• दिपेश सुधाकर

    के गरे राहुलले त्यस्तो, जसको कल्पना पनि थिएन मोदी–शाहलाई?


    एजेन्सी । २०१९ को आम निर्वाचनभन्दा ठिक पहिला पाँच राज्यको चुनावी परिणामलाई फाइनलभन्दा पहिलको सेमिफाइनल मानिएको थियो । यस सेमिफाइल प्रतिस्पर्धामा काँग्रेसले यो देखायोकी उसले भाजपालाई उसको गढमा चुनौतीमात्र होइन सत्ताबाट पनि हटाउन सक्छ  ।

    सबैभन्दा पहिलो कुरा त यो नतिजाले राहुल गान्धीलाई नरेन्द्र मोदीका विरुद्ध प्रतिस्पर्धी बनाई दियो । राहुलले मोदीलाई चुनौती दिन सकिने सावित गरे । र मोदीसँग प्रतिस्पर्धामात्र होइन हराउन पनि सक्ने उनले सावित गरे । 

    वरिष्ठ पत्रकार र गान्धी परिवारका निकट मानिने रशीद किदवई भन्छन्, ‘मजाले यो नतिजाले राहुला गान्धीको विश्वास बढाउँछ ।  २०१९ को चुनावमा उनी निकै तयारी गर्नेछन् ।’ 

    राहुलको यो जितमा १५ वर्षदेखि मध्य प्रदेश र छत्तीसगढमा रहेको भाजपा सरकारको इन्कन्बेन्सी फ्याक्टरको योगदान पनि छ । यही कुरा राजस्थानमा वसुन्धरा राजे सरकारप्रति पनि मानिसहरुको निराशा भन्न सकिन्छ । तर, यी चुनावमा राहुलले आफूलाई नेताका रुपमा खडा गरेका छन् । 

    वरिष्ठ पत्रकार सञ्जीव श्रीवास्तावले भने, ‘मध्य प्रदेशमा उनीे कमलनाथ, दिग्विजय सिंह र ज्योतिरादित्य सिन्धियालाई एकजुट बनाउन सफल रहे, तर आन्तरिक प्रतिस्पर्धा भने थियो ।’ 

    यतिमात्र होइन राजस्थानमा बाहिरबाट गएर सचिन पायलट काम गर्न सकुन भन्ने पनि राहुलले सुनिश्चित गरे । साथै अशोक गहलोत जस्ता अनुभवी नेतालाई पनि राजस्थान चुनावी अभियानमा मजबुत भएर लाग्ने वातावरण बनाए । यद्यपी टिकट वितरणका समयमा पायलट र गहलोतबीच विवाद भएको थियो । तर, दुबै मिलेर चुनावी रणनीति पनि बनाए । 

    छत्तीसगढमा यसप्रकारले आन्तरिक गुटको समस्या राहुलले भोग्नु परेन । तर, त्यहाँ पार्टीमा कुनै दमदार अनुहार भने थिएन । यस्तोमा भन्न सकिन्छ, छत्तीसगढका जनताले राहुलालाई विश्वास गरे । 

    छत्तीसगढमा काँग्रेस ९० मा कम्तिमा ६० सिट हासिल गर्न सफल भएको छ । यो राज्यमा राहुलले पाँच पटक भ्रमण गरेर १८ सभा गरेका थिए । 
    राज्यका पत्रकार दिवाकर मुक्तिबोध भन्छ्, ‘राहुल गान्धीको सभामा जनलहर देखिन्थ्यो । उनले काँग्रेस सरकार बनेमा १० दिन भित्र किसानको ऋण माफ गर्ने र घोषण पत्रमा तमाम बाचा सीमा तोकर पुरा गर्ने बताए ।’

    काँग्रेसलाई छत्तीसगढमा भाजपाका तलनामा करिब १० प्रतिशत धेरै भोट आएको छ । तीन राज्यमध्ये काँग्रेसको सबैभन्दा राम्रो जित छत्तीसगढमा प्राप्त भएको छ । 

    मध्य प्रदेश र राजस्थानमा काँग्रेसलाई भाजपाले कडा टक्कर दिए पनि राहुलका लागि भरोसा बढाउने कुरा  के हो भने यी दुबै राज्य राष्ट्रिय स्यवम सेवक संघ र भाजपाको शक्तिका हिसाबले निकै बलिया राज्य हुन । यस्तोमा काँग्रेसको यहाको जित निकै महत्वपूर्ण हुन्छ ।

