विद्यालयको ढोका फोडेर चोरी

धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित जनप्रिय माध्यमिक विद्यालयबाट चोरी भएको कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिहीबार साँझ खोजतालसको क्रममा वडा नम्बर ४ स्थित बटेश्वर बजार बस्ने प्रमोद महतोको घरबाट १८ वटा कम्प्युटर र एउटा प्रोजेक्टर बरामद भएको प्रहरीले जनाएको छ। गएको साउन १८ गते राति विद्यालयको ढोका फोडेर ३२ वटा कम्प्युटर चोरी भएको थियो। ती मध्ये १८ वटा बरामद भएको र बाँकीको खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए। ..


विधार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विधार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन दिएको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई खोप दिन निर्देशन दिइएको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज सातै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयको सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो। परीक ..


निषेधाज्ञा पालना नगर्नेलाई कडा कारवाही

जथाभावि बिना काम हिड्डुल गर्ने, पसल, होटेल खोलेको पाइएको र तिनिहरुलाई नियन्त्रणमा लिई केही समय होल्डिं जोनमा राखी जरिवाना गरि छाड्ने गरेको कुरा कलंकी प्रहरी इन्चार्ज मिठु खड्काले न्यूज इ नेपाललाई जानकारी दिनुभएको थियो। ..


कोभिडको महामारीको बीचमा जनचेतना मूलक कार्य सम्पन्न

काठमाडौं । देश भरी अहिले देखिएको यस नयाँ भेरियन्टको कोभिडले निकै ठूलो समस्या देखापार्न लागि रहेको अवस्थामा संयुक्त प्रयासमा काठमाडौं १४ नं. वडाका नेकपा (एमाले) काठमाडौं महानगर १४ वडा कमिटि अध्यक्ष बिनोद थापा र  राष्ट्रिय युवा संघ नेपाल १४ वडा कमिटि अध्यक्ष सुमन चित्रकारको अगूवाइमा र कोभिडबाट हुने लक्षण र यसबाट बच्न के के उपाय अपनाउन सकिन्छ भन्ने जस्ता प्ले कार्ड तथा ब्यानर र माइकिंग सहित कुलेश्वर क्षेत्रका जनसमुदायमा जनचेतना दिदै र माक्स वितरण गरि एक उदाहरण कार्य गरेको छ । ..


बुटवलमै राजधानी होला त ? यो आन्दोलन प्रश्चात

बुटवल ।  प्रदेश नंं. ५ को राजधानी बुटवल नै हुनु पर्छ भन्दै कांग्रेस तथा अन्य असुन्तुष्टले आज पनि आन्दोलन गर्दै विभिन्न ठाउँमा बन्द गर्ने जस्ता कार्यहरु गर्दै बुटवल अहिले तनाब ग्रस्त भएको छ । यस्तो कोरोनाको महामारीमा पनि कसैलाई पनि समाजिक दुरी कायम गर्ने भन्ने कुरै छैन । ठाउँ ठाउँमा भिड भाड गर्दै बन्द गराउन हिडिराखेका थिए ।  अब यस बन्द अन्दोलनको प्रवाहले गर्दा बुटवलमै राजधानी हुन्छ भन्ने केही त्यस्तो आधार त छैन तर पनि प्रस्ताव पारित हुन चाहिने मत ५८ हुन्छ भने नेकपाका कुल सांसद ६१, कांग्रेसका सां ..


नेकपा भित्र फेरी अर्को बखडा कांग्रेसले आन्दोलन गर्दै

बुटवल । कहिले प्रधानमन्त्री हटाउने, कहिले अध्यक्ष हटाउने, कहिले सांसद नबनाउने, कहिले सांसद बनाउने त अहिले प्रदेशको राजधानी परिवर्तन गर्ने सवालमा यहाँ हरेक किसिमबाट झगडा भैराखेको हुन्छ । यस्तो कोरोनाको महामारीको बीचमा अहिले आएर ५ नं. प्रदेशको राजधानी दाङ बनाउने बिषयमा आआप्mनो भागबण्डा मिलानको लागि यस्तो बेलामा राजधानी परिवर्तन गर्नु भनेको उत्तम समय कदापी हुँदै होइन । यसैको बिरोधमा अहिले बुटवल बजार देखि लिएर धेरै ठाउँमा नारा जुलुस तथा गाडीहरु तोडफोडको काम भैराखेको छ । नेकपाका नेता तथा प्रदेश नं. ५ ..


२ जनाको शव भेटियो अन्य ३ जनाको खोजी कार्य जारी

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका २ जनाको शव फेला परेको छ । बेपत्ता मध्ये अन्य ३ जनाको खोजी कार्य जारी रहेको छ । १६ वर्षिया कृष्णामाया गाहा, १४ वर्षिया खुमिसरा आलेको शव फेला परेको प्रहरीले जनाएको छ । बिहीवार बिहानपख पहिरोमा परि ६३ बर्षिय हुम बहादुर गाहा,उनका श्रीमती ४७ वर्षिया धनी सरा, छोरी ७ बर्षिया नातिनि लक्ष्मी गाहा अझै बेपत्ता रहेका छन् । खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लागिपरेका छन् । बिहिबार निरन्तर झरी र पह ..


पाल्पामा पहिरोको कारण ५ जना बेपत्ता र गर्भवती महिलाको ज्यान गयो

पाल्पा । अविरल वर्षाको कारण पाल्पाको रम्भा गाउँपालिका २ स्थितमा २७ वर्षीया मोतिसरा गाहाको शव फेला परेको छ र ५ जना बेपत्ता पनि भएका छन् ।  प्रहरीका अनुसार सोही वडाको बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ । पहिरोले घर पुरिँदा ६० वर्षीय हुमबहादुर गाहा उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएका छन् । यो समाचार तयार पार्दासम्म उनीहरुको खोजी कार्य जारी रहेको छ । बिहान करिब ४ ..


जीवन रक्षाको माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र

काठमाडौं । १९ औं सत्याग्रहमा रहनुभएका डा. गोविन्द के.सी. को माग पूरा गर्न र डा.के.सीको जीवन रक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम पौडेल मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । जसमा ६ वटा बुँदा सहितको मागहरु पेश गरिएको छ जति सक्दो जाँडो यी मागहरु पुरा गर्नु पर्यो भन्दै ज्ञापन पत्र बझाइएको हो भन्दै युथ कांग्रेस नेपालका संयोजक श्रवण कुमार खिमवञ्जारले बताउनु भएको छ ।  ..


अनलाइन शिक्षामा एक रुपता शुल्क लिने नीति

काठमाडौं । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुले अनलाइन शिक्षाको शुल्क सबैले एक रुपताले लिनुपर्ने हुन्छ जसले गर्दा कसैलाई पनि मर्का नपर्ने खालको हुनुपर्छ र यसको जति सक्दो जाँडो निर्णय आउने छ भन्दै सूचना जारी गरेका छन् ।  ..


लोकप्रिय

Top