• Newsenepal

    स्विजरल्यान्ड र सिङ्गापुर बनाउछु भन्नेले देशमा एउटा गतिलो अस्पताल बनाइदिएको भए आज काधमा श्रीमती बोकेर छोरीज्वाइ सहित हवाइजहाजमा अमेरिका कुद्न पर्ने थिएन


    ६२/६३ सालको जनआन्दोलनमा नेपाललाइ सिङ्गापुर र स्विजरल्यान्ड जस्तै बनाउने अबको १० बर्समा भनेर रातारात चम्किएका प्रचन्डले तेहि भासणबाट नेकपा माओवादिलाइ देशकै ठूलो पार्टी बनाउन त सफल हुनुभएकै थियो तर त्यो नारा केबल जनताको भोट लुट्न लगाइएको थियो । आज ओलि सरकारले बृद्धभत्ताको झुटो नाराले भोट लुटेर जसरि सत्ता कब्जा गरेर बसेको छ तेसरी बर्सौ जनता झुक्काएर प्रचन्ड आफ्नो एस आरामिको जीवन बाचे । ।

    आज जनयुद्दको घाउ उतिकै आला छन, जनता त्यै पिडामा बसेका छन तर प्रचन्ड आफ्नो स्वास्थ्य जाँच गर्न चाइना र थाइल्यान्ड अनि श्रीमतिको स्वास्थ उपचार गर्न अमेरिका, सिङ्गापुर जस्ता देश धाउछन। । झुप्रो बाट उठेको नेताको यो बेहोरा कतिको जाएज अनि नाजाएज त्यो जनताले नै पत्तो पाइसकेका छन। ।

    देशलाइ स्विजरल्यान्ड र सिङ्गापुर बनाउछु भन्नेले एउटा गतिलो अस्पतालमात्र बनाउन सकेको भए आज श्रीमतिलाइ काधमा बोकेर उपचारको नाममा छोरी ज्वाइलाइ लिएर अमेरिका जानू पक्कै पर्दैनथियो। । बिकास भनेको सोचले हुन्छ गफले हुदैन। धिक्कार छ कम्रेड ज्युको जिन्दगी।

    १७ हजार मानिस मारेर कारवाही भोग्न नपर्ने ??? १५० वटा पुल बिस्फोट गराएर कारवाही भोग्न नपर्ने ??? १३ हजार मन्दिर भत्काएर कारवाही भोग्नु नपर्ने ? गरिबलाई धनी बनाउँछु भनेर आँफै मात्र धनी हुँदा कारवाही भोग्नु नपर्ने ??? बिचौलिया र गुण्डा पालेर जनताका धन लुट्नेले कारवाही भोग्नु नपर्ने ??? मुलुक परिवर्तन गर्ने भनेर देश तहसनहस बनाउँदा कारवाही भोग्नु नपर्ने ??? अब दाहाल कसरी कारवाहीको भागीदार बन्छन् र उनलाई अन्तराष्ट्रिय आदालतमा उभ्याएर कसरी कारवाही गर्ने यो सबै मैले केहि दिन अघि यो आलेखमा लेखेको छु । सबैले शेयर गरेर युद्ध अपराधीहरुलाई कारवाही गर्न कम्मर कसेर लागौं ।

    विनोद त्रिपाठी,
    नेपालको इतिहासमा सबैभन्दा ठूलो ‘काटमार’ माओबादी युद्धमा भयो । यो युद्धको जन्मदाता पुष्पकमल दाहाल हुन् । यिनै दाहाल अहिले नेकपाको अध्यक्ष समेत छन् । यो युद्धले एकखालको परिवर्तनलाई पछ्याइदियो । शासन उल्टियो । गणतन्त्रको मार्ग खोलिदियो ।

    कतिपय परिवर्तन इतिहासका पानामा काइते भएपनि स्वीकार गर्नेपर्छ । यही परिवर्तन र शान्तिको पर्खाइमा नेपाली जनता र अन्तराष्ट्रिय समुदाय चुपचाप १३ बर्ष पर्खिएका हुन् । तर, पुरानो काटमारलाई ब्युँताउने दाहाल स्वंयको अभिब्यक्तिले उनलाई कसरी अन्तराष्ट्रिय अदालतमा उभ्याउँछ ?

