर्दै हजुर रहनु होला वा नरहनुहोला तर हजुरको विचार सदा अमर रहनेछ, अझ अरु थप कृतिहरुको पनि अपेक्षा राखेको छु भन्दै प्रकाशक श्री रमादेवी श्रेष्ठलाई पनि विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


    यसै गरी सभाका सभापति मुक्ति पौडेलले श्याम प्रसाद श्रेष्ठले गर्नु भएको कामको जति प्रशंसा गरेर पनि सकिदैन भन्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।


    उक्त कार्यक्रममा, कार्यक्रम संचालन दिपक गैरेले गर्नु भएको थियो भने, कार्यक्रमको स्वागत मन्तव्य हिरादेवी महर्जनले गर्नु भएको थियो र लेखक तथा संकलक श्याम प्रसाद श्रेष्ठले सम्पूर्ण प्रमुख अतिथि, अतिथि सबैले आफ्नो पुस्तकमा के कति गल्तीहरु छन् सुझाव सल्लाह छन् दिनुहोला भन्दै आउँदै गरेका नेपालीहरुका महान चाडपर्वहरुको शुभकामना व्यक्त गर्नुभएको थियो ।


    1225 1 10/13/2018 @ 20:13

तपाईका प्रतिक्रियाहरु

  • Nawaraj जी लेख्नुहुन्छ : धेरै राम्रो समाचार

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top