    यो पनि अच्चमको संयोग होकी यो नतिजा राहुल गान्धी काँगै्सको अध्यक्ष बनेको ठिक एक वर्षपछि आएको छ । लोकसभा चुनावभन्दा जम्मा ४ महिना पहिला ती राज्य जहाँ भाजपाका अधिक सिट थिए, ती राज्यमा सरकार प्राप्त गरेर राहुलले २०१९ को प्रतिस्पर्धाको टोन सेट गरेका छन् । 

    पहिला पञ्जाब, फेरि गुजरात र कर्नाटक र पछि मध्य प्रदेश, राजस्थान र छत्तीसगढको चुनावी कमान सम्हाल्दा राहुल राजीतिक रुपमा म्याच्योर पनि देखिएका छन् । मध्य प्रदेशमा राहुलले २६ र राजस्थानमा १५ चुनावी र्याली गरे । यी दुबै राज्यमा प्रधानमन्त्री मोदीले १०–१० सभा गरेका थिए । 

    राजस्थानको एक चुनावी र्यालीको क्रमा राहुले भनेका थिए, ‘अदि राजस्थानमा काँग्रेसको सरकार बन्यो भने विश्वास गर्नुहोस तपाईहरुको सरकार पहिला हुनेछ, काँग्रेसको सरकार पछि ।’ 

    पत्रकार रशीद कदिवईले चुनाव जितेपछि राजस्थान, मध्य प्रदेश र छत्तीगढमा कुन किसिमले मुख्यमन्त्री चयन गर्न राहुल गर्न आफ्नो राजनीतिक परिपक्वता देखाउँछन् त्यो पनि हेर्नुपर्ने बताउँछन् । 

    यी तीन राज्यमा नतिजा आएपछि राहुललाई हुने एक ठूला फाइदा के हो भने आगामी दिमा उनको नेतृत्वलाई अब क्षेत्रीय दलका कुनै पनि नेताले चुनौती दिन सक्ने छैनन् । चाहे त्यो तृणमुल काँग्रेकी ममता बेनर्जी हुन वा बहुजन समाज पार्टीकी मायावती । यी सबैलाई राहुलको नेतृत्वमा प्रश्न गर्न सजिलो हुने छैन । 

    यसको संकेत पनि मिलेको छ । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले मध्य प्रदेशको चुनावी नतीजाको बिचमै ट्वीट गरेर काँग्रेसलाई समर्थन गर्ने घोषणा गरेका छन् । 

    यी सबैबाहेक एक अर्को फ्याक्टर पनि छ जसमा राहुल गान्धी हावी  भएका छन् । उनी चुनावीसभाहरुमा लगातार आमा मानिस, गरिब, दलित र किसानका मुद्दा उठाइरहेका थिए । यसबाहेक राफेल र बैंकका विषयमा पनि बोलिरहे । 

    दोस्रोतर्फ उनको सामुन्ने नरेन्द्र मोदी छन्, जो लगातार यी प्रश्नहरुको जवाफ दिनबाट बचिरहे । किनकी उनीसँग यी प्रश्नका सिधा जवाफ उनीसँग छैनन् । पाँच वर्ष सरकार चलाएकाले अब जवाफ दिने पालो मोदीको हो । अब गएका ७० वर्षलाई जिम्मेवार ठहर गर्न पाउने छैनन् ।

    यी सबैका बिच राहुल हिन्दु मतदाताहरुलाई रिझाउन मन्दिरहरुको चक्कर लगाउन  पनि सिकिसकेका छन् । यानी हिन्दुत्वको नाममा भोट जुटाउने माध्यम उनले थोरै भए पनि भाजपाबाट सिकेका छन् । 

    तर एक सत्य के पनि हो भने राहुल गान्धीले अति आत्मविश्वासबाट बच्नुपर्नेछ । किनकी देशभरमा लोकप्रियताका हिसाब अँझै पनि नरेन्द्र मोदी सबैभन्दा अगाडि छन् । 


    1802 0 12/14/2018 @ 17:06
  • ktm वरपरका खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top