    त्यो जान्न आवस्यक छ । किनकी माओबादीको पुरानो युद्धकै पुरानो पदचापलाई केही दिनदेखि दाहालले आँफै कोट्याउन सुुरु गरेका छन् । उनी स्वंयले पुरानो युद्धलाई ब्युँझाउँदा अन्तर्राष्ट्रिय अदालतको उनको यात्रा सुनिश्चित हुनेछ । तर, कसरी ? यसका केही प्रामाणिक विषय जान्न आबस्यक छ ।

    सन् १६०० पछि बिश्वका समुदायमा युद्ध चर्कियो । युरोपका देशहरु आँफै भित्र भिड्न थाले । ठूला देशले साना देशलाई खर्लप्प निल्न थाले । युद्धले बिश्वलाई सन १८०० को मध्यतिर अशान्त मच्चायो । नेपालमा यहि बेला पृथ्वीनारायण शाहले पनि बाइसे, चौबिसे राज्य एकीकरण गरेर सिंगो देश नेपाल निर्माण थाले ।

    युद्धले बिश्व तहसनहस भएपछि १९४६ मा राष्ट्रसंघको एक अभिन्न अंगका रुपमा अन्तराष्ट्रिय अदालत स्थापना गरियो । युएन स्थापनाको एक बर्षपछि यो अंग सुुरु गरिएको हो । संयुक्त राष्ट्रसंघले न्यायका लागि अन्तराष्ट्रिय अदालत नेदरल्याण्डको हेग (ज्बनगभ) शहरमा राखियो ।

    यसको खास नियन्त्रण न्युयोर्क स्थित मुख्यालयबाट हुने गर्छ । स्थापनामा ५१ सदस्य राष्ट्र थिए । यसको ९ बर्षपछि नेपालले संयुक्त राष्ट्रसंघको सदस्य लियो । नेपाल पहिल्यैदेखि स्वतन्त्र मुलुक थियो । जतिबेला बिश्वमा ६० मुलुक पनि स्वतन्त्र थिएनन् । विश्वका आधा मुलुकहरु कुनै न कुनै उपनिबेशमा गुज्रिरहेका थिए ।

    त्यसैले नेपालको अहिलेसम्म राष्ट्रसंघमा बलियो उपस्थित रहेको छ । फलस्वरुप बिश्वमा शान्ति कायम गर्न सेना र गुप्तचर ब्यक्तिहरु राष्ट्रसंघले नेपालसँग मागिरहन्छ । न्यायका लागि अन्तराष्ट्रिय अदालतले विश्वका धेरै आतंककारी र अपराधीलाई कठघरामा उभ्याइसकेको छ ।

    विशेषगरी, सन १९०० पछि बिश्वमा धेरै कम्युनिष्ट शासकहरु यो अदालतको कारबाहीमा परिसकेका छन् । हाल यहाँ १५ वटा मुख्य न्यायाधीश छन् । राष्ट्रसंघले थोरै देशको सुनवाई गर्ने मुलुक मध्ये नेपाल पनि प्रमुख हो । शक्तिहिन नेपाल भएपनि शान्ति स्थापनाका सवालमा नेपालको प्रमुख भुमिका भएकाले नेपाल सरकारले गर्ने सिफारिसलाई संयुक्त राष्ट्रसंघले गम्भीर रुपमा लिन्छ । त्यसैले नेपाल सरकार वा नेपालीले गर्ने उजुरीलाई राष्ट्रसंघले गम्भीर रुपमा लिने गरेको छ ।

    न्यायका लागि अन्तराष्ट्रिय अदालतले सबैभन्दा कारवाही कम्बोडियाका कम्युनिष्ट नेताहरुलाई ग¥यो । पोलपोट कम्युनिष्ट क्रान्तिकारीका महासचिब थिए १९६३ ताका । यिनको समुह खमेरुजमा लाग्ने धेरैले हेगको कारबाही भोग्नु पर्यो । खाईयु साम्फान जो तत्कालिन कम्युनिष्ट पार्टी अफ कम्पुचियाका अध्यक्ष थिए १९६७ देखि १९८१ सम्म उनलाई हेगले कठघरामा उभ्यायो ।

    खमेरुजका चारजना बरिष्ठ नेताहरुलाई ४० बर्षपछि हेगमा मुद्धा हालियो । युद्ध अपराधिका रुपमा । पोलपोटका यी उत्पादन नेताहरुले हेगको सामना मात्र गर्नु परेन, राजनीति र ब्यक्तिगत जिवन नै समाप्त गरिदियो । पोलपोटको १९९८ मा मृत्यु भइसकेको थियो । १९७५ देखि १९९० मा कम्बोडियाको कम्युनिष्ट हिंसाले २ लाख बढीको ज्यान गएको थियो ।

    यो अहिलेसम्मकै ठुलो कम्युनिष्ट क्रुरताको रुपमा राष्ट्रसंघले लिएको छ । हेगले यो नरसंहारलाई हत्याको रुपमा मात्र हेरेको छैन, शिक्षा स्वास्थ्य, गास, बास, कपास आदिलाई कम्युनिष्ट सरकारले जनताप्रति गद्धार गरेको रुपमा लिएको छ । जनतालाई पहिला युद्धमा लगाउने, नमान्नेको परिवारलाई हत्या गर्ने र युद्ध जितिसकेपछि असहमत राख्ने कार्यकर्तालाई धमाधम हत्या गर्ने कम्बोडिया कम्युनिष्टले ग¥यो ।

    हेगको यो कारवाहीले पोलपोटको ४० बर्षको कठोर कम्युनिष्ट शासनलाई समाप्त पारिदिएको थियो । यो कम्युनिष्टको शासनभर २ लाखको हत्या, देशको आधा जनसंख्या बिस्थापित, ब्यापक रोगब्याधी, भोकमरीले कम्बोडिया चिहान जस्तै बन्न पुगेको थियो ।
    त्यस्तै, हेगले अर्को ठुलो अपराधमा युगाण्डाका बिद्रोही नेता जोसेफ कोनी बिरुद्ध २००५ मा मुद्धा चलायो ।

    कोनीले १९८६ मा युगाण्डा सरकारविरुद्ध युद्ध मच्चाएका थिए । उनले युगाण्डालाई १४ बर्षसम्म युद्धको दलदलमा फसाए । बालबालिका अपहरण गर्ने, बालिका बलत्कार गर्ने, युद्धमा लगाउने काम कोनीले गरे । उनको युद्धमा परेर हजारौं युगाण्डाली जनताले अकालमा ज्यान गुमाए । युद्धको चपेटामा परेर यो देश अहिलेसम्म थिलोथिलो परेको छ ।

    अन्तर्राष्ट्रिय अदालतले सुडानका पूर्र्वराष्ट्रपति उमर अल बसरलाई मानवता, युद्ध अपराधमा मुद्धा चलायो । सन् २०१० मा उनि माथि चलाइएको मुद्धाले उनी र उनको पार्टीमा लागेका कार्यकर्ताहरुको समेत राजनीति समाप्त गरिदियो । तर, यो नरसंहारमा लाग्नेहरुले अझै सुडानलाई तहसनहस पारिरहेका छन् ।

    अहिले सुडान दुई देशमा मात्र बिभाजन भएको छैन, अधिकार र माग तेर्साएर हुने दैनिक आन्दोलनले चरम दरिद्रमा फसिसकेको छ । चुनाव हारेपछि झोँकमा बिरोधिलाई मास्न नरसंहार शुरु गरेर सन् २०१० मा इभरीकोष्टका अध्यक्ष लरेन्ट गब्बोलाई हेगले आफ्नो कठघरामा उभ्यायो ।

    उनले ५ बर्षको नरसंहारमा ३० हजार जनताको हत्या गरेका थिए । क्रोएशिया १९९० मा बाल्कन युद्ध शुरु गरेर बिद्रोही नेता गोर हेज्जिकलाई सन २०११ मा हेगको कठघरामा उभ्याइए । २००४ मा उनले जनता हत्याको खेल चलाएका थिए । स्वायत्त सर्ब क्षेत्र माग गरेर उनले समानान्तर सरकार चलाए ।

    यो बीचमा उनले एकैदिन २ सय ६० जनाको हत्या गरेका थिए । यही युद्धका अर्का नायक रात्को ल्मादिकलाई २०११ मै गिरफ्तार गरियो । १९९५ मा भएको सर्वियामा नरसंहार हुँदा ८ हजार मुस्लिम बोस्निया पुरुषको हत्या भएको थियो ।

    सर्बियाका पुर्वराष्ट्रपति स्लोभोदान मिलोस्कोभीकलाई २००१, इराकका नेता सद्धाम हुसेनलाई २००६, लिवियाका नेता मोहम्मर गद्दाफीलाई २०११ मा न्यायका लागि अन्तर्राष्ट्रिय अदालत हेगले मुद्धा चलायो । यी अहिलेसम्मका सबैभन्दा ठुला र बिर्सनै नसक्ने अन्तर्राष्ट्रिय मुद्धाहरु हुन् । हेगमा मुद्धा चलेपछि ति देशका शासकहरु कि पुरै समाप्त भएका छन्, कि देश नै सकिएका छन् । कम्बोडिया र सुडान यसका फरक फरक उदाहरण हुन् । यस्तै बिश्वमा केही उदाहरण युद्धले थलिएका मुलुकको अध्ययन गर्दा स्पष्ट हुन्छ ।

    अहिले बिश्वमा जम्मा ४ देशमा कम्युनिष्ट शासन छ । उत्तर कोरिया, क्युवा, भियतनाम र चीन । आधा दर्जन देशहरुमा प्रजातान्त्रिक शक्तिमा रुपान्तरित कम्युनिष्टहरुको शासन चल्छ । भेनेजुएला पनि यस्तै अर्ध कम्युनिष्ट मुलुक हो । नेपालमा कम्युनिष्ट दलको सरकार भएपनि बिश्वले अझै यसलाई कम्युनिष्ट मुलुक भनेर चिन्दैन । बि.सं. २०३० सालतिर बिश्वका आधा मुलुकहरुमा कम्युनिष्ट शासन थियो । जति कम्युनिष्ट शासनको जडतामा जकडिए, ति देश गृहयुद्धमा फसिरहे । जस्तै दक्षिण अमेरिकी मुुलुक पेरु । पेरुलाई सधैं कम्युनिष्ट आन्दोलनले डिस्टर्व ग¥यो ।

    तर न कम्युनिष्ट शासन आयो न अन्य दलले राम्रोसँग सरकार चलाउन पाए । यो मुलुक अमेरिकी देशहरुमा अझै निकै कमजोर अवस्थामा छ । यो देशमा अहिले पनि दिउँसै सडकमा मानिसको हत्या भइरहन्छ । कम्युनिष्ट शासनबाट अपबादमा चीन बाहेक कुनै मुलुकको प्रगति हुन सकेन । रुस पनि १९९१ मा कम्युनिष्ट शासन अन्त्यपछि खुल्ला बजार अर्थनीति र अर्ध प्रजातान्त्रिक ब्यबस्थाले बल्लतल्ल तंग्रिन थालेको छ ।

    कम्युनिष्ट शासनको बेला रुस बिश्वमै एक नंबर शक्तिशाली त बन्यो । तर, जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य अधिकारहरुमा बिश्वमै चौपट खराब बन्दै गएको थियो । खैर, बिश्वमा चलिरहेको करिब सय बर्षको कम्युनिष्ट शासनको अन्त्य र रुपान्तरण अहिले निकै खराब बनेर समाप्तीतिर पुगेको छ । यसैलाई नेपाल जस्तो मुलुकले पछ्याउनु यो जस्तो हाम्रो दुर्भाग्य अरु के हुन सक्छ ?

    अब लागौं, पुष्पकमल दाहालको हेग यात्रा कसरी शुरु हुन्छ ? पहिलो कुरा उनी स्वंयले युद्धका बिषय उचालेनन् र जनतासँग प्रायश्चित गर्दै गए भने हेग यात्रा रोकिन सक्छ । बिश्वका केही युद्धग्रस्त मुलुकका युद्ध अपराधिहरुले यस्तै छुट पाएका उदाहरण छन् । तर, दाहालले हिजोआज माओबादी सकिएको छैन भन्दै युद्धका कुरा निकाल्न थाले भने निश्चित रुपमा उनको हेग कठघरा यात्रा टाढा हुने छैन ।

    न्यायका लागि अन्तर्राष्ट्रिय अदालतले मुद्धा मात्र हेर्देन, सुध्रिएर गएको परिणामको रेकर्ड पनि राख्छ । खासगरी, युद्धका पीडितलाई न्याय दिनुु यो अदालतको काम हो । यसमा उजुरी माथिको उपचार खोज्न युद्धाको धरातललाई हेगले खोज्ने गर्छ ।

    नेपालमा माओबादीले ०५२ फागुन १ देखि युद्धको सुरुवात गरेर अपराधको चरण शुरु गरेको हो । यो ०६३ मंसिरमा राष्ट्रसंघकै तत्कालिन एक मिसन टोली (अनमिन) को रोहवरमा अन्त्य भयो । युएनले माओबादीको युद्ध अवधिभरकै रेकर्ड सुरक्षित राखेको छ । बरु नेपालसँग यी प्रमाणहरु छैनन् । तर, युएनका फाइलहरुमा माओबादी युद्धका बेलाका घटनाका एक÷एक फाइल सुरक्षित छन् । युएनले शान्ति कायम गर्ने काम मात्र गर्दैन, सधैंलाई युद्ध समाप्त गर्ने मिसन पनि शुरु गर्छ ।

    भलै नेपालमा भने तत्कालीन युएनको मिसनले थोरै भएपनि तत्कलीन माओबादीलाई साथ दिएको आरोप लागेको थियो । अनमिनले माओबादी नबिच्कियोस् भनेर कतिपय माओबादीका मागहरुमा नेपालको सरकारसँग समन्वय खेलेको थियो । त्यो बेलाका घटनाका प्रमाणहरु युएनले पीडितहरुकै न्यायका लागि मेटाउँदैन ।

    हेगले युद्धमा संलग्न सबैलाई कारवाही गर्दैन र गर्न सक्दैन । न्यायका लागि अन्तर्राष्ट्रिय अदालतको कानुनमा भनिएको छ, ‘मुख्य अपराधी उम्कन पाउनु हुँदैन ।’ सन्दर्भ आउन सक्छ, युद्ध दुई तर्फबाट भएको हुन्छ । पुष्पकमलले कारवाही भोग्दै गर्दा तत्त्कालीन राज्य संचालकले भोग्नु पर्छ कि पर्दैन ?

    कुनै पनि राज्यले आँफै युद्ध गर्दैन । युद्ध बिद्रोहीले सुरु गर्छ । नेपालमा पनि पुष्पकमलको नेतृत्वमा माओबादी युद्ध चलेको हो । युद्धको शुरुवात गर्ने नै प्रमुख दोषी ठहरिन्छ । त्यसैले, अहिलेसम्म हेगले युद्धको प्रमुख ब्यक्तिलाई मात्र कठघरामा उभ्याएको छ । यही सिद्धान्त लागु भयो भने नेपालमा पुष्पकमल दाहाल मात्र कसरी हेग पुग्छन् ? त्यतातिर लागौं ?

    हेगले राजनीति परिवर्तनसंग सरोकार राख्दैन । राजतन्त्र होस वा गणतन्त्र यो हेगको मतलबको बिषय होइन । माओबादी युद्ध सुरु भएपछि युद्ध अपराध के कसरी भयो यो सबै अध्ययन हेगले गर्छ । युद्ध शुरु भएपछि पटक पटक तत्कालीन सरकारले माओबादीसँग बार्ता गरेको हामी सबैलाई थाहा छ । पुष्पकमलले बार्तामा बाबुराम भट्टराई र कृष्णबहादुर महरालाई पठाउँथे ।

    बार्ताका बिषय पुष्पकमल समक्ष तत्काल पुग्थ्यो । उनले बार्तामा खटिएकालाई बार्ता छोडेर आउनु भन्थे । भोलिपल्ट कही न कही भीषण आक्रमण गरिहाल्थे । पुष्पकमलले चलाएको यो युद्धले धेरै निर्दोषहरु मारिए । बाबुराम, मोहन बैद्य लगायतकाहरु सकभर काटमार नगरौं भन्थे ।

    तर, पुष्पकमलले मार्नैपर्छ भनेर अडान लिन्थे । यो कुरा त्यतिबेला सार्बजनिक भएका माओबादीका बिबरण र साक्षीका रुपमा रहेका यिनै नेताहरुले भन्दै आएका पनि छन् । यो पुष्टि भएको बास्तविकता हो । पुष्पकमलको युद्धमा बालबालिका मात्र मारिएनन्, पढाउँदै गरेका शिक्षकदेखि मर्निङ वाकमा हिंडेका ससस्त्र प्रहरीका प्रमुख कृष्णमोहन श्रेष्ठहरु पनि मारिए ।

    उनको युद्धमा १७ हजार ८ सयको हत्या भयो । १४ सय ५२ जना बेपत्ता, ५ हजार ९ सय अपाङ्ग र हजारौं महिला बालिकाहरु यौन हिंसामा परे । यसको रेकर्ड अन्तर्राष्ट्रिय मानवअधिकारबादी संस्था र स्वंय युएनले राखेको छ । माओबादी युद्धमा प्रत्यक्ष १ लाखले घरबार छोडे । करिब ३० लाख आन्तरिक रुपमै शरणार्थी बने । शरणार्थी भनेको आन्तरिक रुपमा बिस्थापन हुनु हो । यो द्धन्द्ध हालसम्मको दक्षिण एशियाको उच्च भनेर युएनले आफ्नो रेकर्डमा ब्याख्या गरेको छ ।

    किन पुष्पकमल मात्र हेगको कठघरामा पुग्न सक्छन् ?

    १. तत्कालीन माओबादी युद्ध पुष्पकमलको कमाण्डमा सुुरु भएको हो । यो युद्धमा आधा भन्दा बढी बालबालिका संलग्न थिए । जसमा उनि युद्ध अपराधी ठहरिन सक्छन् ।

    २. न्यायका लागि अन्तर्राष्ट्रिय अदालतले उजुरीका आधारमा मुद्धा चलाउँछ । तर, युएन आँफैले पनि युद्धका विभिन्न प्रमाण संकलन गरेको हुन्छ । अहिलेसम्मको युएन रेकर्डमा पुष्पकमल मात्र माओबादी युद्धको प्रमुख पात्रका रुपमा चित्रित छन् ।

    ३. युएनले मान्छे मारेको अपराध मात्र हर्र्दैन । मानिसका मौलिक हक अधिकारहरु खोसिएको सन्दर्भमा उति नै अध्ययन गर्छ । पुष्पकमलको युद्धमा सबैभन्दा बढी मारमा गरिब जनता परे । युबाहरु बेरोजगार भए । बिदेशिन बाध्य भए । देश भित्रका उद्योगहरु बन्द भए । स्कुल बन्द गरिए । जनताका आधारभुत आवस्यकता यही युद्धमा अबरुद्ध भए । यी सबैका दोषी पुष्पकमल भएको बिभिन्न रेकर्डमा सुरक्षित छ ।

    ४. नेपालमा शान्ति सम्झौतापछि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर द्धन्द्धका मुद्धा समाधान गर्ने निर्णय गरियो । युएन यो बिषयप्रति चुपचाप बस्यो । कारण युद्ध फेरि नबल्झियोस भनेर । जसका लागि तत्कालीन परिवर्तित अबस्थामा एमालेकै सिट संख्या बराबर माओबादीलाई सांसद उपहार दिएर नेपालको मुलधारको राजनीतिमा प्रबेश गराइयो । शर्त थियो, माओबादीले फेरी युद्ध नगर्ने । तर, हालै पुष्पकमलका बोली फेरिन थालेको छ । यसले स्वंय उनलाई मात्र हेग पु¥याउने संकेत गरेको हो ।

    ५. सत्य निरुपण तथा मेलमिलाप आयोगको गठनप्रति सुरुबाट नै अन्तर्राष्ट्रिय मानबअधिकारबादीहरुले आपत्ति जनाउँदै आए । अपराधमा मेलमिलाप गर्ने हुँदैन भन्ने मान्यता अनुरुप दोषीलाई कारवाही हुनुपर्ने मानबअधिकारबादीको मागलाई नेपालका राजनीति दलले लत्याए । फलस्वरुप अहिलेसम्म पुष्पकमललाई कुनै कारवाही हुन सकेको छैन । यदि पुष्पकमल फेरिए भने युद्ध अपराधका दोषीलाई कारवाही गर्ने प्रक्रियामा उनी प्रमुख दोषी ठहरिनेछन् ।

    र निष्कर्ष…
    युद्धपछि बिश्वका कतिपय मुलुक बिकासमा तुरुन्तै रुपान्तरित भए । कुनै मुुलुक झन द्धन्द्धको दलदलमा फसे । युद्ध अपराधमा लागेर पनि मुलुक निर्माणका जुटेकाहरुले अहिलेसम्म कारवाही भोग्नु परेको छैन । तर, झन द्धन्द्धको मारमा पर्दे गएका मुुलुकका नेताले हेगको चुनौती खेपिरहेका छन् । अब पुष्पकमलले हेगको कारवाही भोग्ने कि मुलुक निर्माण गरेर जनताको सेवा गर्ने स्वंय उनिमै निर्भर छ ।

    तर, उनलाई आन्तरिक रुपमा युद्धबाट सजिलै अबतरण हुन भने पाउने छैनन् । उनले गरिबको लागि भनेर युद्ध गरे । तर, आँफू धनी भए । गरिबहरु झन झन गरिबीको खाल्डोमा परे । यसमा उनको अहिलेसम्मको जीवनयापनलाई नागरिकस्तरबाट प्रश्न उठाउन सुुरु भइसकेको छ ।

    त्तकालीन माओबादी शिविर भित्रको भ्रष्टाचार र हालका ठेकेदार लगायतबाट आर्जित धन नै उनको लागि अर्को जेलयात्रा हुने संभावना उति नै छ । नेपालमा अधिकांश सबै नेताले गैरकानुनी सम्पती आर्जन गरेका छन् । खासगरी ०४६ सालपछि नेताहरुले सम्पती कमाउने होडबाजी नै चल्यो ।

    एकाध बाहेक सत्ता संचालन र योसँग जोडिएका नेताहरुले अकुत सम्पती जोडे । यो सबैको छानविन र कारवाही हुन बाँकी छ । पुष्पकमलको हकमा भने युद्ध अपराध र भ्रष्टाचार दुबै दोष एकैचोटी खेप्नुपर्नेछ । उनी आँफै सुरक्षित अवतरण गर्न पछिल्लो पटक नेपाली काँग्रेससँग निकट बने ।

    अहिले एमालेकै खोल भित्र पसेर सुरक्षित हुन खोजेका छन् । तर, माओबादीको युद्धले तत्कालीन एमाले सबैभन्दा धेरै पीडामा थियो । यिनका कार्यकर्ताहरु माओबादीबाट मारिए । अहिले पनि धेरै अपांग छन् । अबस्था अहिले थामथुम मात्र भएको हो । पुष्पकमलले माओबादी शब्द उच्चारण गर्ने बित्तिकै यी सबै यावत पूर्व एमालेका पीडाका स्वरहरु बाहिर आउनेछन् । त्यतिबेला पुष्पकमललाई बंचाउन न एमालेको खोल रहन्छ न कांग्रेसको कुनै ढोल हुन्छ । त्यसपछि शुरु हुनेछ पुष्पकमलको हेग यात्रा ।

    किनकी पुष्पकमलको युद्धलाई गलत देखाएर बाबुरामले आफ्नै प्रजातान्त्रिक पार्टी खोलिसकेका छन् । पुष्पकमल भ्रष्टाचारमा लागेपछि उनका सहकर्मीहरु मोहन बैद्य, नेत्रबिक्रम चन्द लगायतले उनलाई छोडेर मात्र गएनन्, अब साथ नदिने कसम खाएका छन् ।

    धेरै युद्धका दोषीहरु सच्चिएर प्रायश्चित गरेर र आफैलाई बदलेर अन्तर्राष्ट्रिय अदालतको कठघराको कारवाहीबाट बंच्दै आएका छन् । जो युद्धलाई निरन्तरता दिन खोजे उनिहरु मात्र हेगको कारवाहीमा परे । अब सनक्क सन्किएर हेगको यात्रा गर्ने कि प्रजातान्त्रिक बिधिलाई स्वीकार गरेर चुपचाप बस्ने, यो स्वंय पुष्पकमलकै हातमा मात्र छ ।


    1304 0 3/19/2019 @ 10:59
  • ktm वरपरका खबरहरु

    Newsenepal द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top